मंगलबार, वैशाख ११, २०८१

एनआरएनए जापानको निर्वाचनमा ब्यापक धाँधली : भारत र नेपालबाटसमेत हजारौं भोट

नेपालप्लस संवाददाता / टोकियो र लण्डन२०७८ साउन १६ गते १९:०४

एनआरएन बेल्जियमको निर्वाचनमा भएको धाँधली सार्वजनिक भए लगत्तै जापानको राष्ट्रिय परिषद निर्वाचनमा झन ठूलो धाँधली गरिएको भन्दै उजुरी परेको छ ।

एनआरएनए जापानको निर्वाचनमा कुनै एउटा पक्षले अनलाईन भोटिङ् प्रणालीलाइ आफ्नो मातहतमा राखेर फर्जी मतदान गरेको दावी गर्दै अर्को पक्षले एनआरएनए केन्द्रिय समितिमा उजुरी दर्ता गराएको छ ।

उजुरी दर्ता गराउने पक्षको दाबी अनुसार नेपालको काठमाडौं, पोखरा, भारतको उडिसा र जापानका बिभिन्न शहरहरुमा बसेर एउटै कम्प्युटर प्रयोग गरी सयौं भोट खसालिएको छ । सबै भन्दा बढी ६८३ भोट जापानको फुकुओका शहरबाट आइपी ठेगाना ११४।१७९।१०६।२८३ प्रयोग गरी खसालिएको छ । त्यस्तै नेपालको काठमाडौंबाट एउटै कम्प्युटर प्रयोग गरी २६३ भोट खसालिएको छ । भारतको उडिसा नेपालको अर्को शहर पोखरा र जापानका टोकियो लगायतका शहरहरुमा बसेर एकै कम्प्युटरबाट खसालिएका मतको संख्या ३ हजार ६ सय १५ रहेको उजुरीकर्ताहरुको दाबी छ ।

उजुरी गर्नेहरुमा आइसीसीका उम्मेद्वार डा. बलराम श्रेष्ठ, अध्यक्षका चारजना उम्मेद्वार सहित दुई दर्जन भन्दा बढी उम्मेद्वार रहेका छन । उनीहरुले गत शुक्रबार भएको निर्वाचन प्रकृयालाई रद्द गरी बिज्ञहरुको छानविन समिती गठन गर्न समेत माग गरेका छन ।

उनीहरुले कम्तिमा ११ सय मतदाताहरुलाई मतदानका बारेमा कुनै सुचना नदिएको पनि उल्लेख गरेका छन् ।

उजुरी पत्रमा भनिएको छ- “भोटरहरुलाइ भोट गर्ने आमन्त्रण मेसेज पठाउँदा १,१०० मेसेज नपठाई मतदाता समेतको हक अधिकार हनन गरेको हुनाले शुक्रवार भएको भनिएको निर्वाचन खराब नियत राखी पुर्ब योजना पुर्वक बैज्ञानिक प्रबिधिलाइ दुरुपयोग गरि स्वस्थ प्रतिस्पर्धा हुन् नदिई एनआरएन जापानमा पहिल्यै देखि मौलाई रहेको आर्थिक हिनामिना, अपचलन र भ्रस्टाचारको निरन्तरताका लागि गरिएको छ | यो षडयन्त्रपूर्ण निर्बाचनको परिणाम नियोजित, गैरकानुनी र छलपुर्बक गरिएको देखिने हुनाले अध्यक्ष मण्डलबाट हिजो भएको निर्बाचन प्रक्रियाको यथोचित छानबिन गर्ने एक प्रबासी नेपालीहरुले विश्वास गर्न सकिने, एनआरआरएनलाइ माया गर्ने अग्रजहरुको नेत्रित्वमा कम्प्युटर सम्बन्धि बिज्ञहरु समेत राखी पारदर्शी छानबिन गरि यथार्थ बाहिर ल्याउनका साथै सो पश्चात मात्र निर्बाचन परिणाम घोषणा गर्न अनुरोध गर्दछौं |

उजुरीकर्ताहरुको दाबीलाई मान्ने हो भने ३० तारिख बिहान १० बजे देखि साँझ ८ बजेसम्म भएका मतदानमा एकै कम्युटरबाट ६८३ भन्दा बढी भोट हालिएको छ । अटोमेटिक रुपमा कम्युटरलाई दुरुपयोग गरि योजनाबद्द् रुपमा भोट हालिएको छ ।

निर्बाचनमा मतदान भएका कम्प्युटरको आइपी नम्बर जाँच गरेर हेर्ने हो भने एउटै कम्युटरबाट कम्तिमा १० देखि माथन् भोट अटोमेटिक रुपमा हालिएको छ । त्यस मध्ये जापान बाहिर इन्डियाको उडिसा शहरबाट ४०२ भोट, नेपालको काठमाडौँ बाट २६३ भोट, नेपालको पोखराबाट ११ भोट, साथै जापानको फुकुओकाबाट १०१८, ओसाका सिटीबाट ४८८, आइची सिटीबाट १११, चिबा सीटीबाट ३४ भोट र टोक्योसीटी बाट १०५४ गरि ३६१५ भोट कम्युटरमा सेटिंग बनाई हालिएको छ । एनआरएन केन्द्रले भने यस विषयमा केही बोलेको छैन ।

यस अघि बेल्जियमको निर्वाचनमा त्यहाँको निर्वाचन समितिले ५ सय भन्दा बढी मतदाताहरुको नाम रातारात काटेको थियो भने मत पारीणाममा हारेका उम्मेद्वारलाई विजयी घोषणा गरेको थियो ।

उजुरीकर्ताहरुले  डा. नेत्र भण्डारी -निर्बाचन समिति, भबन भट्ट -अनुगमन समिति संयोजक जापान एन आर एन तथा पुर्ब आसिसि अध्यक्ष, महेश श्रेष्ठ – कोषाध्यक्ष आइ सिसि एनआरएनए, रोविन्द श्रेष्ठ आर सी, आइसिसि, पारश पोखरेल – संयोजक अध्यक्ष मण्डल तथा आइ सिसि डी आर सी, राजन प्रधानाङ्ग -संयोजक उच्चस्तरीय छानबिन समिति तथा पुर्ब अध्यक्ष एनआरएन जापान, कुमार पन्त -अध्यक्ष एनआरएनए, हेमराज शर्मा- महासचिव एनआरएनएसहित एक दर्जन प्रमुख पद ओगटेका ब्यक्तिहरुलाई उजुरीको बोदार्थ दिएका छन् ।

एनआरएनको लागि अनलाइन भोटिङ प्रकृया निकै नौलो हो र उसले पहिलो पटक यसको प्रयोग गर्दै छ । जतिबेला अनलाइन भोटिङका बारेमा संस्थाभित्र वहस चल्दै थियो त्यहि समयमा कुल आचार्य पक्षले यसको विरोध गरिरहेका थिए । उनीहरुको तर्क थियो- यो प्रकृयाका लागि हामीहरु नयाँँ छौं र यसमा धाँदली हुने सम्भावना तिब्र छ” । अहिले जापान र बेल्जियमका घटनाले उनिहरुको आशंकलाई पुष्टी गर्छ भन्नेहरुको संख्या बढ्दै गएको छ ।

उजुरीकर्ताका अनुसार एउटै आईपिबाट पटक पटक मत दिएको प्रमाण हेर्नुस्

काठमाडौंबाट पटक पटक मत दिएको आइपि प्रमाण हेर्नुस्

तपाइँको प्रतिक्रिया