शनिबार, वैशाख ८, २०८१

आफ्नै बैंक लिएर स्विजरल्याण्ड पस्यो चीन

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ साउन १७ गते १३:११

चीन आफ्नै बैंक ‘बैंक अफ चाईना’ लिएर स्विजरल्याण्ड पसेको छ । स्विजरल्याण्डमा आफ्नै बैंक खोल्ने लामो प्रयासपछि चीनले भर्खरै ‘बैंक अफ चाईना’ को शाखा खोल्ने अनुमति पाएको छ ।

स्विट्जरल्याण्डको वित्तीय बजार सुपरवाइजरी अथोरिटी (फिनमा) ले चीनको सबैभन्दा ठूलो सरकारी स्वामित्वको वाणिज्य बैंकहरु मध्ये एक ‘बैंक अफ चाईना’ लाई जेनेभामा एक शाखा खोल्न अनुमति दिएको हो ।

‘बैंक अफ चाइना’ले जून महिनामा दर्ता प्रक्रिया पूरा गरी शाखा खोल्न अनुमति पाएको उल्लेख गरेको छ ।

चिनियाँ वित्तीय संस्थाले “चीन- स्विस व्यापार र लगानीको लागि एउटा पुल बनाउन, आर्थिक, व्यापारिक र वित्तीय आदानप्रदानलाई बढावा दिन एक पुलको भूमिका खेल्न चाहेको” उल्लेख गरेको छ ।

सन् २०१८ मा एक वैश्विक प्रणालीगत महत्वपूर्ण बैंकको रूपमा बैंक अफ चाइनालाई विकास गर्न चीनले चाहेको थियो । त्यसै अनुरुप बिकास र परिमार्जित गरेको थियो ।

‘बैंक अफ चाइना’ मा लगभग तिन लाख कर्मचारी कार्यरत छन् । यो चीनको मुख्य भाग (मेनल्याण्ड चाईना) मा मुख्य बैंकिङ सेवा दिने एक सेवा नेटवर्कको रूपमा कार्यरत छ । यो बैंक अन्य ५७ देशमा फैलिएको छ र विभिन्न मुलुकका बिभिन्न क्षेत्र, प्रान्त र शहरहरुमापनि सयौं शाखाहरु बिस्तार गरेको छ ।

पहिलो त्रैमासिकको अन्त्यमा बैंकले आफ्नो शुद्ध मुनाफा २ थोप्लो ७ प्रतिशतले बढाएर ५३ अरब ९९ करोड युआन बनाउन सफल भएको छ ।

‘बैंक अफ चाईना’ ले यो शाखा बिस्तारसँगै स्विस-चीन संवन्धको ईतिहाँसलाई उजागर गर्न सफल भएको उल्लेख गरेको छ ।

स्विजरल्याण्ड चीनसँग कूटनीतिक सम्बन्ध स्थापित गर्ने पहिलो पश्चिमी देशहरु मध्ये एक हो र बेइजिङसँग एक मुक्त व्यापार सम्झौता (फ्रि ट्रेड) मा हस्ताक्षर गर्ने पहिलो यूरोपीय देश हो ।

स्विजरल्याण्ड युरोपमा चीनको सातौं सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो । जर्मनी र संयुक्त राज्य अमेरिकापछि चीन स्विजरल्याण्डको तेस्रो सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक