बिहीबार, चैत १५, २०८०

कोरोनाले युगान्डामा मृत्य भएका खड्गी परिवारलाई अफ्रिकाबाट तीन लाख दशहजार सहयोग

नेपालप्लस संवाददाता / तनहुँ २०७८ साउन १५ गते ८:५६

गत आषाढ २९ गते कोरोना संक्रमणमा परि युगान्डाको कम्पालामा निधन भएका तनहु, भानुभक्त नगरपालिका वार्ड नम्बर ६, सिमपानीका ४७ बर्षिय हिराबहादुर खडगीका परिवारलाई एनआरएनए अफ्रिकाले तिन लाख १० हजार आर्थिक सहयोग गरेको छ । एनआरए ए अफ्रिकाको राहत कोषका तर्फबाट आज शुक्रवार एनआरएनएका निवर्तमान अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले उक्त नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

कार्कीले आज तनहुँ, भानुभक्त- ६, सिम्पानी स्थित उनको घरमा गइ उनकी श्रीमती शुशिलामाया खड्कीसहित परिवारलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

अफ्रिकामा रहेका नेपालीहरुको तर्फबाट सामुहिक रुपमा उक्त रकम सहयोग जुटाई सहयोग गरिएको हो । एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले कोष र सहयोगिहरुलाई धन्यवाद दिंदै उनी कार्यरत कम्पनीबाट समेत सहयोग जुटाउन एनआरएनएले पहलगरि राखेको बताएका छन् ।

कोभिडले अफ्रिकामा मृत्य हुने खडगी छैठौं नेपाली हुन् । एनआरएनए अफ्रिका राहत कोषको पहलमा यस अघि पनि अफ्रिकामा कोरोनाले मृतकका परिवारलाई सहयोग गर्दै आएको छ । साथै यस अघि पनि बिबिध कारणले अफ्रिकामा अप्ठ्यारोमा परेका नेपालीहरुलाई कोषले सहयोग गर्दै आएको छ ।

कोरोना संक्रमणले अप्ठ्यारोमा परेकालाई खानपिन र औषधी उपचारमा सहयोग, नेपाल फिर्तीको ब्यबस्था लगायतका कार्य अफ्रिकाका नेपालीहरुबाट सहयोग जुटाएर गर्दै आएको कोषका संयोजक हिक्मत थापाले बताए । उनले सधैं झैं यस बेला पनि सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई हार्दिक धन्यावाद दिएका छन् ।

केही महिना अघि मात्र नेपालका १४ दुर्गम जिल्लाका ३५ अस्पताल र स्वास्थ्यकेन्द्रहरुमा करिब साठीलाख बराबरको अक्सिजन सिलिन्डरहरु तत्काल पुर्‍याई अफ्रिकाका एनआरएनहरुले सहयोग गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक