बिहीबार, वैशाख १३, २०८१

एनआरएनए युके निर्वाचन : एक पक्षलाई जिताउन परिणाम सार्वजनिक नगरेको आरोप, कानुनी बाटो रोज्ने धम्की

नेपालप्लस संवाददाता / बेलायत२०७८ साउन २२ गते १५:३८

एनआरएन बेलायतको गत सोमवार र मंगलवार भएको निर्वाचनको ३ दिन बितिसक्दा पनि परिणाम सार्वजनिक नगरिए पछी महेन्द्र कँडेल संयोजक रहेको निर्वाचन समिती प्रती गम्भिर आशंका उब्जिएको छ । महेन्द्र कँडेलले कुनै एउटा पक्षलाई जिताउन परिणाम सार्वजनिक नगरेको आरोप समावेसी पक्षका उम्मेद्वारहरुले लगाएका छन् ।

उनिहरुले शुक्रवार पत्रकार सम्मेलन गर्दै अनलाइन भोटिङ प्रदायक कम्पनि भेण्डर च्वाइसले पठाएको परिणाम जस्ताका त्यस्तै सार्वजनिक नगरे आफूहरु कानुनी उपचारको बाटोमा जाने बताएका छन् । समावेशी समुह तर्फका उपाध्यक्षका उम्मेद्वार नारायण कँडेलले भने- यदि भोटिङ प्रदायक कम्पनिको परिणामलाई तुरुन्त सार्वजनिक गरिएन भने हामी ‘राइट टु नो’ अन्तर्गत कानुनी उपचारमा जान्छौं ।’

उता निर्वाचन समितिले भने २ हजार १ सय मतहरु फर्जी ईमेलबाट आएका हुनाले ति मतहरु रद्द गरेर मात्र परिणाम सार्वजनिक गरिने जनाएको छ । तर समावेशी समुहले भने कुनैपनि ईमेल फर्जी हुन नसक्ने दावी गरेको छ । बेलायतको अधिवेशनका लागि अनलाइन भोटिङमा सहभागी हुने हरेक सदस्यहरुका ईमेल आइडीहरु पहिलो भेरीफिकेशन एनआरएनको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टमले (एमआइएस) ले गरेको थियो । त्यसपछी एनआरएन बेलायतले आफ्नै समिती बनाएर ति ईमेलहरु पुन: जाँच गरेको हो । निर्वाचन समितीले पनि सबै ईमेलहरुलाई फेरी जाँचेको थियो र केही ईमेल आइडीहरुको बैधानिकता नदेखिएकाले हटाएको थियो । अन्तिमा पटक अनलाइन भोटिङ प्रदायक कम्पनिले ति सबै ईमेलहरुको बैधानिकता जाँच गरेको थियो । यसरी चार चरणमा जाँच हुँदा ३ सय २० ईमेल आइडिको बैधानिकता नदेखिएकोले हटाइएको थियो ।

निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने माग राखेको समुहको प्रश्न के छ भने यसरी चार चरणबाट प्रमाणिकरण भएका ईमेल आइडीहरु कसरी फर्जी हुन सक्दछन ? तर एनआरएनको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) मार्फत कसैले चाह्यो भने फर्जी ईमेलहरुलाई मान्यता दिन सक्दछ ।

उपाध्यक्षका उम्मेद्वार कँडेल भन्छन्- एनआरएनको एमआइएसमा जानसक्ने पहुँच बेलायतमा आइसीसीका महासचिव डा हेमराज शर्मा सँगमात्र छ । यदी त्यहाँबाट फर्जी ईमेलहरुलाई प्रमाणिकरण गरिएको हो भने महासचिवले जवाफ दिनु पर्दछ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्याशी प्रेम गाहामगरले अन्यायका विरुद्दमा साथ दिन बेलायतवासी नेपाली तथा संघ संस्थाहरुसँग आग्रह गरेका छन् ।

यसैसित संवन्धित अघिल्लो समाचारपनि हेर्नुस्

एनआरएनए बेलायतको मतदान सक्किनासाथ लफडा शुरु, परिणाम घोषणा नहुने आशंका

तपाइँको प्रतिक्रिया