बुधबार, वैशाख १२, २०८१

भारतको महाराष्ट्र राज्यमा आएको बाढीका कारण ब्यापक क्षती

नेपालप्लस संवाददाता२०७८ साउन १३ गते १६:०६

भारतको महाराष्ट्र राज्यमा भीषण वर्षादका कारण आएको बाढीबाट मृत्‍यु हुनेको संख्या दुई सय नाघेको छ । बाढीका कारण करिब एक दर्जन ब्यक्ति बेपत्ता भएका छन् । भारतीय विपद ब्यवस्थापन बिभागले जनाए अनुसार राज्यका बिभिन्न ४३ सडकहरुमा बाढीले क्षती पुर्याएको छ भने अरबौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ ।

बाढी प्रभावित क्षेत्रहरुमा जोखिममा परेका ३४ हजार भन्दा बढी ब्यक्तीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको पनि बिभागले जनाएको छ । तर बाढीबाट प्रभावितहरुको संख्या एक लाख भन्दा माथी भएको अनुमान गरिएको छ ।

सरकारले राज्यका बाढीग्रस्त जिल्लाहरु सिंधुदुर्ग, सांगली, सतरा, कोल्हापुर र ठाने आसपासका क्षेत्रमा राहत शिविर संचालन गर्न विपद ब्यवस्थापन विभागलाई निर्देशन् दिएको जनाएको छ ।

महाराष्ट्रका यि जिल्लाहरुमा वर्षेनी सयौं ब्यक्तिहरुले बाढीका कारण ज्यान गुमाउने गर्दछन भने हजारौंको संख्यामा घरवार विहिन हुने गरेका छन । सरकारले पर्याप्त तयारी नगरेको भन्दै स्थानिय संघ संस्थाहरुले ब्यापक आलोचना गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया