शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए इकोटोरियल गुयानामा नयाँ कार्यसमिति चयन

नेपालप्लस प्रतिनिधी / अफ्रिका२०७८ साउन १४ गते ११:५३

पश्चिमी अफ्रिकाको भुमध्य रेखा र गल्फ अफ गुयानामामा पर्ने देश इकोटोरियल गुयनामा गैर आवाशिय नेपाली संघ (एनआरएनए) को नयाँ कार्य समिति गठन भएको छ । बुधवार सम्पन्न एनआरएनए एनसीसी इकोटोरियल गुयानाको तेस्रो वार्षिक साधारण सभाले बिष्णुहरि सेढाईलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो ।

त्यसैगरि उपाध्यक्षमा सुमन बिके, महासचिवमा लवकुमार थपलिया, कोषाध्यक्षमा प्रतीक थपलिया छन् ।

कार्य समिति सदस्यहरुमा मानबहादुर कार्की, किशोर साह, कृपा शर्मा र बासुदेब सेढाई निर्वाचित भएको एनआरएनए पूर्व केन्द्रिय कोषाध्यक्ष हिकमत थापाले जानकारि दिए ।

हिकमत थाप र एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापाले नवनिर्वाचित अध्यक्ष बिष्णुहरि सेढाई लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुमा हार्दिक बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् ।

तपाइँको प्रतिक्रिया