शनिबार, वैशाख ८, २०८१

अधर्म र अनैतिकताका केन्द्रिय नायक ओली प्रबृति

सिद्धिचरण भटराई२०७८ साउन ७ गते २२:०१

नेकपा एमाले यतिखेर सबैभन्दा ठूलो संकट र जोखिममा छ । यसको जोखिमसँग देश र जनताको भविष्यय समेत गाँसिएको छ । एमालेको जोखिम अरुका कारणले भन्दा पनि आफ्नै कारणबाट सिर्जित समस्या हो । नदुखेको टाउको आफैं कसेर दुखाए जस्तै एमालेको दुःख र जोखिम । धेरैले यसलाई यदुबंशी झगडाको रुपमा अर्थ्याएका छन् । महाभारतमा यदुबंशको झगडा बंश बिनाशमा गएर टुंगिएको दुखान्त एमालेमा हुने संभावनाको नजिक हामी छौं । हुँदा खाँदाको साम्राज्यको पतन यस्तै घरझगडाबाट भएका संसारभरी दर्जनौं उदाहरण छन् ।

महाभारतमा पारिवारीक झगडा कसरी धर्मयुद्धमा फेरियो ? यो प्रक्रियाको सुक्ष्म अध्ययन गर्ने हो भने एमालेको घर झगडा एउटा धर्मयुद्धमा बदलिई सकेको देखिन्छ । गत आम चुनावमा एमाले एक रापिलो शक्ति थियो । योसँग गठबन्धन गर्दै बाममोर्चा मार्फत् पार्टी एकता गर्दै नेपालमा स्थिर सरकार र दीगो विकास दिने वाचा जनता सामु गरेर नेकपा माओवादी केन्द्र र नेकपा एमाले एक भएका थिए । नाटकिय ढंगले भएको देखिएको उक्त एकता आन्तरिक संघर्ष छताछुल्ल हुँदै एक प्रकारले अदालतको आँगनमा पुगेर टुंगिएको थियो । महाभारतमा अदालतका रुपमा अन्धा धृतराष्ट्रमात्र थिए भने यहाँ अदालत भयो फरक यत्ति हो ।

अर्को उखान छ, ‘कानुन अन्धो हुन्छ’ । न्यायालयको प्रतिकको रुपमा आँखामा पट्टी बाँधिएकी एक देवीको आकृति सायदै यसैको बिम्ब हो । आजपनि कानुन अन्धो नै छ । यसैले आधुनिक धृतराष्ट्रको रुपमा सर्वोच्च अदालत उभिएको छ । यसको अकर्मण्यता र निर्णयले नेपाली राजनीतिको भाग्यसँगै भविष्यसमेत गाँसिएको छ ।

अहिले धर्म कहाँ छ ? नैतिकता कहाँ छ भनेर खोज्नु, बिश्लेषण गर्नु आम नागरिकको कर्तव्य हो । अधर्म र अनैतिकताका नायकको रुपमा ओली एक केन्द्रिय प्रबृति हुन् । यसका बिरुद्ध संझौताहिन संघर्ष चलिरहनु पर्छ ।

नेकपाको एकता र झगडा देख्नेहरुलाई पनि अप्ठयारो लागिरहको होला जसले यो झगडामा कुनै भुमिका छैन । तर यसको परिणाम भोग्न बाध्य छन । एक विमानका दुई पाईलट भनेर शुरु गरिएको विमान बिचमै दूर्घटनाग्रस्त भएर दुई टुक्रा भएको देखिएको यस झगडाको श्रोत को हो ? कारण केहो ? त्यसमा मानवीय प्रबृतिले काम गरेको छ कि छैन ?

जसरी महाभारतमा दुर्योधनको दम्भ, घृणा, घमण्डले सबैलाई पोलिरहेको थियो । उसको यही प्रबृति झांगींदै गएर युद्धको बिभिषिका बनेको थियो । यो झगडामा त्यस्तो पात्र को हो ? यसको उत्तर नखोजी न्याय बारे फैसला गर्न कठिन छ । न्यायपूर्ण निष्कर्ष ननिकालीकन हामीलाई धरै छैन ।

खोज्दै जाँदा सत्तामा रहनेहरु भित्रका मनोबृतिहरुको बिश्लेषण जरुरी हुन्छ । संविधान निर्माण पछिका प्राय ४ वर्ष कार्यकारीतहमा प्राय नेकपा एमालेका अध्यक्ष खड्क ओली सत्तामा रहे । पछिल्लो एकता त्यसले ल्याएको मतपरिणाम नेपालको राजनीतिकै लागि अभूतपूर्व हो । त्यसैले नै ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा आसिन गरायो । अर्कोतिर माओवादी केन्द्रका नेता प्रचण्ड यो एकता प्रकृयाका प्रमुख निर्णय कर्ता थिए नै । एकता प्रकृयालाई टुंगोमा पुरयाउन अर्को एमाले भित्रको संगठनमा राम्रो पकड भएका माधव कुमार नेपाललाई नजर अन्दाज गर्ने अवस्था थिएन । यी ३ पात्र प्रबृतिहरुको बिश्लेषणबाट मात्र महाभारतीय युद्धभित्र देखिने दुर्योधन प्रबृति र युधिष्ठर प्रबृतिको विवेचना गर्न सकिन्छ । यसको विवेचना भैपनि रहेको छ ।

अब रह्यो धर्म के हो ? धर्म युद्ध के हो ? भन्ने कुरा निर्क्यौल नगरी धर्मको पक्षधर र बिरोधी को हो भनेर छुट्याउन सकिंदैन ।

नेकपा एकताका आधार विचारको जगमा नभएर लाभ बाँडफाँडको जगमा भएको थियो भन्न हिच्कीचाउनु पर्दैन । जसका २ पात्र थिए-केपी र प्रचण्ड । यीनिहरुबिच सत्ता शक्तिको बाँडफाँड आधा आधा कार्यकाल पालै पालो गर्ने भनेर भएको थियो । तर त्यो आम सदस्यको सहमतिमा, विचार र नैतिक मुल्यको जगमा भएको थिएन । लामो समय गोप्य राखिएको त्यो सहमति समय घर्ंकदै गएपछि बाहिर आउनु स्वभाविक थियो । समय गुज्रँदै गएपछि पहिले लाभ लिएका शक्तिहरुले सत्ता सूम्पन अनेक बहाना खोज्दै आनाकानी गर्न थाले । त्यसले नेकपा अन्तरसंघर्षलाई मलजल गर्न थाल्यो । सरकार बदल्नु स्थिर सरकार दिने चुनावी घोषणा पत्रको विपरित थियो । दुनियाँलाई थाहा नदिई गोप्यताको घुम्टोभित्र गरिएको करार आफैंमा अनैतिक अधार्मिक थियो । त्यसपछि त्यसको पालना नगर्नु अर्को अनैतिक पक्ष थियो । सहमति गर्ने पालना नगर्ने, वाचा गर्ने पुरा नगर्ने, तत्काल लाभलिने स्वार्थ पुरा भएपछि झगडा गर्ने निउँ खोज्ने यी चरित्र अनैतिक अधार्मिक हुन । धर्म भनेको धारण गर्ने कुरा आचरण हो । संष्कृति हो शैली हो। सोँच पनि हो । यसर्थ यो बेइमानीपूर्ण शैली धर्मका नायक को हुन ? यसको प्रश्नको उत्तरमा सायद केपी ओलीकै नाम अग्रपक्तिमा आउँछ । उनले प्रचण्डसँग मात्र हैन, नेकपा एमालेको शक्ति संघर्षमा उदय हुन यही अनैतिक बैमानी प्रबृतिकै आड लिएका छन् । यसका एक नमुना उदाहरण हुन वामदेव गौतम ।

अहिलेको व्यवस्था दलाल अर्थव्यवस्थामा आधारित भएकोले बोली वचन फेर्नु, वचनको पाको नहुनु, दीर्घकालिन भन्दा तत्कालिन लाभ हेर्नु एक सामाजिक प्रबृति पनि हो जुन आम प्रबृति बनेर आएको छ । यो आम प्रबृतिका खलनायक केपी ओली बनेका छन् ।

नवौं महाधिवेशनताका मिर्गौलाका विमारी आज होकि भोली भएका केपी ओलीलाई धेरैले जीवनमा एक पटक अध्यक्ष र प्रधानमन्त्री हुने अवसर दिनु पर्छ भन्ने नै थियो । उनले आफ्नो उत्तरार्ध जीवनको दयनिय अवस्थाको एक प्रकारले ब्ल्याक मेलिंग गर्दै आफूपछि उत्तराधिकारी बाँडन थाले । तर कसैप्रति पनि उनी इमान्दार देखिएनन् । वामदेवलाई कार्यवाहक अध्यक्ष दिने आफूलाई प्रधानमन्त्री पनि बनाउने बचन दिए तर उनलाई संसदमा आउनै नदिने शैली अपनाए । झलनाथलाई बरिष्ठ नेताबाट खोसेर माधवलाई दिए । पछि त्यो पर्दा उघारिएर गलतका बिरुद्ध माधव झलनाथ एक भएपछि उनि स्थायी कमिटीमा कमजोर हुँदै जान थाले । यी सबैको एउटै उत्तर हो, इमान र नैतिकताको कमि । यो कमि सबै भन्दा बढि ओलीमै देखिनुनै अहिलेको सत्ता संकटको आधार प्रबृति हो ।

यसलाई पछि ५ वर्ष नै शासन चलाउन दिएर भएपनि पार्टी भित्रको संकट टार्न खोजिएको गतबर्ष भदौ २५ को संझौता यसकै एक घटना हो । तर ओली त्यो स्थीतिमा पनि रहेनन् । उनले पार्टी नेतृत्व तहका नेताहरुलाई बेवास्ता गरी दीर्घकालिन महत्वका निर्णय गर्न थाले । एमसिसि संझौता संसदमा टेबल गर्नु एक गतिलो उदाहरण हो । अहिले त्यसकै वरीपरि राजनीति घुमि रहेको छ । विदेशी शक्तीहरुपनि ओली एक्लैलाई रिझाउने र अरुलाई भिन्दा भिन्दै डिल गर्ने रणनीतिमा लागे ।

यसबिचमा अमेरिका र भारतीय स्वार्थअनुकुल पार्टी निर्णयबाट बाहिर गएर सदनमा पेश गर्न थाले पछि सभामुख र प्रधानमन्त्री बिचको अर्को सत्ता संघर्ष चल्यो । त्यही संघर्षले नै ओलीलाई दुई दुई पटक जनादेश प्राप्त प्रतिनिधी सभा बलात विघटन गर्ने तहमा पुर्यायो । यो मतादेश माथि प्रम ओलीको महाघात थियो । जनादेश, मतादेशको व्याख्या गर्ने थलो संविधानमै सर्वोच्च अदालत भनेर लेखिएपछि त्यसको व्याख्या त हुने नै भयो । अदालतले त्यहि गर्‍यो जे लेखिएको छ । त्यहि व्याख्याले ओलीलाई सत्ताबाट च्यूत गरेपछि ओलीको सर्वोच्च अदालत प्रति हेर्ने दृष्टिकोण फेरिएको छ । यसले जनादेशलाई परमादेशले काट्न पाईदैन भन्ने कृत्रिम भाष्य निर्माण गरेर जाने कोसिसमा छन् उनि । यो पनि अको अधर्म र अनैतिक कुरा हो ।

अहिले सत्ता संकटबाट उत्पन्न संघर्षमा को धर्मको पक्षमा छ र को अधर्मको पक्षमा छ भन्ने कुराले आगामी जनमत निर्माण गर्नुपर्ने छ । सिद्धान्त, नीति, विचार प्रबृतिको निर्माण सामाजिक अर्थव्यवस्थाका आधारहरुले निर्माण गर्दछ । त्यसले पात्रहरु पनि त्यही किसिमको खडा गर्दछ । अहिलेको व्यवस्था दलाल अर्थव्यवस्थामा आधारित भएकोले बोली वचन फेर्नु, वचनको पाको नहुनु, दीर्घकालिन भन्दा तत्कालिन लाभ हेर्नु एक सामाजिक प्रबृति पनि हो जुन आम प्रबृति बनेर आएको छ । यो आम प्रबृतिका खलनायक केपी ओली बनेका छन् । यसर्थ नेकपा हुदै एमालेभित्र सिर्जिएको एकता— संघर्ष भित्र जो यो दलाल, वैमान र अधर्मका पछि लाग्छ त्यो एउटा पक्ष र जो इमान निष्ठा लोकतान्त्रिक मुल्यको चरित्रमा उभिन्छ त्यो अर्को पक्षको उभिन्छ र उभिनु पर्छ ।

सर्वोच्च अदालतका पहिलो राजनीतिक फैसला ऋषी कट्टेल नेतृत्वको नेकपाको मुद्धालाई लिएर भएको थियो । जसले मागदाबी भन्दा बढि पर गएर यसको फैसला गरेको थियो । किनारामा पुगिसकेको ओलीलाई नेकपाको अध्यक्षबाट फुत्काएर एमालेको अध्यक्षमा सिमित गरिदिएको थियो । जुन बिषयमा दुवै पार्टीलाई एकतापूर्वको अवस्थामा फर्कादिएकाले पार्टी एकता जस्तो राजनीतिक विषय अदालतको छिनोफानोको विषय बनिदियो । यसभित्र कसको सेटिंग कहाँथियो भनेर विवेचना गरेर भन्नु कठिन कुरा हो । तर नेपाली समाज यति बिशाल छैन को को सँग जोडिएको छ थाहा नपाईयोस । यो बुझिएकै छ ।

नेकपा एकता नै अवैध भएपछि पूर्ववत शक्ति संघर्षमा रहेका एमाले भित्र उहि संघर्ष देखियो जुन नेकपामा थियो । त्यसको केन्द्रमा पनि तिनै थिए जसले प्रतिवद्धता गर्ने तर पुरा नगर्ने आम छवि बनाउँदै गएका छन् केपी ओली ।

यहाँबाट अदालत राजनीतिमा पस्ने प्रस्थान बिन्दु हो भन्ने मलाई लाग्छ जुन आम कानुन व्यवसायीलाई लाग्ने गरेको छ । जसको सर्वत्र आलोचना पनि भयो । नेकपा एकता नै अवैध भएपछि पूर्ववत शक्ति संघर्षमा रहेका एमाले भित्र उहि संघर्ष देखियो जुन नेकपामा थियो । त्यसको केन्द्रमा पनि तिनै थिए जसले प्रतिवद्धता गर्ने तर पुरा नगर्ने आम छवि बनाउँदै गएका छन् केपी ओली ।

पछिल्लो पटक जहाँ अदालत राजनीति पसेर किनाराबाट फेरी शक्तिको केन्द्रमा थिए त्यहि अदालतको संविधान बमोजिम उनका गलत कदमको सम्बैधानिक व्याख्या गरेर फेरी उनलाई किनारामै पुर्याएको छ । ऋषी कट्टेलको फैसलाबाट राजनीतिमा पसेर अदालत दोश्रो पटक प्रतिनिधी सभाको विघटनबारेको फैसलामा संविधानको ७६ (५) को व्याख्यामा गर्दै राजनीतिबाट निस्किएको छ ।

नेपाली राजनीतिको पात्र र प्रबृतिको बिश्लेषण भईनैरहने कुरा हो हो । तर अहिले धर्म कहाँ छ ? नैतिकता कहाँ छ भनेर खोज्नु, बिश्लेषण गर्नु आम नागरिकको कर्तव्य हो । मेरो विचारमा यी सबै पटाक्षेपहरुको बिश्लेषणबाट अधर्म र अनैतिकताका नायकको रुपमा ओली एक केन्द्रिय प्रबृति हुन् । यसका बिरुद्ध संझौताहिन संघर्ष चलिरहनु पर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक