मंगलबार, वैशाख ११, २०८१

नेपालप्लस प्रभाव : केन्द्रिय हस्तक्षेपपछि एनआरएनए फ्रान्सको निर्वाचन रोकियो

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन ११ गते १७:२२

नेपालप्लस डटकमको समाचार प्रभावका कारण एनआरएनए फ्रान्सको संस्थापन पक्षले अन्तत आइतवार (जुलाई २५) गर्ने भनेको निर्वाचन रद्द गरेको छ । संस्थापन पक्षले अनलाईन निर्वाचनकालागि लिएको निर्वाचन प्रणाली (एप्लिकेसन) मा मनपरि गरेकोले त्यसलाई सुधार गरेर मात्रै निर्वाचन गर्नुपर्ने माग समाबेशी पक्षले उठाएको थियो । यो माग पुरा नगरे निर्वाचन बहिस्कार गरि समानान्तर समिति गठन गर्ने निर्णय समाबेशी समुहले गरेको थियो । यो समाचारलाई नेपालप्लस डटकमले निरन्तररुपमा उठाएपछि एनआरएनए केन्द्रले एनआरएनए फ्रान्सको संस्थापन पक्षलाई जुलाई २५ तारिख आइतवारको निर्वाचन रोकी अर्को मितिमा गर्न निर्देशन दिएको हो ।

एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्तले एनआरएनए फ्रान्सको संस्थापन पक्षलाई निर्वाचन रद्द गरि अर्को मितिकालागि सार्न निर्देशन दिएपछि निर्वाचन अगस्ट १ आइतवारकालागि सार्न एनआरएनए फ्रान्स बाध्य भएको हो ।

केन्द्रिय अध्यक्ष कुमार पन्तले एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीलाई एनआरएनए युरोपका

निर्वाचन रोक्न दिईएको निर्देशन

क्षेत्रिय संयोजक नारायण आचार्यमार्फत् निर्देशन दिएका थिए । पन्तको निर्देशन अनुसार आचार्यले एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीलाई निर्वाचन रोकेर सबै उमेदवारलाई मान्य हुने गरि अर्को मितिमा निर्वाचन गर्न लिखित निर्देशन दिएका थिए । नारायण आचार्यले लिखितरुपमा एनआरएनए फ्रान्सका नरेन्द्र शाहीलाई पत्र पठाएपछि एनआरएनए फ्रान्सको संस्थापन पक्ष निर्वाचन रोक्न बाध्य भएको हो ।

पन्तको निर्देशन आउनु अगाडि आइतवार बिहानसम्म संस्थापन पक्षले निर्वाचन जसरिपनि गर्छौं भन्दै अड्डि लिएको थियो ।

निर्वाचन रोकिएसँगै हिजो आइतवार साँझ बसेको संस्थापन पक्ष र समाबेशी समुहको बैठकले आगामी अगस्ट १ तारिख आइतवार निर्वाचन गर्ने निर्णय गरेको छ ।

यस अघि निर्वाचन प्रणालीका लागि बनाइएको एप्लिकेसनको निगरानी, डाटाको अनुगमन र निर्वाचन मतदान गर्दा समाबेशी समुहले आफ्ना तर्फबाट कम्प्युटरमा अनुभवी प्रकाश सापकोटा र उदयराज पाण्डेलाईपनि एडमिनमा सहभागि गराउन माग गरेको थियो । तर एनआरएनए फ्रान्सको संस्थापन पक्षले त्यसलाई अस्विकार गरेपछि एनआरएनए फ्रान्सको समानान्तर समिति बनाउने निर्णय असन्तुस्ट पक्षले गरेको थियो ।

दुई पक्षबिच आइतवार विहान साँढे दुई बजेतिर बार्ता भंग भएको र समानान्तर समिति बनाउने निर्णय भएको बिज्ञप्तीसहितको समाचार नेपालप्लसमा केहिबेरमै आएपछि बिहानै एनआरएनए युरोप संयोजक नारायण आचार्य, एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्तले ‘निर्वाचन जसरिपनि रोक्नुपर्छ, मिलाएर जानुपर्छ’ भन्दै संस्थापन पक्षलाई दबाब दिन थालेका थिए ।

तर नेपालप्लसमा त्यसबारे समाचार निस्किएसँगै एनआरएनए केन्द्रले हस्तक्षेप गरेर ‘समानान्तर समिति नबनाउनुहोला । मेडियामा बिवादित कुरा नलेखिदिनुहोला । हामीले अन्तिम प्रयास गर्छौं, एनआरएनए फ्रान्सको संस्थापन पक्षले नमानी हुँदैन’ भन्दै समानान्तर समिति बन्नबाट रोकेको थियो ।

केन्द्रले हस्तक्षेप गरेपछि आइतवार दुई पक्षबिच भएको बार्तामा संस्थापन पक्ष प्रकाश सापकोटा र उदयराज पाण्डेलाई अनलाईन निर्वाचनको एप्लिकेसनमा एडमिन बनाउन राजि भएको हो । अब अनलाईन निर्वाचनकालागि दुबै पक्षले निगरानी गर्ने छन् ।

एनआरएनए युरोपका क्षेत्रिय संयोजक नारायण आचार्यले एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीलाई पठाएको पत्रमा लेखिएको छ “एनआरएनए फ्रान्सको अनलाईन निर्वाचनमा प्रयोग हुने प्राविधिक सिस्टमका संवन्धमा त्यहाँका उमेदवारहरुकाबिचमा मतभिन्नताहरु देखापरेको हुनाले निर्वाचनलाई थप बिस्वशनिय बनाउनकोलागि आज (आइतवार) गर्न लागिएको निर्वाचनलाई स्थगित गरि निर्वाचन समिति तथा सबै उमेदवारहरुको सहमतीमा विश्वसनिय निर्वाचन सिस्टमको माध्यमबाट अर्को दिन निर्वाचन गर्ने ब्यवस्था मिलाउनुहुन आइसिसी अध्यक्ष श्री कुमार पन्तज्युको निर्देशन अनुसार अनुरोध गर्दछु ।”

यसैबिच एनआरएनए फ्रान्सको संस्थापन पक्षका तर्फबाट सदस्य पदमा उमेदवारी दिएका असिमजंग कार्कीले आफ्नो उमेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । आफ्नो फेसबुकबाट उमेदवारी फिर्ता लिँदै उनले भनेका छन् ‘म एनआरएनए एनसिसि फ्रान्सको चलिरहेको चुनावबाट मेरो नाम फिर्ता लिन चाहन्छु । मेरो ब्यक्तिगत कारणले गर्दा म चुनावमा भाग लिन सकिन । त्यसैले म सबै मतदाताहरुलाई मेरोलागि मतदान नगर्न अनुरोध गर्न चाहन्छु ।’

तपाइँको प्रतिक्रिया