बिहीबार, चैत १५, २०८०

बिदेशी सेना हटेपछि अफ्गानी सरकार गम्भिर संकटमा

नेपालप्लस संवाददाता २०७८ साउन १४ गते १६:५३

Photo Credit-Master Sgt. Alejandro Licea/Army Via militarytimes.com

अमेरिका र अन्य पस्चिमी देशका सेनाहरु अफ्गानिस्तानबाट बिदा भएसँगै अफ्गानिस्तान सरकार गम्भिर संकटमा फसेको छ । बिदेशी सेना हट्नासाथ तालिवानहरुले बिद्रोहीको संख्या बढाएपछि अफ्गानिस्तानको सरकार गम्भिर संकटमा फसेको हो ।

नाटोलगायतका शक्तिशाली देशले आफ्ना सेना हटाएपछि अफ्गानिस्तानको राजधानी काबुलमा सरकारले गम्भिर संकट ब्यहोरिरहेको अमेरिकी वाचडगले उल्लेख गरेको हो ।

“सन् २०२० फेब्रुअरीमा गरिएको अमेरिकी सम्झौतापछि तालिवानले उनीहरूको आक्रमण दोब्बर भएको छ । अफ्गानी सरकारले “अस्तित्वगत संकट” को सामना गरिरहेको छ” अमेरिकी वाचडग संस्थाको रिपोर्टमा आजै बिहिवार उल्लेख गरिएको छ ।

फ्रंस २४ न्युजका अनुसार प्रतिवेदनमा अफ्गानिस्तानका लक्षित क्षेत्रमाथि तालिबानको आक्रमण तीन महिनामा ६,७०० बाट बढेर दोहा सम्झौता भएदेखि सेप्टेम्बर-नोभेम्बर २०२० को अवधिमा १३,२४२ पुगेको उल्लेख छ ।

अफ्गानिस्तान पुनर्निर्माण (सिगार) का लागि अमेरिकी विशेष महानिरीक्षकको रिपोर्टका अनुसार आक्रमण प्रत्येक पछिल्ला तीन महिनाको अवधिमा १०,००० भन्दा माथि रहेको छ ।

आक्रमणमा भएको वृद्धि लामो समयदेखि स्पष्ट भएको थियो । तर विद्रोहीहरूको आक्रमण कति तीव्र भएको थियो भनेर स्पष्ठ पार्ने डाटा पहिले उपलब्ध थिएन ।
तालिवान र काबुल सरकारबिच शान्ति सम्झौता हुने आशामा अफ्गानिस्तानबाट सबै सेना फिर्ता लिन अमेरिका सहमत भएको थियो ।

तर त्यस बेलादेखि तालिबान-सरकारबिचको वार्ता ठप्प भयो । अमेरिकाले आफ्ना सैनिकहरु लगाताररुपमा हटाइराख्यो । अगस्ट ३१ देखि अमेरिकाले आफ्ना सबै सेना हटाउने घोषणा गरिसकेको छ । हाल अफ्गानिस्तानमा केहि सय अमेरिकी सेना मात्रै बाँकि छन् ।

सिगारको रिपोर्टले दोहा सम्झौताले तालिबान-काबुल वार्तालाई अगाडि बढाउनुको सट्टा सरकारी सेनालाई अपरिपक्व बनाउने काम गर्‍यो । र तालिबानहरुको आक्रमण बढेसँगै नागरिकको मृत्युको संख्या बढाउने काम भैरहेको छ ।

सन् २०२० को जनवरीदेखि मार्चसम्म अफ्गानिस्तानमा युएस-नाटो संयुक्त सेनाको तथ्यांकका अनुसार ५१० नागरिकको मृत्यु भएको थियो र अन्य ७०९ जना घाइते भएका थिए ।

त्यसपछि यो संख्या तेस्रो तिन महिनामा बढेर मृत्यु हुनेको संख्या १,०५८ पुग्यो भने घाईतेको संख्या १,९५९ पुग्यो । यसरि मर्ने र घाईते हुनेको संख्या उच्च दरमा बढिरहेको छ ।

सिगारको रिपोर्ट अनुसार अप्रिल र मे महिनामा ७०५ जनाको मृत्यु भएको छ भने १,३३० जना घाईते भएका छन् ।

“तालिबानीहरुको आक्रमण हेर्दा समग्र प्रवृत्ति अफ्गानिस्तान सरकारको लागि स्पष्ट रुपमा प्रतिकूल देखिएको छ जसलाई सम्बोधन नगरिएमा वा तालिबानी अनुकुलतालाई उल्ट्याइएन भने अफ्गानी सरकारले अस्तित्व संकटको सामना गर्न सक्छ” इन्स्पेक्टर जनरल जोन सोपकोले रिपोर्टमा भनेका छन् ।

रिपोर्टले अफसोसपूर्ण दृश्य देखाएको उनले उल्लेख गरेका छन् । अफ्गानिस्तानको पुनर्निर्माण र सुदृढीकरणका लागि अमेरिकी नेतृत्वको प्रयास र अमेरिकी सरकारलाई सयौं अरबौं डलर लागेको छ ।

जोन सोपकोले अफ्गानिस्तान सरकारले तालिबानहरुको निकै ठूलो आक्रमणको सामाना गरिरहेको उल्लेख गरेका छन् । तालिबान सरकारको सुरक्षाबल, तयारि तालिबानसित सामना गर्न सक्ने खालको नदेखिएको उल्लेख गरेका छन् ।

“विशेष गरी तालिबानको गति तिब्र छ । आक्रमण सहजै गरिरहेका छन् । तालिवानले अफ्गानिस्तानको उत्तरी प्रान्तमा रहेको जिल्लाहरूको नियन्त्रण र कब्जा गरेको छ । त्यो क्षेत्र एक पटक तालिबान विरोधी भावनाको केन्द्र भएको थियो” उनको भनाई छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक