शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए फ्रान्सको निर्वाचन बहिस्कार, ‘झालझेल पूर्ण’ निर्वाचनमा सामेल नहुन आग्रह

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन १० गते २:३३

एनआरएनए फ्रान्सको संस्थापन पक्षले बदनियतपूर्ण तरिकाले निर्बाचन सम्पन्न गर्न अग्रसर रहेको हुँदा निर्बाचनमा सहभागी नहुने भन्दै समाबेशी समुहले यथाशिघ्र एनआरएनए फ्रान्स समानान्तर कमिटी गठन गर्ने भएको छ । समाबेशी समुहले आज एक बिज्ञप्ती मार्फत संस्थापन पक्षले जालझेलपूर्ण तरिकाले निर्वाचन गर्न लागेकोले त्यसमा सहभागि नहुनसमेत आग्रह गरेको छ ।

समाबेशी समुहका तर्फबाट आइतवार विहानै (पेरिस समय अनुसार बिहान करिब २ बजे) जारि गरिएको प्रेस बिज्ञप्ती अनुसार समाबेशी पक्षले प्रमुख रुपमा एउटा माग मात्रै राखेको थियो । जसअनुसार निर्वाचनमा मतदानकालागि संस्थापन पक्षले प्रस्ताब गरेकै सफ्टबेयरमा केहि परिमार्जन गरेर प्रयोग गर्न राजि भएको थियो ।

त्यसकालागि सफ्टबेयर कम्पनिका निर्देशकसँग सहमतिकालागि शनिवार साँझ बसेको द्विपक्षिय बैठकमै पेरिसका दुइ सफ्टवेयर अनुभवी प्रकाश सापकोटा र उदयराज पाण्डे समेतको उपस्थितिमा अनलाईनमा छलफल भएको थियो । त्यसअनुसार उपलब्ध सो सफ्टबेयरलाई परिमार्जित गर्न ३,४ दिन लाग्ने भएकोले सो समयसम्म निर्बाचन सार्ने प्रस्ताब गरिएको थियो ।

आसन्न निर्बाचनमा प्रकाश सापकोटा र उदयराज पाण्डेलाइ सफ्टबेयरको एडमिनमा राख्ने प्रस्ताब गरिएको थियो ।

तर समाबेशी पक्षले राखेका नौ बुँदे माग र अन्य विषयलाई थाँती राखेर सफ्टवेयर सुधार्ने, एडमिनमा थप दुई बिज्ञ थपेर केहि दिनमा निर्वाचन गराउने कुनैपनि कुराको सुनुवाई नगरेपछि समाबेशी समुह निर्वाचन बहिस्कारको निर्णयमा पुगेको हो ।

समाबेशी समुहले जारि गरेको बिज्ञप्ती हेर्नुस्

आदरणीय फ्रान्स बासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु नमस्कार !

गैर आबासिय नेपाली संघ फ्रान्सको आसन्न अधिबेशनको तयारी प्रक्रियाको क्रममा अतिरन्जित तरिकाले चरणबद्द रुपमा नियतबस गरिएका बिबिध गम्भीर त्रुटीहरुमा हाम्रो असहमति रहँदै आएको कुरा यहाँहरुलाई अवगत नै छ । यसै सिलसिलामा न्यायका लागि अन्तर्राष्ट्रिय गैर आबासिय नेपाली संघ, एनसीसी फ्रान्स साथै निर्बाचन समितिमा पटक पटक निबेदन दिएका थियौं। अफसोच समाधानका लागि संस्थापन पक्षबाट पहलकदमी हुनुको साटो झन् झन् खुला चुनौतीका साथ निर्बाचन आचारसंहिता बिरुद्द संस्थाको अफ़िसिअल फेसबुकलाइ प्रयोग गर्दै आफ्नो पक्षको प्रचारप्रसार प्रयोग गरियो । ‘निर्बाचनमा मतदानका लागि प्रयोग गर्ने भनिएको सफ्टवेयरमा कुनै प्रचलित पद्दति नअपनाई, कार्य समितिलाइ समेत जानकारी नदिइ एकल रुपमा निर्णय गर्दै, सम्झौता गरी भुक्तानी गरियो । यसर्थ हामीलाई यसको विश्वसनीयता माथि शंका छ’ भनि प्रेस बिज्ञप्ति निकालेका थियौं !

यसै सिलसिलामा निर्बाचन समितिको मध्यस्ततामा आज मिति २४ जुलाई २०२१ का दिन संस्थापन पक्षसँग कामरान रेस्टुरेन्टमा बसेको बार्ता (बैठकमा) हाम्रो स्पष्ट धारणा यस प्रकार थियो !

१- अहिलेसम्म संस्थापन पक्षले गरेको सबै कुराहरुलाइ बिर्सीइ, निर्बाचनमा मतदानका लागि सोहि सफ्टवेयर प्रयोग गर्ने, तरकेहि परिमार्जित गरि ।

२- सो सफ्टवेयर कम्पनिका निर्देशकसँग सोहि बैठकमा यहाँका दुइ सफ्टवेयर बिज्ञ प्रकाश सापकोटा र उदयराज पाण्डे समेतको उपस्थितिमा कुरा भएबमोजिम उपलब्ध सो सफ्टवेयरलाइ परिमार्जित गर्न ३,४ दिन लाग्ने भएकोले सो समयसम्म निर्बाचन सार्ने

३- आसन्न निर्बाचनमा प्रकाश सापकोटा र उदयराज पाण्डे ज्युलाइ सफ्टवेयरको एडमिनमा राख्ने

यी सामान्य बुँदाहरुमा पनि संस्थापन पक्ष सहमतिमा नआएकोले, बदनियत तरिकाले निर्बाचन सम्पन्न गर्न अग्रसर रहेको हुँदा, घोर असहमति जनाउँदै हामी यस निर्बाचनमा सहभागी नहुने जानकारी गराउन चाहन्छौं !

आदरणीय न्याय प्रेमी दाजुभाई तथा दिदिबहिनिहरुमा यस किसिमको समाज बिखन्डन गर्ने, जसरि पनि जालझेल गरि आफु मात्रै निर्बाचित हुने यस तथाकथित निर्बाचनमा सहभागी नभईदिन हार्दिक अपिल गर्न चाहन्छौं ।

अन्त्यमा यथासिघ्र गैर आबासीय नेपाली संघ फ्रान्स समानान्तर समिति गठन गर्ने व्यहोरा जानकारी गराउँदछौं !

तपाइँको प्रतिक्रिया