शनिबार, वैशाख ८, २०८१

जंगली हरिणमा कोरोना भाईरससित लड्ने तत्व फेला पर्‍यो

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २१ गते १४:०७

Image Credit-wikipedia.com

जंगली हरिणहरुमा कोरोना भाईरस बिरुद्दको रोग प्रतिकारक तत्व फेला परेको छ ।

अमेरिकाको मिशिगन, इलिनोइस, न्यु योर्क र पेन्सिलभेनिया राज्यमा व्हाईट टेल्ड भनिने डियर नामको जंगली मृगमा शरिरमा भएको कोरोना भाईरसलाई प्रतिकार गर्ने वा नाश गर्ने तत्व (कोरोना भाइरस एन्टिबडी) भेटिएको हो ।

नेशनल ज्योग्राफिकको रिपोर्टका अनुसार अमेरिकी कृषि विभागका अनुसन्धानकर्ताहरुले जनवरी र मार्चको बीचमा ३८५ मृगहरुको परिक्षण गरेका थिए । परिक्षण गर्दा ४० प्रतिशतमा एन्टिबडीहरु पत्ता लगाए । टोलीले उक्त रिपोर्ट पछिल्लो महिना बायोरक्सिभमा पुन पोष्ट गरेको छ ।

यस अघि मिन्क (न्याउरिमुसोको एक प्रजाति) मापनि कोरोना भाईरस फेला परेको थियो । जंगली जनावरमा कोरोना भाइरस फेला परेको मृग अब दोस्रो प्रजाति भएको छ ।

कुकुर र बिरालाहरु घरेलु वातावरणमा मानव जातिसित हेलमेल हुने भएकाले कोरोना भाईरस पाइने गरेको छ । त्यसबाहेक मानव जातिसितै निकट रहेर, हेलमेलमा बस्ने जिडियाखानाका अन्य जिवमापनि कोरोना भाइरस संक्रमण भएको अभिलेख गरिएको छ ।

यद्यपि मानिसहरुले जनावरहरुबाट कोरोना भाईरस आफूमा सार्छन् भन्ने खास प्रमाण भने छैन । तैपनि यसलाई जोखिममा राख्ने गरिन्छ ।

यी खोजहरुले हरिण र अन्य वन्यजीवहरुलाई भाइरस संग्रह गर्ने वा भण्डारण गर्ने स्रोतको रुपमा कार्य गर्न सक्छन् भनेर बुझ्नुपर्ने बैज्ञानिकहरुको भनाई छ । किनकि मानवमा नियन्त्रण भएतापनि तिनमा भएको भाईरस सम्भावित रूपमा प्रसारित र विकसित भैरहेको हुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक