बुधबार, वैशाख १२, २०८१

एनआरएनए जर्मनीको अध्यक्षमा मिलन पन्त विजयी

नेपालप्लस संवाददाता / जर्मनी२०७८ साउन १७ गते ०:४३

फोटो स्रोत- मिलन पन्तको फेसबूक

गैर आवासिय नेपाली संघ (एन आर एन ) जर्मनीको अध्यक्षमा मिलन राज पन्त विजयी भएका छन्। आज भएको अनलाईन भोटिङ निर्वाचनमा उनले निनम्मा राईलाई पराजित गरेका हुन् । अध्यक्षमा बिजयी पन्तले ८ सय २८ प्राप्त गरे भने राईले ५ सय ७१ मत प्राप्त गरेकि हुन् । उनी वर्तमान कार्य समितिका उपाध्यक्षसमेत हुन् ।

दुई खुल्ला उपाध्यक्षमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी भएका छन् । महिला उपाध्यक्षमा करुणा तुलाधर राई, महासचिवमा राजेश सुनार, सचिवमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला, विजयी भएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदमा शंकर डाँगी विजयी भएका छन् ।

कोषाध्यक्षमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सास्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित भएका छन् ।

आफू अध्यक्षमा निर्वाचित भएपछि बिजयी मिलन पन्तले आम मतदाताले दिएको जिम्मेवारी पूरा गर्न आफू इमान्दार भएर आफ्नो क्षमताले भ्याएसम्म प्रयास गर्ने उल्लेख गर्दै आफ्नो फेसबुकमा भनेका छन् “म बाचा गर्छु मेरो इमानमा कुनै बाधा आउन दिने छैन । निर्वाचन एउटा सामान्य प्रक्रिया हो, यसमा हार जित हुँदैन । हामी सबै जर्मनीमा बस्ने नेपालीको जित हो । मत अलि तल माथि हुनसक्छ । तर हामी सबै सधैं सँगै रहनेछौं । मेरी दिदी निनाम्मा राईलगायत यो प्रजातान्त्रिक प्रक्रियामा सामेल हुनु भएका सबैले पनि यो चुनाव जित्नु भएको छ । म उहाँहरु सबैसँगै रहेर अगाडि बढ्ने छु । मेरा अग्रजको सल्लाह, समकक्षीको साथ अनि साना नानीहरुको हौसलाबिना मैले केही गर्न सक्दिनँ । त्यसैले मलाई सबैको साथ र सहयोग अपरिहार्य छ। हामी सबै सधैं सँगै रहनेछौं ।”

तपाइँको प्रतिक्रिया