बिहीबार, वैशाख १३, २०८१

शान्ती भण्डारीको अध्यक्षतामा एनआरएनए बोत्स्वानामा नयाँ कार्य समिति चयन

नेपालप्लस प्रतिनिधी / गबोरोने , बोत्स्वाना २०७८ साउन १५ गते २१:५३

गैर आवाशिय नेपाली संघ (एनआरएनए) बोत्स्वानाको अध्यक्षमा श्रीमती शान्ती भण्डारी निर्बिरोध चयन भएकि छन् । दक्षिणी अफ्रिकी भूपेरिवेष्ठित मुलुक बोत्स्वानाको एनआरएनएले आज शुक्रवार सम्पन्न गरेको वार्षिक साधारण सभाले भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

त्यसैगरी तुलसी कामी अन्तर्राष्ट्रिय समितिको सदस्यमा चुनिनुएका छन् । सर्बसम्मत चुनिएको कार्यसमितिमा गोबिन्द प्रसाद कँडेल उपाध्यक्ष, गोपाल बहादुर खड्का महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिएका छन् ।

त्यस्तै, कार्य समिति सदस्यहरुमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कँडेल र सिर्जना पन्त छन् । साधारण सभाको अनुगमन पूर्व अध्यक्ष डा। बिपी यादवले गरेका हुन् । कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गरे ।

बीस लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा अवस्थित बोत्स्वाना द्रुत गतिले बिकास भइरहेको अफ्रीकी देश हो । सन् १९६० मा प्रती ब्यक्ति आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रती ब्यक्ति आय वार्षिक १८ हजार आठ सय २५ डलर छ । खनिज, खानी, पशुपालन र पर्यटन यहाँको आम्दानीका मुख्य श्रोत हुन् ।

तपाइँको प्रतिक्रिया