बिहीबार, असोज ७, २०७८

नातिनातिना खेलाएर जिउने जिराफहरुको जिवन

ददि सापकोटा२०७८ साउन २७ गते १६:०४

मानव समुदायमा हजुर आमाहरुलाई दिन कटाउने सजिलो उपाय, अवशर नातिनातिना खेलाएर हाँसिखुशि बस्ने । नातिनातिनासितै खेलेर रमाउने । आफ्ना जिवनका अनेक भोगाई सुनाउने । कथा हाल्ने र तिनलाई मायाँ बाँड्ने । तिनको माया लिने । यो त सामान्यनै भयो । जिराफहका हजुरआमाहरुलेपनि आफ्नो बुढ्यौली नातीनातिना खेलाएरै बिताउने रहेछन् । केटाकेटी पाउन छोडेपछि रहेको जिवनको बाँकि समय नातिनातिना खेलाएर बिताउने गज्जबको तथ्य पछिल्लो समयमा बैज्ञानिकहरुको अनुसन्धानले पत्ता लगाएको छ ।

जिराफहरु मानिस जस्तै सामाजिक रुपमा जटिल प्राणी हुन् । र हजुर आमाहरुले नातिनातिनाको रेखदेख गर्न रुचाउँछन् ।

जिराफहरु पहिले सोचेको भन्दा धेरै सामाजिक रूपबाट जटिल स्वभावका भएको ब्रिस्टल विश्वविद्यालय, यूकेबाट गरिएको एक नयाँ अध्ययन अनुसार पत्ता लागेको हो । पहिलेको हाम्रो समाजमा हजुरमाहरुको जस्तै पोथी जिराफको बुढ्यौती जिवन आफ्ना नातिनातिनामा भर पर्छ ।

ऐतिहासिक रूपमा जिराफमा सामाजिक संरचनाको अभाव, एकापसमा अन्तरक्रिया एकदमै कम हुन्छ भन्ने विश्वास गरिएको थियो मार्नल रिभ्यु पत्रिकामा प्रकाशित एक नयाँ खोज अनुसार ब्रिस्टल स्कूल अफ बायोलोजिकल साइन्सेज विश्वविद्यालयबाट जो मुलरले जिराफको व्यवहार, आनिबानी, पारिवारिक संरचना, अन्तर्क्रिया र सामाजिक संगठन बुझ्न ४०० भन्दा बढी अध्ययनको समीक्षा गरे ।

त्यहि संश्लेषणको माध्यमबाट मुलर र यस अध्ययनका ब्रिस्टल युनिभर्सिटीकै सह लेखक स्टीफन ह्यारिसको अध्ययनले जिराफ एक जटिल, सहकारी सामाजिक प्रणाली अपनाउने जिव हो भनेर पत्ता लाग्यो । यो प्रणालीले मातृत्वभाव, मातृ संरचना रहने संगठनको प्रमुख विशेषताहरु देखाउँछ । किनभने यसले हजुरआमाहरुको महत्व दर्शाउँछ ।

हजुरआमा वात्सल्य परिकल्पना एक विकासवादी सिद्धान्त हो जसले मानव महिलाहरुको लामो र निवृत्ति पश्चातको जीवन छ भन्ने सुझाव दिन्छ । किनकि हजुरआमाले आफ्ना नातिनातिनाहरुलाई अतिरिक्त हेरचाह र शिक्षा प्रदान गर्दा त्यो समूह (नातिनातिना) को समग्र लचीलापन र अस्तित्वमा सुधार हुन्छ । यसको विपरित कम सामाजिक जटिल आनीबानी, क्रियाकलाप, वात्सल्य भएका स्तनपायीहरुको प्रायः उनीहरुको प्रजनन कार्यहरु सुस्ताउँदै, रोकिँदै जाँदा बिस्तारै मर्ने नियत हुन्छ ।

यो परिकल्पना सिद्धान्त गरिएको र केहि हदसम्म प्रदर्शन गरिएदेखिनै जटिल स्तनधारी आनीबानी, सामाजिक क्रियाकलाप, भएका जिव किलर व्हेल र हात्ती सहितका जिवमा हजुरआमाको उपस्थिति शिशुको अस्तित्वलाई विस्तार गर्नको लागि देखाइएको हुन्छ ।

यो परिकल्पना सिद्धान्त गरिएको र केहि हदसम्म प्रदर्शन गरीएदेखिनै जटिल स्तनधारी आनीबानी, सामाजिक क्रियाकलाप, भएका जिव किलर व्हेल र हात्ती सहितका जिवमा हजुरआमाको उपस्थिति शिशुको अस्तित्वलाई विस्तार गर्नको लागि देखाइएको हुन्छ।

मुलर र ह्यारिसको अध्ययनले के देखाउँछ भने पोथी जिराफहरु आफ्नो जीवनको ३० वर्षे काल प्रजनन पश्चात बिताउँछन् । त्यो ‘हजुरआमा’ ले उनीहरुको सन्तानको हेरचाह गर्न, खेल्न र रमाउन महत्वपूर्ण लाभ प्रदान गर्दछ । सारमा भन्नुपर्दा पोथी जिराफले एक हजुरआमाका रुपमा बच्चा हुर्काउने, रेखदेख गर्ने, माउको सह देखदेखकर्ताकारुपमा प्रमुख विशेषताहरु देखाउँछन् ।

अध्ययनले पहिलो पटक यस्तो जटिल सामाजिक संगठन भएका तर कम बुझिएको जीवहरुको बारेमा उजागर गरेको छ ।

“यसले मलाई अचम्म लाग्यो । किनभने यति विशाल, प्रतिष्ठित र करिश्मा भएका अफ्रिकी प्रजातिहरुबारे यति लामो समयसम्म अध्ययन कम गरीएको रहेछ” मुलर भन्छन् “यो अध्ययनले जिराफहरु वास्तवमा एक जटिल सामाजिक प्रजातिहरु हुन् भन्ने सुझावदिनको लागी सबै प्रमाणहरुको संयोजन गर्दछ । जटिल र उच्च-कार्यशील सामाजिक प्रणालीहरु भएका संभवतः हात्ती, सेनासियन (व्हेल, सोंस लगायतका जल स्तनधारी) र चिम्पान्जीसँग तुलना गर्नको लागी।”

हजुरआमा परिकल्पनाको पर, अध्ययनले समाजमा जिराफको जीवनका अन्य प्रमुख विशेषताहरुलाई देखाएको छ । तिनको जिवन एक जटिल हुन्छ भन्ने संकेत गरेको छ । जिराफको समुदाय महिला संचालित सामाजिक संरचनामा चल्छ भन्ने देखाएको छ । उदाहरणको लागी, सन्तानहरु धेरै नजन्मिएपनि धेरै समय आफ्नो जन्मसमूहमा रहे । गैर आमाहरुले आमाहरुलाई आफ्नो जवानको लालनपालन, हेरचाह र पुरुषहरुलाई तितरबितर पार्न, लखेट्न मद्दत गर्छन् । पोथीहरु स्थिर, सहकारी समूहहरुमा आफ्नो जीवन बिताउँछन् ।

मुलरले यो नौलो अध्ययनले अनुसन्धानको नयाँ क्षेत्रलाई खोलिदिने छ । यसले कमजोर जिवजन्तु, संरक्षणको चुनौति भोगेका जिवको संरक्षणलाई सघाउ पुर्‍याउने छ । यि जिवले सन् १९८५ देखि हालसम्ममा आफ्नो संख्याको ४० प्रतिशत गुमाईसकेका छन् ।

“यदि हामीलाई प्रजातिहरुको व्यवहार, पारिस्थितिकीय अवस्था, आनिबानीको सही ज्ञान छ भने संरक्षण उपायहरु अधिक सफल हुन्छन्” मुलर भन्छन् । यसबाहेक, “यदि हामीले जिराफहरुलाई एक अत्यधिक सामाजिक जटिल प्रजातिको रूपमा हेर्ने हो भने यसले उनीहरुको स्थितिलाई एक अधिक जटिल र बुद्धिमान स्तनपायी हुन दिईरहन्छ । त्यसैले यो जिव सुरक्षाका उपायहरु बढाउनयोग्य छ।

“मलाई आशा छ कि यस अध्ययनले बालुवामा एउटा रेखा कोर्दछ जुन बिन्दु अगाडि जिराफ बुद्धिमान, समूहमा जिउने स्तनपायीको रूपमा मानिन्छ । यसमा अत्यधिक सफल र जटिल समाजहरुको विकास भएको छ जसले कठिन अवस्थामा जिउन मद्दत गर्छ । शिकारीले भरीएको वासस्थान, पारिस्थितिकीय प्रणालीमा बाँच्नको लागि सुविधा दिएको छ। ”

तपाइँको प्रतिक्रिया

फेसबुक