बिहीबार, असोज ७, २०७८

‘निगम चलाउन सकिन्न’ भन्नु निगमको जमिन, भवन र जहाज कब्जा गर्ने नियत

मदन बज्राचार्य२०७८ साउन ११ गते १०:२६

नेपाल अतुलनिय भौगोलिक सुन्दरता र् आफ्नै मौलिक शिल्पकलाले सजिएको बिश्वकै राम्रो मुलुक मात्रै होईन कि बिश्व शान्तिको प्रेरक र् वीर गोर्खालीको देश पनि हो । ऐतिहासककै कुरा गर्ने हो भने अक्षुण सार्वभौमसत्ता सम्पन्न नेपालको ईतिहास बिश्व इतिहासकै गौरवपूर्ण पाटोपनि हो।

नेपालको भुगोलको सौन्दर्य, बिशेषता र उपलब्ध श्रोतसित नेपाल जत्रै बिस्वको कुनै पनि राष्ट्र कुनै पनि कुरामा प्रतिस्पर्धि हुन सक्दैन । विश्वको अग्लो हिमाल, विश्वले महामानव मानेको बुद्ध जन्मेको भुमि, स्वच्छ पानीको बिश्वमै पाँचौ श्रोत,अरनिको जस्तो शिल्पकार र् बिस्वलाई आफ्नो बिरता चकित बनाउने गोर्खाली र किराँत, लिच्छवी, मल्लकालिन शिप र् कलाको उत्कृष्ट कृतिहरुले सिँगारिएको नेपाल बिश्वकै नभएपनि एसियाको धनी र सम्पन्न मुलुक बन्न सक्थ्यो । अब त्यस्तो भुगोल त्यस्तो नेपाल र् नेपालीको ईतिहासको पन्ना उल्टोबाट पढ्दै जाने हो भने आज भन्दा हिजोको, हिजो भन्दा अस्तिको, अहिलेको शताव्दी भन्दा पहिलाको शताव्दीको र् अहिलेको शासक भन्दा पहिलाको शासकको ईतिहास गौरवमय भएको पाउँछौं । तर त्यस्तो नेपाल आज दरिद्र र् भारत आश्रित मुलुक भनेर बदनाम भएको छ । नेपालमा सक्कली नेपालीले मागे पाउने मात्र् पासपोर्ट भएको छ ।

नेपालको हालतको कारण नियोजितरुपमा स्रिजित आर्थिक बिपन्नता नै हो । आर्थिक बिपन्नताको कारण नेपालको शासकहरुको कुटनैतीक नपुंशकता र रखैल प्रविति हो । यसैले नेपालको श्रोतको मालिक नेपाल हुन सकेन । नेपालको आफ्नै नदीको पानी पनि भारतले दिए पाउने भयो । नेपालमा भारतको उत्पादनको बजार प्रतिस्ठापन गर्ने सबै उद्योग बन्द गर्दै लगे । अब यस्तो अवस्थाबाट नेपाल र् नेपालीलाई “कु” कुटनिती र् भ्रस्टबाट निस्प्रभावित पर्यटन उद्योगले मात्रै मुक्त गर्नसक्छ ।

“नेपाल घुम्नैपर्ने बिस्वकै सुन्दर मुलुक हो ।” यो कुरा टोनी हेगन जस्तै पर्यटकहरुले भनेको हो । नेपालको हिमाल, बुद्ध जन्मेको लुम्बिनी र् विस्वमै वीर भनी चिनाउने गोर्खाली र् अरनिको जस्तोको शिप र् कलाले सिंगारिएको नेपाल विश्वको अरवौं जनताको आकर्षणको केन्द्र बनेको मुलुक हो । बुद्धको जन्मभुमी लुम्बिनी बिश्वको अरबौं बौद्दमार्गीहरुको अन्तर्राष्ट्रिय आस्थाको गन्तब्य बन्न सक्छ । नेपालको हिमाली क्षेत्र अन्तर्राष्ट्रिय स्तरको स्पोर्टस सेन्टर बनेर ती क्षेत्र एसियाको स्विजरल्याण्ड पनि बन्न सक्छ । भूमिका नबाँधि भन्ने हो भने नेपालले पर्यटन ब्यवसाय र् उद्योगले मात्रै पनि अरवौं डलर युरो पाउण्ड कमाउन सक्छ । तर अफशोचको कुरा के हो भने यो कुराको जानकार र् जिम्मेवार निकायनै पर्यटन उद्योगमा बाधक बन्दै आएको छ् ।

तेस्रो मुलुकबाट पर्यटकहरु नेपाल आउने माध्यम र् अन्य् पर्यटन ब्यवसायको आधार हावाई यातायात मात्रै हो । कुनै पनि देशमा हावाई यातायात ब्यवसायको नेत्रित्वदायी भूमिकामा त्यो देशको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा हुन्छ । त्यसैले आफ्नो देशको राष्ट्रिय ध्वजाबाहकलाई सम्बन्धित देश र् अन्तर्राष्ट्रिय उड्डयन नियमले समेत् राष्ट्रिय ध्वजाबाहक बिमान सेवालाई संरक्षण गरेको हुन्छ । अन्तरराष्ट्रिय नियम बिपरित राष्ट्रिय ध्वजाबाहकसित समन्वय नगरि मनपरी भाडा निर्धारण गर्न कसैले पाउँदैन । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमले पनि त्यस्तै संरक्षण पाएको भए नेपाल बायुसेवा निगम आज पनि युरोप उडान गरिरहेकै हुन्थ्यो । आफ्ना समकालिन बिमान सेवाहरुले जस्तै विश्वको सबै प्रमुख शहरहरुबाट नेपालमा लाखौं लाख पर्यटकहरु ल्याईरहेको हुन्थ्यो । नेपाल करोडौंको होईन अरबौं पर्यटकहरुको गन्तब्य बन्न सक्ने देश भएकोले बिस्वका ठुला ठुला बिमान सेवाहरुले पनि लाखौंलाख पर्यटकहरु नेपाल ल्याएर नेपाललाई एसियाको स्विजरल्याण्ड बनाउन सघाईरहेका हुन्थे ।

राजतन्त्रको पालामा निगमले उडाईरहेको युरोप, जापान, हङकङ उडानहरु रद्द गरेर लोकतन्त्रमा जहाज नै ह्याङ्गरमा थन्क्यायर निगमनै चलाऊन नसकिने भएकोले बेच्नैपर्ने अवस्थामा पुग्नु निगमको व्यवस्थापनको कमजोरिले मात्रै नभएको स्पष्ठ संकेत गर्छ ।

हुनत निगम बेच्ने कुरा उहिले पनि कसैले गरेको थियो । नेपालको सबैभन्दा महँगो जमिनमा बनेको निगमको जुद्धसडकको गेटको भवन, काठमाडौं सिफल र नेपालको अरु जिल्लाहरुमा भएको जमिन भवनमा कोही लोभिएर निगम बेच्न खोजेकै थिए । त्यो बेला जुन कारणले निगमा बेच्नुपर्ने भनिएको थियो त्यतिबेला पनि निगम त्यस्तो अवस्थामा थिएन । अहिले हालको अवस्थामा चलाऊन नसकिने भनेको त महाझुठ नै हो ।

निगमसित अहिलेनै युरोप उडान गर्नसक्ने दुई ठुला नयाँ जहाजहरु छन् । ती जहाज उडाउन सक्ने दक्ष पाईलट र प्राविधिकहरु जहाज उडाउन पर्दा बित्तिकै उडाउन सक्छन् । युरोपको बजारमा नेपाल आउने पर्यटकहरु पनि निगमका दुई जहाजले ल्याउनसक्ने भन्दा बढीनै छन् । युरोपको बजार ब्यवस्थापन गर्न आवस्यक प्रशिक्षण पाएका कर्मचारीहरु पनि निगमसित छ । फेरी नेपालमा तीन ठुला नयाँ अन्तर्राष्ट्रिय बिमान स्थल पनि छिट्टै सन्चालनमा आउनसक्ने भईनैसकेको छ । यस्तो सकारात्मक अवस्था बन्दै गरेको बेला ईयुले सुल्झाउन तेर्साएको हवाई यातायात ब्यवस्थापन भएको कमी कमजोरी सुधारेर निगमलाई पूर्ण दक्षता र सक्षमताको साथ उडाउन सकिन्छ । निगमले कानुन पाएको राष्ट्रिय ध्वजाबाहक नेवानिले पाउने स्वायत्तता र जिम्मेवार सुनिस्चित गरेर सन्चालन गर्न दिनुको सट्टा हालको अवस्थामा सन्चालन गर्न नसकिने भनेर बेच्न खोज्नु पुरै निगमलाई धमिजाकरण गर्न खोजिएको हुनुपर्छ । वा कसैको कुटनैतीक प्रभुलाई खुशि पार्न निगमलाई बली चढाउन खोजेको देखिन्छ।

नेपाल बिश्वको अरवौं पर्यटकहरुको निमित्त आकर्षक पर्यटकिय गन्तब्य हुन सक्ने देश भएकोले पर्यटन उद्योगलाई भारत आश्रित दरिद्र मुलुकबाट उकासेर आत्मनिर्भर र बिकशित बनाउने मुल आधारनै हो । नेपालमा पर्यटन ब्यवसायको मुल आधार सक्षम हावाई यातायातनै हो । किनभने तेश्रो मुलुकबाट डलर, युरो र पाउण्ड खर्चने पर्यटक बस चढेर आउँदैनन्, हावाईजहाज चढेर आउँछन् । हावाईजहाज चढेर आउने पर्यटक तेश्रो मुलुकबाट सिधै नेपाल आउन सके नेपालले धेरै कमाउँछ । भारत भएरै मात्र आउन सक्ने भएमा नेपाल आउने पर्यटकबाट भारतले धेरै कमाउँछ, नेपालले थोरै कमाउँछ । नेपालले थोरै कमाएमा भारतले धेरै कमाउने रकम लाखौं करोडौं होईन अरवौं हुनसक्छ ।

यति भनेपछी बुझीहालिन्छ, नेपालको हावाईयातात ब्यवसाय र नेपालको पर्यटन ब्यवसाय भारतको हावाई यातायात ब्यवसाय र पर्यटन उद्योगको प्रतिस्पर्धी ब्यवसाय हो । अब सबैले देखे, भोगे, जानेकै कुरा हो, नेपालमा भारतको ब्यवसाय र उत्पादनको बजारलाई प्रतिस्ठापन गर्ने वा खस्क्याउने कुनै उद्योग चलाइन्न । बेचिन्छ वा बन्द नै गरिन्छ । बेचिन वा बन्द गरिन बाँकी रहेको प्रमुख उद्योग त यही नेपाल बायुसेवा निगम नै हो । नेपाल बायुसेवा निगम राष्ट्रको ध्वजाबाहक नभएको भए यो संस्था उहिलेनै बेचिसकेको हुन्थे ।

निगमको यो कार्यकालमा निगम सक्षम बन्न सक्थ्यो बनाउन दिएको भए । हावाई यातायात ब्यवसाय कसरी गरिनुपर्छ त्यसको स्पष्ठ र वाध्यकारी अन्तर्राष्ट्रिय नियम र प्रविधी अनुसारै निगम चल्नसक्छ । त्यसै अनुसार चलाऊन निगम संघर्ष गर्दैथियो । निगमको पाइलट र प्राविधिकहरु प्रशिक्षित र उत्कृष्टनै छन् । निगमको ब्यवसाय कसरी गरिनुपर्छ अन्यथा गरिनु हुँदैन भन्ने अन्तर्राष्ट्रिय नियम स्पष्ठपनि छ । त्यो विषयमा तालिम दिने अन्तर्राष्ट्रिय निकायहरु पनि सुलभनै छन् र निगमले आफ्ना कर्मचारीहरुलाई त्यस्तो संस्थाबाट आवश्यक तालिम पनि दिलाउँदै आएकै छ । बजार र अवशर प्रशस्त पनि छ । निगमकै प्रशिक्षित कर्मचारीहरु र निगमले बनाएको बजारबाटै निजी बिमान सेवाहरु चल्दैछ । तर निगम चाहीं ‘चलाऊन सकिंदैन, बेच्नैपर्छ’ भन्ने कतै निगमको अमुल्य जमिन, भवन र नयाँ जहाज आफ्नै बनाएर उडाउन खोज्नेहरुनै त होईनन् ?

(बज्राचार्य लामो समयसम्म नेपाल वायुसेवा निगममा काम गरेर सेवा निबृत्त बनेका वरिष्ठ अधिक्रित हुन् ।)

तपाइँको प्रतिक्रिया

फेसबुक