शुक्रबार, वैशाख ७, २०८१

फ्रान्सबाट गएका यात्रुलाई मात्रै बेलायतमा क्वारेन्टाईन ‘भेदभावपूर्ण’ भन्दै फ्रान्सद्वारा निन्दा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन १५ गते २३:३६

फ्रान्सबाट बेलायत गएका यात्रुहरुले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने बेलायती निर्णयलाई ‘भेदभावपूर्ण’ भन्दै फ्रान्सले निन्दा गरेको छ ।

फ्रान्सबाट जाने यात्रुहरुको लागि अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने बनाउनु ‘बुझ्न नसकिने’ र ‘भेदभावपूर्ण’ उपाय हो’ बिहीबार फ्रान्सेली युरोपेली मामिलाका राज्य सचिवले बेलायती निर्णयको निन्दा गर्दै भनेका छन् ।

बेलायतले सोमवारदेखि युरोपेली अन्य मुलुक र अमेरिकाबाट आउने यात्रुहरुकालागि अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने नियम हटाउने घोषणा गरिसकेको छ ।

फ्रान्सले बिहिबार बेलायतको यो निर्णयको दृढ निन्दा गर्ने उल्लेख गर्दै भनेको छ “यो कस्तो खालको स्वास्थ्य योजना हो भन्ने बुझ्न सकिंदैन । यो वैज्ञानिक रूपमा स्थापित मान्यता अनुरुपपनि छैन” फ्रान्सको एलसिएल च्यानलसित कुरा गर्दै क्लेमन्ट बोमले भनेका छन् “यो फ्रान्सेली विरुद्ध एक भेदभावपूर्ण निर्णय हो । किनकि सबै युरोपेलीहरुमा डेल्टा भेरियन्टको प्रकोप छ । अझ कतिपय देशको त फ्रान्समा भन्दापनि स्थिति गम्भिर छ । हाम्रो देशमा भन्दा कठिन स्वास्थ्य स्थिति ब्यहोरिरहेकापनि छन् । डेल्टा वा अन्य भेरियन्टबाट प्रभावित अरु युरोपेलीलाई क्वारेन्टाइन नलाग्ने हामीलाई लाग्ने बनाउनु भेदभावपूर्ण हो ।”

युरोपेली संघ र संयुक्त राज्य अमेरिकामा कोभिड बिरूद्ध पूर्ण खोप लगाएका यात्रुहरुलाई बेलायत प्रवेशमा क्वारेन्टाईन नबसिकनै सोमवारबाट छुट दिईने छ । तर फ्रान्सबाट प्रवेश गर्नेहरुलाई भने १० दिन अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने बनाईएको छ । बेलायतले फ्रान्सलाई बीटा भेरियन्ट (प्रसिद्ध दक्षिण अफ्रिकी भेरिएन्ट) को नाममा बहिष्कृत गरेको भनाई फ्रान्सेली अधिकारीहरुको छ । यो भेरियन्टले फ्रान्समा ५ प्रतिशत भन्दा कम संक्रमणको प्रतिनिधित्व गर्दछ । र यो बिटा भेरियन्ट खासगरि फ्रान्सको टापू रेयुनियोंमा देखा परेको हो ।

फ्रान्सेली विदेश मन्त्रीले पनि बेलायती यो निर्णयमा खेद व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाले आफ्नो सिमा ईयूबाट जाने यात्रीहरुको लागी बन्द गरेको तर अमेरिकी पर्यटकहरुलाई फेरि यूरोपमा स्वागत गरिएको भन्दै उनले खेद ब्यक्त गरेका हुन् ।

उनले युरोपका विषयमा अमेरिकासित सामुहिक छलफल गरेर निर्णय लिनुपर्ने र युरोपेलीको फाईदापनि हेर्नुपर्ने उल्लेख गरेका छन् ।

युरोपेली देशहरुले अमेरिकाका यात्रुहरुलाई कोरोनाको पूर्ण खोप लगाएका वा कोरोना परिक्षण नेगेटिभ भएको प्रमाण देखाएपछि प्रवेश दिने भएका छन् । तर सेन्जेन भिसा पद्दती अपनाएका युरोपेली देश, बेलायत, आयरल्याण्ड, स्कटल्याण्डका यात्रुलाई सन् २०२० को मार्च देखि अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

युरोपेलीलैऐ अमेरिका प्रवेशमा उसले रोक लगाउने तर युरोपेली मुलुकमा भने अमेरिकीलाई प्रवेश दिने प्रावधान दुई पक्षिय हित अनुकुल नभएको भनाई फ्रान्सेली अधिकारीहरुको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक