शनिबार, वैशाख ८, २०८१

सन् २०२३ मा निर्वाचन गराउने म्यानमार सैन्य शासकको आस्वासन

नेपालप्लस संवाददाता२०७८ साउन १७ गते १२:३९

म्यानमारका अपदस्त प्रजातान्त्रिक नेतृ आङ सान सुकी (देब्रे) र सैन्य शासक प्रमुख मिन उङ हाङ (दाहिने)

म्यानमारमा आङ साङ सुकीको प्रजातान्त्रिक सरकारलाई अपदस्त गरि सैन्य कु गरेको सैन्य शासकले सन् २०२३ को अगस्टसम्म निर्वाचन गराउने आस्वाशन दिएको छ ।

म्यानमारका सैन्य शासक मिन उङ हाङले आजै आइतबार फेरी नयाँ बहुदलीय चुनाव गर्ने आश्वासन दिएका छन् । उनले आफ्नो सरकार दक्षिण एसियाली राष्ट्र संघ (आसियान) को नामले बनेका कुनै विशेष दूतसँग काम गर्न तयार रहेको बताएका छन् ।

म्यानमारको जुन्टा प्रमुखले आइतबार भनेका छन् “चुनाव हुनेछ । अगस्त २०२३ सम्ममा आपतकालिन स्थिति हटाइनेछ ।”

सेनाले प्रारम्भिक समयसीमा विस्तार गरी आङ सान सुकीलाई ६ महिना पहिले पदबाट जबर्दस्त हटाएको थियो ।

एक स्थानीय निगरानी समूहका अनुसार निर्वाचनबाट चुनिएको नेतालाई अपदस्तगरि सेना सक्रिय बनेपछि ९०० भन्दा बढी मानिसको ज्यान गएको छ र प्रजातान्त्रिक नागरिक नेतालाई सेनाले निष्कासन गरेपछि देश अशान्तिमा परेको छ ।

देशलाई कोरोना भाईरसलेपनि थप जटिलतातर्फ मोडेको छ । किनभने धेरै अस्पतालहरुमा प्रजातन्त्रका समर्थक चिकित्सा कर्मचारीहरु गएका छैनन् र अस्पतालमा चिकित्सा कर्मचारीको अभाव छ । विश्व बैंकले म्यानमारको अर्थव्यवस्था १८ प्रतिशतसम्म संकुचित हुने पूर्वानुमान गरेको छ ।

एउटा टेलिभिजन सम्बोधनमा जुन्टा नेता मिन उङग हाङले भने “हामी अगस्त २०२३ सम्म आपतकालिन अवस्थाको प्रावधान पूरा गर्ने छौं । म असफलता बिना बहुदलीय चुनाव गर्ने प्रतिज्ञा गर्दछु “।

उनको घोषणाले म्यानमारलाई अझै सैनिक शासनमा राख्ने देखाउँछ । सैन्य कु पछि उनकै भनाईलेपनि नागरिकलाई करिब साँढे दुई वर्ष सैनिक शासनमा राख्ने स्पष्ठ पार्छ ।

सेनाले २०२० को चुनावमा सुकीको नेशनल लिग फर डेमोक्रेसीले ठगी र निर्वाचन धाँधली गरेर भारी संख्यामा जितेको आरोप लगाएर आफ्नो सत्ता कब्जा गर्ने औचित्य साबित गर्न खोजेको छ । र सेनाले सुकीको पार्टी भंग गर्ने धम्की दिएको छ ।

गत हप्ता सेनाले चुनावको नतिजा रद्द गरेको थियो । ११ करोड भन्दा बढी मतदातालाई ठगी गरेको आरोप लगाएर चुनाव नतिजा रद्दको घोषणा गरेको थियो ।

सूकीलाई फेब्रुअरी १ ​​देखि हिरासतमा नजरबन्दमा राखिएको छ । उनमाथि कोरोनाभाइरस प्रतिबन्धको उल्लंघन गरेर अवैध रुपमा वाकी टकी आयात गरेको आरोप लगाइएको छ । यो आरोप अनुसार सेनाले उनलाई एक दशकभन्दाबढि जेल सजाय भोग्नसक्ने संभावना रहन्छ ।

आजै आइतवार म्यानमारमा प्रजातान्त्रिक शक्ति, समर्थक र पार्टीका प्रदर्शनकारीहरुले म्यानमारको सडकमा प्रदर्शन गरेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

उत्तरी शहर कालेमा प्रदर्शनकारीहरुले “क्रान्तिको लागी शक्ति” लेखिएको ब्यानरहरु बोकेका थिए । प्रदर्शनकारीहरुले व्यापारिक राजधानी याङ्गुन (रंगुन) मा पनि जुलुस निकालेका थिए ।

म्यानमारमा हजारौं निजामती कर्मचारी र अन्य कामदारहरु या त र्‍यालीमा सामेल भएको आरोपमा बर्खास्त भएका छन् वा अझै पनि राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानको समर्थनमा हड्तालमा छन् ।

एनएलडीले २०२० को भोटमा प्रजातान्त्रिक शक्ति वा सुकीको पार्टीप्रतिको समर्थन २०१५ मा आयोजित तुलनामा बढेको बताएको छ ।

सन् २०२० को चुनावमा तयार पारिएको एक रिपोर्टमा स्वतन्त्र चुनाव निगरानी समूहको एशियाली नेटवर्कले निर्वाचन ठूलो भएको र यो निर्वाचनले जनताको प्रजातन्त्रप्रतिको आशा र विस्वाशलाई जगाएको भन्ने उल्लेख गरेको थियो ।

(नेपालप्लसको साथमा फ्रंस २४ न्युज र एएफपी)

म्यानमार संवन्धि तलका समाचार र लेखपनि हेर्नुस्

म्यानमारमा विद्रोहीसँगको भिडन्तमा प्रहरी र सैनिकहरू मारिए

म्यानमार विद्रोही समूहद्वारा थाई सीमा नजिक सैन्य क्याम्प कब्जा

म्यानमारका जनताको अनुरोध : हाम्रो प्रजातान्त्रिक आन्दोलनका पक्षमा बोलिदिनुहोस्

म्यानमारको अर्थ मन्त्रालयद्वारा ८० भन्दा बढि कर्मचारी बर्खास्त

मानवता रोएको म्यानमार र सैनिक सत्ता

म्यानमारमा सैनिकहरुद्वारा एकै दिन दर्जनौं मारिए

म्यानमारमा सैनिक कूबिरुद्द दोस्रो पटक हजारौं नागरिक सडकमा

म्यानमारमा सैन्य कूको विश्वभरिबाट निन्दा

आङ सान सुकीमाथि गैरकानुनी रुपले सन्चार उपकरण आयात गरेको आरोप

आङ साङ सुकीले वाचा तोडिन्, सेनाले सत्ता हत्यायो

तपाइँको प्रतिक्रिया

फेसबुक