शुक्रबार, चैत १६, २०८०

स्विस र जर्मन कुकुरहरु बाढीग्रस्त क्षेत्रमा मिलेर काम गर्दै

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ साउन १८ गते १८:३४

Photo- REDOG Screen shot via swissinfo.ch

करिब दुई हप्ता अघि बाढी र पहिरोले जनधनको ब्यापक क्षती पुगेको जर्मनीमा स्विस र जर्मन कुकुरहरुले संयुक्तरुपमा काम गर्न थालेका छन् । शनिवार स्विजरल्याण्ड पठाइ एका कुकुरहरुले आज सोमवारदेखिनै जर्मनीको बाढीग्रस्त क्षेत्रमा जर्मन कुकुरहरुसँग मिलेर काम गर्न थालेका हुन् ।

बाढीमा हराएकाहरुको खोजिमा साथ दिन स्विस सरकारले बाढी पहिरो क्षेत्रमा खासगरि शबहरु खोजि गर्न विशेषज्ञता हाँसिल गरेका कुकुरहरु पठाएको छ । र ति स्विस कुकुरहरुले जर्मनीका विशेषज्ञ कुकुरसित मिलेर काम गर्ने किस्टोन न्युजले जनाएको छ ।

तस्विरमा देखिएका तिन वटा कुकुर मध्ये एउटाले यदि कुनै ब्यक्ति जिवित भएमा सुँघेर मानिसहरुलाई संकेत गर्नसक्ने क्षमता राख्छ । अन्य दुई जमिनमुनिका शब पत्ता लगाउन दक्ष छन् ।

शनिबार एउटा कुकुरको टोली अहर उपत्यकाको जर्मन शहर डर्नाउको लागी पठाइएको थियो । त्यहाँ बाढीले दुई हप्ता पहिले ठूलो विनाश गरेको थियो । अप्रत्याशित रुपमा आएको बाढीले धेरैको ज्यान गएको थियो ।

खोजी र उद्दारकालागि कुकुरहरुको स्विस संघ (रिडग) का तर्फबाट पठाइएका कुकुरहरुले जर्मन कुकुर टोलीसँग मिलेर काम गर्ने छन् । सामुहिक सहयोगमा हराएका व्यक्तिहरुको खोजी गरिने छ ।

“हामीले त्यहाँ शब खोज्न दक्ष कुकुरहरु पठाएर आफन्तहरुलाई सहयोग गर्नु महत्वपूर्ण छ” रिडग खोज टोलीका प्रमुख लिंडा होर्निसबर्गरले भनेकि छन् “यसको लक्ष्य भनेको पीडितहरुको शव फेला पार्नु हो ताकि उनीहरुका आफन्तहरुले आफ्ना प्रियजनहरुलाई बिदाई भन्न सकुन् ।”

रिडग रेडक्रसको उद्धार संगठन हो । यो दाताहरुको सहयोग र समर्थनबाट उठाइएको आफ्नै कोषबाट चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक