शुक्रबार, चैत १६, २०८०

पुष्प भट्टराई अध्यक्षसहित एनआरएनए तान्जानियाको कार्य समिति निर्बिरोध निर्वाचित

नेपालप्लस प्रतिनिधी / दार- ए - सलाम ।२०७८ साउन १६ गते १६:२६

गैरआवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय समिति तान्जानियामा दोश्रो कार्यकालका लागि पुन: पुष्पराज भट्टराई अध्यक्ष सहितको कार्य समिति निर्बिरोध निर्वाचित भएको छ ।

अन्य निर्बिरोध निर्बाचित पदाधिकारीहरुमा उपाध्यक्षमा पासाङ शेर्पा (आरुषा, बिनोद पटेल (दार एस सलाम) र नारायण प्रसाद अर्याल (जान्जीबार) रहेका छन् । महासचिवमा नविन पंडित, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रन्जन, सह- कोषाध्यक्षमा सन्तोष उदास, युवा संयोजकमा कृष्णबहादुर सुनार, महिला संयोजकमा सपना ढकाल चयन भएका छन् । त्यस्तै, कार्यकारी सदस्यमा महेश गिरी, सिलम कुमारी, किसन दमाई र थानेश्वर दर्जी छन् ।

सल्लाहकारमा प्रेम प्रसाद गुरुङ्ग र संरक्षकमा पुर्व अध्यक्ष भिमसेन क्षेत्रीलाई चयन गरिएको छ ।

संघका पुर्व अध्यक्ष तथा अनुगममकर्ता भीमसेन क्षेत्रीका अनुसार कार्यसमिति निर्बिरोध चयन भएको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक