बिहीबार, वैशाख १३, २०८१

अफगानी सेनाले तालिबान लखेट्दा स्थानिय बासिन्दा गाउँ छोडेर भाग्दै

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २० गते १६:२५

हेरात क्षेत्र, तालिबानका सदस्यहरु मुल्लाहको गढ भित्र मुल्ला नियाजी समूहको नियन्त्रणमा रहेको क्षेत्र । Image Credit- themuslimtimes.info

अफगानिस्तानको सेनाले दक्षिणी भागको एक प्रमुख शहरमा तालिबान विरुद्ध जवाफी हमला गर्दा विद्रोहीहरुले प्रमुख शहरी केन्द्रहरु कब्जा गर्न आफ्नो आक्रामकता बढाएपछि स्थानिय बासिन्दाहरु बुधवार आफ्नो घर छोडेर भागेका छन् ।

बिदेशी सेनाहरुले अफगानिस्तान छोडेर हिँडेपछिका पछिला दिनहरुमा देशको पश्चिम र दक्षिणमा अफगान सेना र तालिवानबिच तीव्र लडाइँ भएको छ । राजधानी काबुलमा एक बम हमला र बन्दुक आक्रमणमा मंगलबार आठ व्यक्तिको मृत्यु भएको थियो । आजै विहान अर्को सानो विस्फोट भएको थियो ।

दुई लाख जनसंख्या रहेको शहर लश्कर गाहको लडाईमा दर्जनौं नागरिक मारिएको फ्रंस २४ न्युजले आज बुधवार उल्लेख गरेको छ । तालिबान बिद्रोहीकालागि यो घटना सबैभन्दा ठूलो शहरी पुरस्कार हुनसक्ने अनुमान गरिएको छ । मे महिना देखिनै तालिबान बिद्रोहीहरुले राष्ट्रव्यापी आक्रमण शुरु गरेका हुन् ।

स्थानिय बासिन्दा सालेह मोहम्मदले सेनाले मानिसहरुलाई लडाई भएको क्षेत्र छोड्न आग्रह गरेपछि सयौं परिवारहरु मंगलवार भागेका थिए । स्थानियहरु भाग्ने क्रममा धेरै दोहोरो हानाहान र भिडन्तमा फसेका थिए ।

“त्यहाँबाट भाग्ने कुनै बाटो छैन किनकि लडाई चलिरहेको छ । त्यहाँबाट भाग्दा मारिंदैनौं, बाचिन्छ भन्ने कुनै ग्यारेन्टी छैन” मोहम्मदले भने “सरकार र तालिबानले हामीलाई नष्ट गरिरहेका छन् ।”

तालिबान विद्रोहीहरूले अमेरिकी र अन्य बैदेशिक सेनाको फिर्ताबाट बचेको सुरक्षा शून्यताको फाइदा उठाउँदै ग्रामीण इलाका र प्रमुख सीमावर्ती शहरहरूलाई नियन्त्रणमा लिएका छन् ।

तालिबानले अब इरानसँगको पश्चिमी सीमा नजिकै हेरातको चारैतिर आक्रमण केन्द्रित गरेको छ । अफगानिस्तानको दक्षिणमा लश्कर गाह र कान्दाहारको वरिपरि एक हप्तासम्म भीषण लडाइँ गरेर तालिबानले शहरहरुलाई निशाना बनाएको छ ।

लश्कर गाहमा बुधबार राती तालिबान र अफगान सेनाहरुबिच भारी झडप भएको थियो । अफगान सेनाले पनि जवाफी हमलाको लागी तयार रहेको भन्दै स्थानियहरुलाई शहर खाली गर्न भनेको थियो ।

“सेनाको आदेशपछि आर्थिक रुपमा सक्षम र आफ्नो गाडी हुनेहरुले आफ्नो घर छोडेर भागेका छन् । जो परिवार धान्न सक्दैनन् उनीहरु हामी जस्तै आफ्नै घरमा बस्न बाध्य छन्,” स्थानिय निवासी हलीम करीमीले एएफपीलाई भने “हामीलाई थाहा छैन कहाँ जाने वा कसरी छोड्ने । हामी मर्नको लागी जन्मेका हौं, मर्छौं ।”

दक्षिणी हेलमान्ड प्रान्तको राजधानी लश्कर गाह गुमाउनु सरकारका लागि ठूलो रणनीतिक र मनोवैज्ञानिक धक्का हुनेछ ।

तालिबानहरुले शहरका केहि रेडियो र टिभी स्टेशनहरु नियन्त्रणमा लिएर तिनलाई मानिसहरुका घरमा सारिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले विगत २४ घण्टामा कम्तीमा ४० जना नागरिक लश्कर गाहमा मारिएको मंगलबार सार्वजनिक गरेको छ ।

काबुल आक्रमण

प्रहरीका अनुसार काबुलमा आज बुधवार बिहानै भएको विस्फोटमा तीन जना घाइते भएका छन् ।

यो मंगलबार बेलुका घातक बम र बन्दुकको आक्रमणपछि रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदी र केही सांसदहरुलाई लक्षित गरीएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता मीरवैस स्टेनिकजाईका अनुसार मन्त्री सुरक्षित थिए । र उनले अफगान सेना आक्रमणलाई रोक्न सफल भएको भनेपनि कम्तीमा आठ जना मारिएका थिए ।

एएफपी संवाददाताहरुका अनुसार शहरको बिचमा पहिलो बम विष्फोट भएको थियो । त्यसबाट उत्पन्न बाक्लो धुवाँले आकाश ढाकेको थियो।

मोहम्मदीले पछि आफ्नो घरलाई लक्षित गरेर हानिएको एक आत्मघाती कार बम हमला भएको बताए ।

त्यो कार बम विष्फोट भएको दुई घन्टाभन्दा अलि कम समयपछि त्यहाँ अर्को ठूलो विस्फोट भयो । त्यसपछि सानो विस्फोट भयो । त्यसको केहिबेरमै छिटो छिटो बन्दुक हानियो । त्यो उच्च सुरक्षा ग्रीन जोन नजिकै पर्छ जहाँ अमेरिकी मिशन सहित धेरै दूतावासहरु छन् ।

एक सुरक्षा स्रोतले बताए अनुसार तालिबानहरुले धेरै बम विष्फोटकहरू प्रयोग गरेर पहिले कार बम राखे, एक सांसदको घरमा ब्यापक बमबारी गरे । त्यसपछि त्यहाँबाट रक्षा मन्त्रीको घरमा गोली हाने ।

स्रोतले एएफपीलाई भनेको छ “देशको उत्तरी क्षेत्रमा तालिबानको आक्रमणको सामना गर्ने योजना बनाउन धेरै सांसदहरु यस सांसदको घरमा भेला भएका थिए ।”

तालिवान बिद्रोहीहरुले आजै बुधवार आक्रमणको जिम्मेवारी लिँदै अफगान सरकारका अधिकारीहरु विरुद्ध थप हिंसाको चेतावनी दिएका छन् ।

तालिबानको विस्फोटबाट क्षतिग्रस्त भवन र कारहरुको अफगानी सेनाले निरीक्षण गर्दा बुधवार आक्रमण स्थल घेराबन्दी गरेको थियो ।

त्यो क्षेत्रको घरहरु पुरै ढुंगा, बालुवा, माटो छरिएर भवन भग्नावशेष भएको जस्तो देखिएको थियो । रगतका टाटाहरु भुइँमा देखिएका थिए । त्यसलाई अफगानी सेनाले ढाकेर घेराबन्दि गरेको थियो ।

(नेपालप्लस, फ्रंस २४ र एएफपी)

तपाइँको प्रतिक्रिया