बिहीबार, चैत १५, २०८०

मिश्रको युटर्न अप्रत्याशित कि स्वभाविक ?

जितेन्द्रदेव ढकाल२०७८ साउन २२ गते ११:५६

रबिन्द्र मिश्र । फोटो स्रोत- द काठमाण्डु पोष्ट

पूर्व साझा पार्टीका रचनाकार रविन्द्र मिश्रको नेपाली राजनितिमा युटर्न भयो भन्दै अहिले निकै रोइलो छ, सामाजिक सन्जाल र केहि मेडियामा । हिन्दु राज्य पुनर्स्थापना र नेपालमा राजसंस्थाको महत्व दर्शाउने उनको अभिब्यक्तिपछि राजनितिमा थोरै भएपनि उनको युटर्नबारे चर्चापरिचर्चा छ । नेपाली राजनितिको तल्लो धरातलमा भने उनको युटर्नले खासै अर्थ राख्दैन । तर सामाजिक सन्जालमा भने ठूलै अर्थ राख्छ । किनभने उनी नेपाली राजनितिको यथार्थिय धरातलका कुशल खेलाडी, बिचारक, सिद्दान्तकार होइनन् । सामाजिक सन्जालमा रंगिएका बहुरंगी पात्र हुन् । त्यसैले ब्यक्ति जहाँ रंगिएको हुन्छ त्यहि चर्चा पाउनु स्वभाविक हो । तर यसरि युटर्न किन भए होला उनको ? यसलाई उनको राजनितिक, सामाजिक धरातल हेरे छर्लङ्ग हुन्छ । त्यसपछि उनको युटर्न स्वभाबिक लाग्छ ।

रबिन्द्र मिश्र खासमा एक रेडियो पत्रकार हुन्, बिबीसी नेपाली सेवाका । बिबीसी यस्तो सन्चार संस्था हो जसको आकर्षण, बिश्वास, निस्पक्षताको उचाई माथिनै छ । त्यसैले सम्मानित कुनै संस्थामा लामो कार्यकाल सम्हालेको ब्यक्तिको चर्चापनि उचाईमा पुग्नु स्वभाविकै हो । त्यहि बिबीएसीको प्रभाव र क्रेजको फेरो समातेर उनले ‘हेल्प नेपाल’ गठन गरे । मेडियाको प्रभाव, हरेक ब्यक्ति र वर्ग, समुह र समुदायमा पुग्न सक्ने मेडियाको पहुँच । त्यो पहुँचमापनि बिश्व चर्चित मेडियाको नेपाली भाषाको प्रमुख । उनको चर्चा उचालिनु समान्यनै भयो ।

त्यहि चर्चित मेडियाको प्रभाव र पहुँचलाई नगदी गरेर उनले ‘हेल्प नेपाल’ गठन गरे । सामाजिक संस्थामार्फत समाजसेवाका नाममा समाजमा छिर्न, पहुँच बढाउन सजिलो हुन्छ भन्ने बुझ्न यत्तिको ब्यक्तिलाई कुनै मुस्किल भएन । उनले हेल्प नेपालबाट आफ्नो केहि सन्जाल बढाए । आफ्नो प्रसिद्दीपनि फैलाए । समाज सेवाका नामबाट तत्कालै परिवर्तन चाहने केहि युवायुवतीको मनपनि जिते । त्यो संस्थाले केहि राम्रा कामपनि गर्‍यो । बिबीसी नेपाली सेवा चलाउँदा समाजका हरेक राजनितिज्ञ, समाजसेवी, बिचारक, विश्लेषणकर्ता, लेखक, पत्रकार, कलाकर्मी हरेक क्षेत्रमा उनको सम्पर्क बढ्यो। आफूलाई एक खरो पत्रकारका रुपमा स्थापितपनि गरे ।

तर उनका समर्थक, अन्धभक्तलाई के लाग्यो भने ‘नेपालका हरेक बिथिति, भ्रस्टाचार, अनियमितता, राजनितिक कमजोरीमा संलग्न प्रशासक, नेताहरुलाई कसिकसाउ प्रश्न गरेर झ्यांँको झार्न सक्ने यस्ता ब्यक्ति आफैं राजनितिमा लागे ति कमजोरीहरु सुधार्ने छन् । उता सामाजिक कामपनि गरिरहेको देखेपछि त झन मानिसहरुलाई लाग्यो ‘एकातिर नेपालको राजनितिका कमजोरीहरुलाई उजागर गर्ने अर्को तिर समाजसेवापनि गर्ने । यस्तो ब्यक्तिले राजनितिक दुर्घन्ध सफा गर्ने छ र समाज निर्माणमा हेल्प नेपालको जस्तै हरेक क्षेत्रमा समाजसेवा, देश निर्माणको नमूना बनाउने छ ।’

तर सामाजिक सन्जालमा चर्चा र प्रचार, प्रशंसा र हाईहाई देखेकाहरुले के बुझ्न सकेनन् भने एक कुशल पत्रकार हुनु र देश हाँक्नु दुई फरक विषय हुन् । एउटा सामाजिक संस्थाका नाममा प्रवाशका दुखि नेपालीसित एक एक डलर उठाएर केहि स्कूल बनाउनु, धारो गाड्नु र समग्र देशको स्थिति बदल्नु, देश निर्माण गर्नु समान होइन ।

उनले सायद नेपाली मेडिया, अन्तर्राष्ट्रिय सन्चार माध्यम त बुझेका हुँदाहुन् । समाज सेवा गर्ने अक्किलपनि लिएका हुँदाहुन् । तर उनमा खास राजनितिक ज्ञान, द्रिष्टिकोण र जनाधारपनि थिएन । अहिलेपनि छैन । राजनिति गर्न राजनितिक ज्ञान, बैचारिक स्पष्ठता, हरेक विषयलाई राजनितिक कुशलताको ज्ञानले मूल्यांकन गर्न सक्ने राजनितिक सोच, द्रिष्टिकोण चाहिन्छ । नयाँ राजनितिक बिचारलाईस् समाजमा स्थापित गर्न जनस्तरमा बलियो प्रभाव चाहिन्छ । त्यो उनीसित थिएन भन्ने कुरा उनी बिबिसी नेपाली सेवामा रहँदा ‘मनुज चौधरी’ को छद्म नाममा नेपाल साप्ताहिकमा उनले दिने गरेका बिचारहरुलेनै छर्लङ्ग पार्छन् ।

देशमा राजाको सक्रिय शासनका बेला उनी मनुज चौधरीका नाममा राजाको सक्रियताका पक्षमा कलम चलाईरहेका थिए । त्यो धारावाहिक थियो । उनी नेपाली सेनालाई सक्रिय पार्नुपर्ने आशयमा सेना प्रमुख रुक्मागत कटुवालका पक्षमा लेखिरहन्थे । ‘मनुज चौधरी’ को नाममा प्रकाशित सक्रिय राजतन्त्र र सैन्य समर्थनमा लेखिएका लेख देखेपढेर त त्यो मनुज चौधरी ‘रुक्मांगत कतुवाल’ हो भन्ने अड्कलपनि काट्ने गरिन्थ्यो । त्यसैले उनको राजनितिक सोच, बैचारिक क्षमता र अतर्द्रिष्टी प्रजातन्त्र वा लोकतन्त्र, गणतन्त्र भनौं कुनैपनि पक्षमा थिएन । अहिले हिन्दूधर्म र राजतन्त्रका पक्षमा देखिएको उनको अभिब्यक्ति उनको भित्रि ह्रिदयमा गढेर बसेको प्रस्फुटन मात्रै हो ।

माथिनै भनियो, उनको न नेपालमा ब्यक्तिगत जनमत थियो । उन उनको पार्टीकै जनमत जनाधार बलियो । कुनै ब्यक्ति कुनै खास काम, लगाव र एक क्षेत्रको लोकप्रियताले राजनितिक जनमत बलियो बन्छ भन्ने हुँदैन । बिबीसीको लोकप्रियतामा अडेको पत्रकाररुपी लोकप्रियताले राजनितिक द्रिष्टिकोण, राजनितिक लगानी, राजनितिक धरातल निर्माण गर्न सक्दैन । जब कुनै पार्टी, ब्यक्तिको राजनितिक धरातल, जनाधार बलियो हुन्न उसले हावा जसरि बहन्छ त्यहि अवशर खोजेर स्वार्थ सिद्द गर्न खोज्छ । राजनितिक हावा गन्जागोल भैरहेका बेला रबिन्द्र मिश्रले त्यो दुषित राजनितिक वातावरणमा माछो मार्न खोजे । देशमा राजतन्त्र फालिएपछिको राजनितिक अवस्थामा उनले त्यहि जनभावनालाई नगदी गर्न खोजेका हुन् ।

खासमा उनी राजतन्त्र मिल्काउनुपर्नेमा आफैं कन्भिन्स भैसकेकै थिएनन् । जब गणतन्त्रका कमजोरीहरु, नेताका असक्षमताहरु, पार्टीका दुर्बल पक्षहरु सतहमा देखा पर्न थाले तब उनले यहि दुर्बलताको अवशरमा हिन्दू राष्ट्र र राजतन्त्रको अपरिहार्यताको आफ्नो खास बुझाई र बिश्वाश सतहमा ल्याएका हुन् । जब हिन्दू धर्म र राजतन्त्रका केहि आवाज बाहिर निस्किएको देखे ‘अब यहि मौकामा मैलेपनि यो नारालाई सतहमा फ्याँकेर चर्काउनुपर्छ, अवशर यहि हो’ भन्ने उनले बुझेका हुन् । जनधार बलियो नहुनेहरुले गर्नेनै यहि हो ।

खासमा जसको राजनितिक धरातल हुन्न । जसको राजनितिमा लगानीपनि हुन्न । जसले राजनितिक, बैचारिक लामो लगानी पनि हुन्न उसले के गर्छ ? लोकप्रिय (पपुलिस्ट) राजनीति गर्छ । अर्थात् राजनितिक धरातलमा जस्तो नारा बिकेको, लोकप्रिय भैरहेको हुन्छ उसले त्यसैलाई नगदी गर्छ । आफ्नै नारा, आफ्नै राजनितिक बिचार, देश निर्माण गर्ने आफ्नै निति, आम जनताको राजनितिक माग र सोचाई बुझ्न त उसले समाजका हरेक क्षेत्र बुझ्नुपर्छ । लामो लगानी चाहिन्छ । जनतासित उठबस हुनुपर्छ । कार्यकर्ताको लामो पंक्ति चाहिन्छ जसले समाजमा पार्टीका बिचारहरु स्थाप्त गर्छन् । त्यस्तो केहि थिएन र छैन रबिन्द्र मिश्रको । यस्ता जनाधार नहुनेहरुले सतहमा जुन नारा, धार बिकाउ देखिन्छ, जुन नारा उराल्दा बढि भोट आ उला जस्तो लाग्छ त्यसैको फेरो समाउने हो ।

यसलाइ छार्लङ्गसित बुझ्न अघिल्लो निर्वाचनमा उनले दिएको नारा हेरे हुन्छ । अघिल्लो चुनावसम्म उनले समृद्धिको नारा दिएका थिए ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? सम्रिद्दी हाम्रै पालामा ‘। धर्म र राजतन्त्रको पक्षबिपक्षमा जनमत संग्रह गर्ने विषय कतै उठाएनन् त्यो बेला । किनकि त्योबेला हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा बोल्नेहरुको स्वर दबिएको थियो । त्यस्तो माग गर्नेहरुलाई बरु लखेट्ने गरिएको थियो । अहिले बिस्तारै हिन्दू धर्म र राजतन्त्रका स्वरहरु अलि चर्किएको देखिनासाथ उनले त्यसैका पक्षमा चर्को नारा दिए ।

अब उनको चर्को बिरोधसँगै उनले बिपीपनि त राजनितिक रुपमा राजतन्त्रका पक्षधर थिएनन् । तर किन ‘राजासित मेरो घाँटी जोडिएको छ भने’ भन्दै बचाउ गर्ने र बिपीको लोकप्रियतालाई प्रयोग गरेर बच्ने प्रयास गरिरहेका छन् । राजनितिक जनाधार नहुनेहरुले जुन परिस्थितिमा जस्तो हावा बहन्छ उतै पात हल्लाउने, समाजमा जुन ब्यक्तिको नाम लिएर बच्न सकिन्छ उसैको उदाहरण दिने गर्छन् । वास्तबमा रबिन्द्र मिश्रको यसमा कुनै गल्ति छैन । उनी जे हुन् त्यहि रुपमा प्रस्तुत भएका हुन् । बुझाई एउटा जनाधारबिहिन, राजनितिक बैचारिक ज्ञानबिहिन, देशनिर्माणको स्पष्ठ खाकाबिहिन, राजनितिक लगानी र जनाधार नभएको एक संचारकर्मीले देश हाँक्छ भनेर बुझ्ने र उसको पछि लाग्ने सामाजिक सन्जालका बुझ्रुकहरुको हो ।

जनतामा किनपनि भ्रम रहन जरुरि छैन उनको बारेमा भने उनको राजनितिक लाईनलाई उनैको पार्टीका चार केन्द्रिय नेताहरुले चुनौति दिइसकेका छन् । हिन्दू धर्मको वकालत (चाहे जनमत संग्रहनै किन नहोस्) र राजतन्त्रको स्थापना उनको पस्चगामी सोच हो भनिसकेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक