मंगलबार, वैशाख ११, २०८१

एनआरएनए फ्रान्सद्वारा केन्द्रकै निर्देशन उल्लंघन; निर्वाचन प्रकृयानै गोप्य, समानान्तर समिति गठन गर्ने अन्तिम चेतावनी

नेपालप्लस संवाददाता / पेरिस२०७८ साउन ९ गते ८:४५

एनआरएनए फ्रान्सले केन्द्रको निर्देशन नमानेको, अनलाईनबाट गराउन लागेको मतदान प्रणाली (एप्लिकेसन) अविश्वशिनय रहेको, निर्वाचन प्रक्रियानै गोप्य राखेको लगायत बिभिन्न नौ आरोप लगाउँदै ‘समाबेशी पक्ष’ ले समानान्तर समिति गठन गर्नेसम्मको चेतावनी दिएको छ ।

एनआरएनए फ्रान्सको निर्वाचनमा समाबेशी समुहले एनआरएन एफ्रान्सको संस्थापन समितिले गर्न लागेको निर्वाचनकै पूर्णरुपमा भर्त्सना गरेको छ । यदि यो निर्वाचनमा संस्थापन पक्षले प्रस्ताब गरेको एप्लिकेसनको सट्टा अर्को विस्वशनिय माध्यमको ब्यवस्था गरि र समावेशी समुहले आफ्नो निबेदनमा राखेका नौ बुँदाको संवोधन नभए समानातर समिति गठन गर्नेसम्मको कठोर निर्णय लिने बिज्ञप्तीमार्फत् उल्लेख गरेको छ ।

समावेशी समुहले जारि गरेको बिज्ञप्तीमा लामो समय देखि गैर आबसिय नेपाली संघ फ्रान्समा देखिएको चरम विसंगति र बेथितिका बिरुद्द कार्य समिति भित्रै केहि ब्यक्तिहरुले आवाज उठाउँदै आएपनिति प्रश्नहरुको निरुपणको बदला जहिलेपनि बहुमत र अल्पमतको दम्भमा ति विषयले कार्य समितिको बैठकमा स्थान नै नपाएको उल्लेख छ । बिज्ञप्तीका अनुसार बैठकमा स्थान पाएपनि कुनै सुनुवाई नै नभएको, कार्य समिति भित्रै लामो अन्तरसंघर्ष पश्चात पनि कुनै परिबर्तन हुने नदेखेपछि कार्य समितिकै केहि ब्यक्तिहरु यस अधिबेशन मार्फत संस्थापन पक्ष बिरुद्द चुनाबी मैदानमा उत्रेका हुन् ।

बिज्ञप्तीमा भनिएको छ “हाम्रो सामान्य सोचाई आफ्नो मुद्दा लिएर आम मतदाता समक्ष आफ्नो विचार राख्ने अनि स्वस्थ निर्बाचनमा जाने थियो । तर यहाँ त पहिलो पाइलामै संस्थापन पक्षबाट निषेध (छेक बार) गर्नेगरि सदस्यता प्रमाणीकरणमा नै धाँधलीको सुरुवात भयो ।”

त्यसको सबुत प्रमाण सहित केन्द्रमा उजुरी गरेपनि शुक्रवार २३ जुलाईसम्म हरेक कार्यमा संस्थापन पक्षले जालझेल गर्दै समावेशी समुहको एउटै कुरापनि नसुनेकोले संस्थापन पक्षले अपनाएको प्रणालीबाट हुनलागेको निर्बाचनको घोर बिरोध र भर्त्सना गरिएको छ ।

समावेशी समुहले निर्वाचन बहिस्कार गरि समानान्तर समिति गठन गर्न सक्नेसम्मको चेतावनी दिनुका पछाडि बिभिन्न नौ वटा माग र कारण दिईएको छ ।

सदस्यता प्रमाणीकरणमा एकपक्षीय तरिकाले व्यापक धाँदली भएको, निर्बाचन समितिमा राजनैतिक भात्री संगठनका अध्यक्ष र सदस्यको समाबेश भएको र त्यसको बिरोध हुँदा केहिपनि सुनुवाई नगरिएको, निर्बाचन समिति आफैंले निकालेको उम्मेदवार सम्बन्धि नियमावलीको बिपरित कार्य गरेको र सप्रमाण केन्द्रमा उजुरी गरि केन्द्रिय अध्यक्ष, महासचिब सहित युरोप सयोजक सहित दुबै पक्ष बैठक बसेर गरेको समझदारीको समेत ब्यवास्ता गरेको ।

त्यसैगरि, केन्द्रबाट आउने निर्देशनात्मक निर्णयहरु आफू अनुकुल हुँदा प्रयोग गर्ने र आफ्नो प्रतिकुल हुँदा निर्णय पालना नगर्ने गरेको, सामान्य निर्बाचन सम्बन्धि आचार संहिंता बिरुद्द संस्थापन पक्षले सँस्थाको अफिसियल पेजलाइ प्रचार प्रसारका लागि प्रयोग गरेको, निर्बाचन २ दिन बाँकी रहँदा समेत संथापन पक्षले निर्बाचन प्रबिधि सम्बन्धि जानकारी आफूहरुमा मात्र गोप्य राखी अन्य पक्षलाइ कुनै जानाकारी नदिइ आम मतदाता अन्योलमा राखेको, छिमेकी राष्ट्र स्पेनको गैर आबासीय नेपाली संघ र अन्य बिभिन्न देशले अविश्वास गरी नलिएको निर्बाचन सफ्टवेर यहाँ कुनै पक्षसँग सल्लाह नगरी (कार्य समिति भित्र समेत कुनै प्रस्ताब नगरी) एक्कासी सम्झौता गरि भुक्तान गरेकोले यसमा गम्भीर शंका उत्पन्न भएको र सम्झौता गरेको कम्पनिबारे सोधखोज गर्दा अनलाइन प्रणालीमा प्रयोग गरिने भनेको एप्लिकेसनको कुनैपनि बिस्वस्नियताको आधार नभेटिएको ।

समावेशी समुहले संस्थापन पक्षसमक्ष राखेका यि नौ बुँदा एनआरएनए युरोप क्षेत्रिय संयोजक नारायण आचार्य, एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त, महासचिव डा हेम राज शर्मालाई पठाई एको छ । त्यसका साथै समाबेशी समुहले यि बुँदा र निर्णयहरु फ्रान्सका १५ वटा सामाजिक संस्थालाई बोदार्थ दिएका छन् ।

तपाइँको प्रतिक्रिया