बिहीबार, असोज ७, २०७८

तिब्बती हिमनदीमा १५ हजार वर्ष पुरानो भाइरस फेला पर्‍यो

नेपालप्लस संवाददाता२०७८ साउन १९ गते २०:५२

                 photo: tibet.org

वैज्ञानिकहरुले तिब्बती हिमनदीको १५ हजार वर्ष पुरानो बरफमा अज्ञात भाइरसहरु फसेको पत्ता लगाएका छन् ।

बैज्ञानिकहरुले तिब्बती पठारको हिमनदीबाट निकालेका भाईरसका नमुना निकालेको द्रिष्य कुनै फिल्मको उद्घाटन दृश्य जस्तै लाग्छ । वैज्ञानिकहरु एक प्राचीन हिमनदीको बरफलाई फुटाएर पहिले अज्ञात रहेको भाइरसलाई उजागर गरिरहेका छन् । तर ओहियो स्टेट युनिभर्सिटी (ओेसयु) का वैज्ञानिकहरुको एउटा टोलीले चीनको तिब्बती पठारबाट १५,००० वर्ष पुरानो पुरानो बरफको नमूना लिएर त्यसमा भाईरस रहेको पत्ता लगाएका छन् ।

यसै हप्ता माईक्रोबायोम पत्रिकामा गरिएको रिपोर्ट अनुसार उनीहरुले असामान्य र अज्ञात भाइरसको एक केन्द्रनै फेला पारेका छन् । यो अनुसन्धानले भाइरसको इतिहासलाई उजागर गर्नमा मद्दत गर्ने भनाई अनुसन्धानकर्मीहरुको छ । सबैभन्दा सजीलो तरिकाले पुरातन र पूर्ण तरिकाले संरक्षित रोगजनक (प्याथोजेन) हरुको उपयोग गरेर अनुसन्धान गरिन्छ जुन भाइरसको विकास र परिवर्तन बुझ्नकोलागि एक मुख्य भाग हो ।

“यी हिमनदीहरु बिस्तारै बनेका थिए । धुलो र ग्याँसहरुसँगै धेरै भाइरसहरु पनि त्यो बरफमा जम्मा भएका थिए” अध्ययनका प्रमुख लेखक तथा ओएसयूको बिर्ड पोलर एण्ड क्लाइमेट रिसर्च सेन्टर, अमेरिकाका एक अनुसन्धानकर्ता झी-पिङ झोङ्गले रिपोर्टमा भनेका छन् “पश्चिमी चीनमा हिमनदीहरु राम्रोसँग अध्ययन गरीएको छैन । हाम्रो लक्ष्य विगतको वातावरण प्रतिबिम्बित गर्नको लागि यो जानकारी उपयोग गर्नु हो । र भाइरसहरु ती वातावरणहरुको एक हिस्सा हुन् । ”

शोधकर्ताहरुले सन् १९९२ र सन् २०१५ मा तिब्बतको गुलिया आइस क्यापबाट लिइएको कोर (बरफको प्रारम्भिक अवस्था) ढिक्काहरुको विश्लेषण गरेका थिए । लेखकहरुका अनुसार कोरहरुमा बरफको तहहरु थिए । ति वर्षौं वर्ष देखि संचित भएर बसेका थिए । त्यसले उनीहरुलाई भाइरस र अन्य जीवाणुहरुको पुरातनताको भित्र के छ भनेर पक्का गर्नको लागी अनुमति दियो ।

याओ तनदोङ (बायाँ) र लेनिय थोमसन (दायाँ), सन् २०१५ मा तिब्बती पठारको गुलिया बरफको लप्का (गुलिय आइस क्याप) वा चाकालाई फोरेर अध्ययन प्रक्रियामा । यो बरफमा लगभग १५ हजार वर्ष पुरानो भाईरस फेला परेको छ । तस्विर स्रोत- लोनी थम्पसन, ओहियो स्टेट युनिभर्सिटी ।

कोरभित्रको ‘सफा’ बरफमा पहुँच गर्न सहज थिएन किनकि भित्रि भागमा पुग्न बाहिरि भाग हटाउने समयमा आधुनिक युगको जीवाणुहरुले दूषित पारेको हुनसक्थ्यो, बाहिरि भागलाई । झोंगको नेतृत्वको टोलीले स्टेरेलाईज्ड गरेर बाहिरि भाग हटाइदियो । फेरि ९५ प्रतिशत एथानोलयुक्त ब्याण्डेज जस्तो प्रयोग गरेर जमेको बरफको बाहिरि सतहको पाँच मिलिमिटर भाग हटाइदिए । त्यसपछि स्टेराईज्ड पानीले जमेको बरफका डललको माथिल्लो भागको बाँकि पाँच मिलिमिटर बहगग पखाले । यो तरिकाले सफा गर्दा वा बाहिरी भाग सफा गर्दा भित्री भागलाई असर पर्दैन र राम्रोसित भित्रि भागको नमुना अध्ययन गर्न पाइन्छ ।

बरफमा पसेका बेला जुन बेला भाईरसहरु जमे त्यो बेला बन्द भएर बसेका मध्ये चार थरीका मात्रै विशेषज्ञहरुले जान्न सके । कम्तीमा २८ नयाँ जेनेरा (जिवहरुको वर्गिकरण गर्दा छुट्याईने तह, स्पिसिस भन्दा माथि र फ्यामिली भन्दा मुन्तिरको तह) थियो । यसबाहेक, कम्तीमा आधा भाइरसहरु बाँचेकोपनि पत्ता लगाए । किनकि ति जमेका थिए । यसको मतलब उनीहरु चरम वातावरणमा राम्रोसँग अनुकूल थिए ।

“यी भाइरसहरुमा जीनहरुको हस्ताक्षर हुन्छ जसले उनीहरुलाई चिसो वातावरणमा कोषहरुलाई संक्रमित गर्न मद्दत गर्दछ -भाइरस कसरी चरम परिस्थितिमा बाँच्न सक्छ भन्ने कुराको लागि मात्र आनुवंशिक हस्ताक्षर हो” अध्ययनका सह-लेखक र ओएसयूमा माइक्रोबायोलोजीका प्राध्यापक म्याथ्यू सुलिवान भन्छन् “झोङले कोर बरफलाई निर्जीव बनाउन र जीवाणुहरुको अध्ययनको लागी विकसित गरेको नवीन तरीकाले वैज्ञानिकहरुलाई अटाकामा मरुभूमी वा मंगलग्रह जस्तै अन्य चरम वातावरणमा माइक्रोबियल जीवनको आनुवंशिक हस्ताक्षर खोज्न मद्दत गर्न सक्छ ।”

प्राचिन भाइरसहरुको नयाँ खोजले वैज्ञानिकहरुलाई भाइरल विकासको इतिहाससँगै टुक्रा टुक्रा गरेर भाईरसको विकासक्रम अध्ययन गर्न मद्दत गर्दछ जुन सामान्यतया उजागर गर्न गाह्रो भएको छ । किनकि भाइरसहरुले एक सार्वभौमिक जीन साझा गर्दैनन् । तिनको जिन फेरिइरहन्छ । तिनले आफ्ना स्वरुप बदलिरहन्छन् ।

अध्ययनका वरिष्ठ लेखक लोनी थम्पसन भन्छन् “हिमनदीहरुमा भाइरसको अध्ययन अपेक्षाकृत नयाँ हो । तर यो विज्ञानको यस्तो एक क्षेत्र हो जसलाई जलवायु तात्दै जाँदा अधिक ध्यानको आवश्यकता पर्दछ ।

“हामीलाई यी चरम वातावरणमा भाइरस र जीवाणुहरुको बारेमा धेरै कम जानकारि छ । वास्तवमा त्यहाँ भित्र त्यसको दस्तावेजीकरण र बुझाई अत्यन्तै महत्वपूर्ण छ: ब्याक्टेरिया र भाइरसले जलवायु परिवर्तनलाई कसरी प्रतिक्रिया दिन्छन् ? जब हामी एक बरफ युगबाट एक न्यानो अवधिमा जान्छौं के हुन्छ जस्तै हामी अहिलेको अवस्थामा छौं ।”

हिमनदीका बरफको नमूनाहरुलाई पुरा तरिकाले संरक्षित गर्ने क्षमता बरफका लप्का, ढक्कनजस्ता टुक्रा पग्लिन थालेपछि हिमनदी र बरफका रुपमा भाइरसको सम्भावित जोखिमको बारेमा चिन्ताजनक प्रश्नहरु उठेका छन् । विश्वव्यापी हिमनदीहरु मानवोत्पत्ती जलवायु परिवर्तन (अन्थ्रोपोजेनिक क्लाईमेन्ट चेन्ज) को दबावमा घट्दै, संकुचित हुँदै छन् । हिउँ पग्लने क्रम बढ्दै जाँदा नयाँ भाइरसहरु आफ्नो वरिपरि देखा पर्न शुरू हुनेछ ।

पहिले नै, त्यहाँ रोगजन्य (प्याथोजेन) हरु पृथ्वीमुनि बरफ जमेर रहेको स्थल (पेर्माफ़्रस्ट) बाट रिहा भएपछि विनाश पैदा गर्ने घटनाहरु भएको छ । उदाहरणको लागी- सन् २०१६ मा एन्थ्रेक्सको संपर्कमा पुगेपछि एक साइबेरियाली केटाको मृत्यु भएको थियो । एन्थ्रेक्स सरेको त्यो मृगको लाश ७५ वर्षसम्म पेर्माफ़्रस्टमा राखिएको थियो ।

संवन्धित समाचार

संसारका लगभग सबै हिमनदीहरूको पग्लिने क्रम द्रुत गतिमा

ईटालीमा हिमनदी खस्ने खतरा, दर्जनौंलाई अन्यत्र सारियो

तपाइँको प्रतिक्रिया

फेसबुक