शनिबार, वैशाख ८, २०८१

एनआरएनए नाइजेरियाको आठौं साधारण सभाबाट अध्यक्षमा बिरेन्द्र गुप्तासहित सर्वसम्मत समिति

नेपालप्लस प्रतिनिधी / लेगोस , नाइजेरिया २०७८ साउन १७ गते १८:१८

गैरआवासिय नेपाली संघ (एनआरएनए) नाईजेरियाको आज आइतवार लेगोसमा सम्पन्न आठौं बार्षिक साधारणसभाले बिरेन्द्र गुप्ताको अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मतिले चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह, सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन भएका छन् । त्यसै गरि महासचिवमा सोमेश अर्याल, सचिवमा संजय थापा र टोप बहादुर गुरुङ छन् । महिला सचिवमा अर्चना सिंह , कोषाध्यक्षमा सागर उप्रेती, सह-कोषाध्यक्षमा सरोज कुमार, महिला संयोजकमा सविता सेठ, युवा संयोजकमा सुहिम थापा चयन भएका छन् ।

कार्य समितिको सदस्यहरुमा सतिश पाण्डे (अबुजा), बिरेन्द्र बहादुर बस्नेत (कटसिना), राजु धिताल (साङ्गो वटा ), कृष्ण थापा (भिआई), सुभाष सिम्खडा (पोर्टहर्ट कोर्ट), राजु भुषाल (कानो), खुश्बु घिमिरे र रमेस बहादुर सुनाखरी मगर (लेगो ) निर्वाचित भएका छन् ।

त्यसैगरी आइसीसी सदस्यमा चिरञ्जीवी रोका, समितिको सल्लाहकार समितिमा मन थापा, हिमा खडका, उर्मिला रोका, बिदुर घिमिरे, बिश्वास पौडेल, बिन्दु क्षेत्री रगनु चुनिएका छन् । समितिको संरक्षकहरुमा हिक्मत थापा, संजीव क्षेत्री र चिरञ्जीवी रोका चयन भएका छन् ।

हिकमत थापा एनआरएनएको पूर्व केन्द्रिय कोषाध्यक्ष हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक