बिहीबार, चैत १५, २०८०

पूर्वमा अनुकरणीय काम गर्ने पात्र— उत्तरकुमार

नेपालप्लस संवाददाता / झापा२०७८ साउन ६ गते २२:५७

सामाजिक र आर्थिक रुपमा सक्षम रहेरैपनि बर्थ’डे उत्सव मनाउने नाममा लाखौं रुपैंया खर्च गर्नेका लागि पुर्वेली समाजसेवी उत्तरकुमार श्रेष्ठ नमूना पात्रका रुपमा उदाएका छन् ।

संवत १९९५ मा धनकुटा जिल्लाको अर्खाैले, जितपुरमा जन्मेका श्रेष्ठले शैक्षिक, साहित्यिक र प्राज्ञिक रुपमा नाम बनाएपनि अहिले झापा जिल्लाको आफूले स्थापना गरेको स्कुलका लागि ५ लाख रुपैंयाको अक्षयकोष स्थापना गरेर वाहवाही कमाएका छन् ।

वि सं २०३५ सालमा झापा, दमकमा स्थापित सिद्धार्थ बोर्डिङ्ग अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक रहेका श्रेष्ठ पछिल्ला वर्षमा आध्यात्मिक–धार्मिक दर्शन आधारित लेखकका रुपमापनि उदाएका छन् । उत्तमकुमारले लेखेका ‘गीता, कर्तव्य, नैतिकता’, ‘ज्ञान–अमृत’, ‘जन्म र कर्म’ तथा ‘ज्ञानका कुरा’ कृति प्रकाशनमा आएपछि उनको चर्चा झन चुलिएको छ ।

बुवार आफ्नो ८५ वर्षे जन्मोत्सवका अवसरमा समाजसेवी उत्तमकुमारले आफूले स्थापना गरेको सिद्धार्थ बोडिङ्ग उमावि अध्यन गर्ने कक्षा ११ का गरीब तथा जेहन्दार विद्यार्थीमध्ये उत्कृष्टलाई वार्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले निजी तवरमा पाँच लाख रुपैंयाको अक्षयकोष स्थापना गरिएको जानकारी दिए ।

यसैगरी, आफ्ना कृतिको बिक्रीबाट आउने रकमको निश्चित रोयल्टी दमकस्थित साहित्यिक संस्था प्रतिभा निकेतनलाई प्रदान गर्ने घोषणा गरेका हुन् । सुशिक्षा र नव चेतनाको लागि समर्पित उत्तमकुमारले पुर्वेली शिक्षा–संस्कृतिका लागि थप सहयोग–समन्वयको काम गरिने प्रतिबद्धता जनाएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक