शुक्रबार, वैशाख ७, २०८१

मृगौला प्रत्यारोपणका लागि बेलायतबाट ३ लाख बढीको सहयोग

नेपाल प्लस२०७८ साउन १४ गते १८:४२

दुवै मृगौलाले काम गर्न छोडेपछी भारतमा उपचार गराइरहेका गैँडाकोट निवासी गुरुदत्त पौडेललाई बेलायतबाट आर्थिक सहयोग गरिएको छ ।

दुई दशक देखि बेलायत बस्दै आइरहेका गैंडाकोट निवासी नारायण कँडेलको सकृयतामा पौडेलको उपचारका लागि ३ लाख ७५ हजार ९ सय रुपैयाँ संकलन गरिएको थियो ।

आज बिहिवार गैंडाकोटमा एक कार्यक्रम आयोजना गरी संकलित रकम कँडेलका बुवा घनश्याम कँडेलले बिरामीका सहयोगी टिकाराम सापकोटालाई हस्तान्तरण गरेका छन् ।

गैंडाकोटमा सामान्य प्लास्टिकको पसल चलाएर बस्ने पौडेलका दुबै मृगौलाले काम गर्न छोडे पछी उपचारका लागि ठुलो आर्थिक कठिनाई परेको पौडेलका आफन्तले बताएका छन् । उपचार गर्ने आर्थिक श्रोत सकिंदै गएपछी सहयोगका लागि विदेशमा बस्ने आफन्तहरुलाई आग्रह गरिएको थियो ।

मानविय कार्य भएकोले सहयोग संकलनका लागि आफु सकृय रहेको नारायण कँडेलले नेपालप्लसलाई बताए ।

मृगौला प्रत्यारोपणका लागि दिल्ली पुगेका पौडेलको अर्थ अभावका कारण प्रकृया अघि बढ्न सकेको थिएन । “अब भने केही आशा लागेको छ । विरामीको उपचारमा सहयोग गर्नेहरु थपिंदै हुनुहुन्छ” सहयोगी टिकाराम सापकोटाले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक