बुधबार, वैशाख १२, २०८१

विकिलिक्सका संस्थापक जूलियन असान्जेको नागरिकता रद्द

नेपालप्लस संवाददाता२०७८ साउन १४ गते १८:४३

WikiLeaks founder Julian Assange (File Photo | AFP) via .newindianexpress.com

दक्षिण अमेरिकी देश इक्वेडरले हाल बेलायतको जेलमा रहेका विकिलिक्सका संस्थापक जूलियन असान्जेको नागरिकता रद्द गरेको छ ।

उनलाई दिएको विशेष कर्म वा सहुलित वा विशेष प्रावधान अनुसार दिइएको नागरिकता (नेचुरालिजेसन) रद्द गरेको भन्दै इक्वेडरको न्याय प्रणालीले औपचारिक रूपमा अस्ट्रेलियालाई सूचित गरेको हो । एपी न्युजका अनुसार उनलाई दिईएको नागरिकता बदर गर्ने प्रक्रिया दक्षिण अमेरिकी देशको विदेश मन्त्रालयले दायर गरेको दाबीको प्रतिक्रिया अनुसार आएको हो ।

‘नागरिकता माग गर्दा बुझाएका कागजपत्र र प्रमाणहरु तथ्यहिन, झुटा कागज प्रस्तुत र आफ्नो ठगी गरेर, सत्यता लुकाएर नेचुरालीजेसन माग गरिएको छ भने त्यो हानिकारक मानिने’ निर्णयमा उल्लेख छ ।

इक्वेडरयाका अधिकारीहरूका अनुसार असान्जेको नेचुरालिजेसन पत्रमा विवादास्पद प्रसंग, किर्ते हस्ताक्षर, कागजातहरूको सम्भावित परिवर्तन र अवैधानिक शुल्क तिरिएका कागजपत्रहरु थिए ।

असान्जका वकिल कार्लोस पोवेदाले एसोसिएटेड प्रेसलाई निर्णय प्रक्रिया बिना नै गरिएको र असान्जलाई यो घटनामा अदालतसमक्ष उपस्थित हुन अनुमति नदिएको बताएका छन् ।

पोभेडाले एपी न्युजसित भने “निर्णय गरिएको मितिमा असान्जेलाई आफ्नो स्वतन्त्रताबाट वञ्चित गरिएको उद्धृत गरिएको थियो । र स्वास्थ्य समस्याले उनलाई स्वतन्त्रता केन्द्रबाट वञ्चित गरिएको थियो जहाँ उनलाई राखिएको थियो” ।

पोवेडाले यस निर्णयका बारेमा स्पष्टीकरणकालागि अपील गर्ने उल्लेख गरेका छन् । “राष्ट्रियताको महत्त्व मात्रै होइन यो अधिकारको सम्मान गर्ने र कसैको राष्ट्रियता फिर्ता लिने, गैरनागरिक, देशबिहिन बनाउने प्रक्रियाको अनुसरण गर्ने कुरा हो । त्यसैले यसको स्पस्ठिकरण मागिने छ” उनले भनेका छन् ।

असान्जेले सन् २०१८ को जनवरी मा इक्वेडरियाको नागरिकता पाएका थिए । तत्कालिन राष्ट्रपति लेनन मोरेनोको सरकारले उनलाई कूटनितिज्ञ बनाएर आफ्नो लण्डनस्थित दुतावासबाट बाहिर निकाल्न कूटनीतिक नागरिकता प्रदान गरेका थिए ।

सोमबार, विवादित प्रशासनिक मामिलाहरू रहेको भन्दै पिचिंचा अदालतले यो निर्णय रद्द गरेको थियो । उक्त रिपोर्ट आजै बिहिवारमात्रै सार्वजनिक भएको हो ।

तपाइँको प्रतिक्रिया