शनिबार, वैशाख ८, २०८१

चीनका दर्जनौं शहरमा फेरि कोरोना संक्रमण, वुहानका सबै नागरिकको कोरोना परिक्षण गरिँदै

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन १९ गते ११:४८

Image Credit-xinhuanet.com

चीनमा कोरोना भाईरसको संक्रमण फेरि दर्जनौं शहरमा पुगेको छ । संक्रमण फेरि देखा परेपछि चीनले यो भाईरसको उत्पत्तीस्थल मानिएको वुहानका सम्पूर्ण नागरिकको कोरोना परिक्षण गर्ने भएको छ ।

लगभग एक वर्षपछि कोरोना भाईरस पुन देखापरेपछि वुहानका सम्पूर्ण नागरिकको कोरोना परिक्षण गर्ने वुहानका अधिकारीहरुले आजै मंगलवार सार्वजनिक गरेका हुन् ।

मध्य चीनको शहर वुहानमा लामो समयपछि पहिलो पटक कोरोना भाईरस पोजेटिभ घटना देखियो । वुहान यस्तो शहर हो जहाँबाट कोरोना भाइरस उदय भएको मानिन्छ ।

वुहानका वरिष्ठ अधिकारी ली ताओले मंगलबार एक पत्रकार सम्मेलनमा भनेका छन् “यहाँका एक करोड १० लाख बासिन्दामा सबैको छिटोभन्दा छिटो न्यूक्लिक एसिड परीक्षण शुरू गरिँदै छ ।”

अधिकारीहरूले हिजो सोमबार यो शहरमा आप्रवासी कामदारहरुबिच सात स्थानीय रूपबाट प्रसारित संक्रमण पाइएको बताएका थिए । एक वर्ष लगभग यहाँ स्थानीय स्तरमा संक्रमण भएको पाइएको थिएन । कोरोना भाईरस देखापरेपछि सन् २०२० मा यहाँ सम्पूर्ण शहरलाई लकडाउनमा राखिएको थियो ।

चीनले सम्पूर्ण शहरका बासिन्दाहरुलाई उनीहरुको घरभित्र सीमित गरेको छ । घरेलु यातायात सन्जालहरु काटिएको छ । हालैका दिनहरुमा सामूहिक परीक्षण शुरू गरेको छ । किनकि पछिल्ला महिनामा चीनले फेरि सबैभन्दा ठूलो कोरोना भाइरस प्रकोपसँग लडिरहेको छ ।

चीनले आज मंगलबार कोरोनाबाट ६१ जना स्थानीय स्तरमा संक्रमण भएको सार्वजनिक गरेको छ । डेल्टा भेरियन्टको संक्रमण दर्जनौं शहरमा पुगेको उल्लेख गरिएको छ । डेल्टा भेरियन्ट नानजिंग एयरपोर्ट सरसफाई गर्ने कर्मचारीहरुबाट फैलिएर देशभरि पुगेको भनाई चिनिया अधिकारीहरुको छ ।

राजधानी बेइजिङ सहित प्रमुख शहरहरुमा हाल लाखौं बासिन्दाहरुको परीक्षण गरीरहेका छन् । आवासीय भवनहरुलाई घेराबन्दी गरेर क्वारेन्टाइनमा राखेका छन् ।

नानजिङ नजिकैको पूर्वी शहर याङ्झोउमा ब्यापक परिक्षण गर्दा पछिल्लो दिनमा ४० नयाँ ब्यक्तिमा कोरोना भाईरस संक्रमण भएको पाएपछि त्यहाँका नागरिकहरुलाई घरभित्रै बस्नुपर्ने आदेश दिईएको छ ।

याङझाउ शहरका करिब एक करोड ३० लाख बासिन्दा घरभित्रै सिमित छन् । दैनिक उपभोग्य सामानको जोहो र कुनै अत्यावस्यक कामकालागि एक घरबाट एक ब्यक्तिलाई मात्रै बाहिर निस्किन दिने स्थानिय सरकारले आजै मंगलवार घोषणा गरेको छ ।

मध्य चीनमा पर्ने हुनान प्रान्तस्थित झांगजियाजीको पर्यटन गन्तव्य र नजिकैको झुझाउ शहरले हालैका दिनहरुमा २० लाख भन्दा बढी मानिसहरुलाई संयुक्त आदेश जारी गरेपछि यो घोषणा भएको हो ।

यो प्रकोप गत महिना नानजिंगबाट हुनानसम्म फैलिएको थियो । नानजिंग एयरपोर्टमा झुण्डकै रुपमा फैलिएर संक्रमित मानिसहरु झांगजीयाजीको नाट्यशालामा भएको प्रदर्शनमा भाग लिएपछि यो अन्यत्र फैलिएको थियो ।

नाट्यशालामा कोको गएका थिए भनेर हजारौंको हाल अधिकारीहरुले खोजि गरिरहेका छन् । पर्यटकहरुलाई संक्रमण भेटिएका स्थलहरुमा यात्रा नगर्न आग्रह गरिरहेका छन् ।

यसैबिच बेइजिङले गर्मीको बिदाको मौसममा पर्यटकहरुलाई राजधानी प्रवेशमा रोक लगाएको छ । बासिन्दाहरुलाई आवश्यक नभएसम्म बाहिर ननिस्कन भनेको छ । शीर्ष अधिकारीहरुले सप्ताहन्तमा शहरको रक्षा गर्न ‘कुनै उपाय बाँकि नराख्ने’ भन्ने वाचा गरेका छन् ।

चीनले पहिले वुहानमा कोरोना भाइरस पहिलो पटक देखा परेपछि स्थानीय स्तरमा संक्रमण लगभग शून्यमा ल्याउन सफल भएकोमा गर्व गरेको थियो । त्यसपछि आफ्नो अर्थव्यवस्थालाई पुन: उकालो लगाउन सफल भएको थियो ।

तर पछिल्लो प्रकोपले चीनको त्यो सफलतालाई चुनौति दिइरहेको छ । किनभने जुलाई महिनाको मध्य देखि त्यहाँ चार सय भन्दा बढीमा कोरोना भाईरस पोजेटिभ भएका घटना फेला परिसकेका छन् । र त्यो घरेलुरुपमै देखा परेको छ ।

(फ्रंस २४ न्युज र एएफपीको साथमा)

तपाइँको प्रतिक्रिया

फेसबुक