शनिबार, असोज २, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

अर्को आसाम यात्रा र महाकवि देवकोटा प्रसङ्ग

डा. गोबिन्द राज भट्टराई२०७८ साउन २३ गते ०:४२
(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भागकालागि यहाँ क्लिक गर्नुहोला, १८ औं भागकालागि यहाँ क्लिक गर्नुहोला )

आज यी शब्दहरू गुवाहाटीस्थित होटल अतिथिमा बसेर लेख्दैछु । दुई वर्षअघि २०७२ को कार्तिकमा शिलाङ जाने क्रममा पनि यहाँ नजिकै (होटल सिरोइ लिलीमा) दुई रात व्यतीत गरेका थियौँ अञ्जना, सेवा र मैले । आज यहाँ बसेको छु म, होटल अतिथिमा शिष्य बलरामका साथमा । हिजो रातमै यहाँ उत्रेका हौँ । गुवाहाटी स्टेशनमा । सजिलै भयो, कारण राजधानी एक्सप्रेसको सकल यात्रा सुव्यवस्थित रह्यो यद्यपि बिहानीपख एनजेपीबाट रेल चढ्नुअघि रिजर्भेशन सेवाको अलिकति अनिश्चिततालाई उपभोग गर्नुपरेको थियो ।

यसपालिको यात्राको लक्ष्य विशेष प्रकृतिको, ऐतिहासिक उद्देश्यको थियो । यसको बीज त गतवर्ष नै रहेको थियो । दुई वर्षअघि नै मालिगाउँको देवकोटा नगरस्थित नवसापकोटा निवासमा यसबारे कुरा आरम्भ भएको थियो । नवसापकोटा ज्यूको घरमा पुगेर त्यहाँ खानपिन गरेपछिका वार्तामा आजका योजनाको बीजारम्भ भएको थियो । त्यो संवादमा म बोलेको थिएँ—

‘यसरी तपाईंहरूले यस स्थानको नाम देवकोटा नगर राख्नुभएको कुरा एक ऐतिहासिक निर्णय हो । त्यसमाथि यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक स्थापना गर्नु अर्काे ऐतिहासिक कर्म हो । यसका लागि सम्पूर्ण नेपाली जाति तपाईंहरूको हार्दिक नमन गर्दछ ।’

महाकविको मान्यता र महत्व अझै अपरिचितजस्तै छ । उनी आधुनिक युगका प्रथम चेतनाका प्रतीक हुन् । उनले क्रान्तिचेतना सल्काई स्वतन्त्रताका लागि स्रष्टा–संवेगको राँको लिएर आएका थिए । त्यो कठोर कालमा गरिएको कर्म थियो ।

त्यसपछि मैले थपेँ— ‘हेर्नाेस्, मैले शिलाङमा देखेँ र सहभागी भएँ । भानु जयन्ती (द्विशतवार्षिकी) भित्रै परेकाले त्यहाँ देवकोटा जयन्ती पनि मनाइयो । भानु जयन्तीमा त्यहाँका समस्त स्थानीय भाषाभाषी पनि सहभागी भए । तर देवकोटालाई चिन्नेहरू कमै छन् ।

त्यसो त भानु र देवकोटा दुवै नै नेपाली जातिका महत्तम निधि हुन् । तथापि भानुलाई नेपाली जातिको प्रथम प्रकाशका रूपमा सम्मान प्राप्त छ । भारतवर्षमा भानुका नामबाट अनेकौँ संघ–संस्था स्थापित छन्, कर्म सञ्चालित छन् । यहाँका सारा छिमेकीले नेपालीका जातीय आस्था, अग्रणी एवम् चेतनाका प्रतीकका रूपमा चिनेका छन् परन्तु महाकविलाई त्यो स्थान प्राप्त छैन ।

महाकविको मान्यता र महत्व अझै अपरिचितजस्तै छ । उनी आधुनिक युगका प्रथम चेतनाका प्रतीक हुन् । उनले क्रान्तिचेतना सल्काई स्वतन्त्रताका लागि स्रष्टा–संवेगको राँको लिएर आएका थिए । त्यो कठोर कालमा गरिएको कर्म थियो । उनकै प्रकाशले हाम्रो भाषा–साहित्य अलिकति चिनिन सकेको हो । उनले नै सर्वप्रथम स्वदेश र स्वजातिको गौरव गाए । त्यसपछि दोस्रो वृत्तमा भारतवर्षको अतीत गौरव गाए र विश्वमानवतावादले अभिप्रेरित भई त्यो गीत गाउँदै ग्रीससम्म पुगे । तर यो व्यापक चेतना–वरदानबारे कसैले थाहा पाएका छैनन् ।

हाम्रा डा। चूडामणि बन्धुले भनेका छन्— ‘महाकवि देवकोटा विश्वसमक्ष प्रस्तुत गर्नुपर्ने नेपालका सर्वाेच्च सांस्कृतिक निधि हुन्’। उता राहुल साङ्कृत्यायनले भनेका छन्— ‘महाकवि देवकोटा हिन्दी साहित्यका पन्त–प्रसाद र निराला तीनैवटै प्रतिभा हुन् ।’

अघि डेभिड रुबिन्ले नेपाली भिजन्स नेपाली ड्रिम्स : द पोएट्री अव् लक्ष्मीप्रसाद देवकोटा (१९८०) शीर्षकमा महाकविलाई अनुवाद र परिचयमा प्रस्तुत गरे । केही पछि माइकल हटले द हिमालयन भोइसेज (१९८२) मा अलिकति चिनाए । देवकोटाका मुनामदनका मात्रै आठवटा भिन्न अंग्रेजी संस्करण अनुवादमा लगिएका छन् । अन्य भाषामा जाने सङ्ख्या त्यति नै पुगेका छन्— रुसी, चिनियाँ, मैथिली, असमिया, हिन्दी, भोजपुरी— कत्रो गौरव विस्तारित हुँदैछ । पछि महाकविबारे लेख्ने अथवा उनलाई बाह्य विश्वमा पुर्‍याउने रुसी–अंग्रेजी लेखक निकै छन् । तर यसबारे हाम्रा विद्वान् मित्रहरूलाई त्यति थाहा छैन । महाकविको विराट् चेतनाले यस महादेशलाई नै उज्यालो पार्न सक्छ । तर हामीले यसको प्रकाशलाई उचालेर देखाउन सकेनौँ । हामी एक्लैले त्यो कर्म सम्पन्न गर्न सक्तैनौँ होला ।

भारतवर्ष शब्दको उच्च गौरव गाउँदै महाकविको जीवन बित्यो । उनले रचेका शाकुन्तलदेखि लिएर वर्तमान भारतीय इतिहासका अमर गाथाहरू महाराणा प्रताप, पृथ्वीराज चौहान, र बापू एन्ड अदर सनेट्स् जस्ता अमर कृतिबारे भारतीय विद्वान्–विदुषीलाई अवगत गराउन पाए हाम्रो आदान–प्रदान अझ सुदृढ र व्यापक हुन्थ्यो होला । हामी अझ निकट हुन्थ्यौँ होला ।

हेर्नाेस्, विगतका पाँच वर्षदेखि म हाम्रा साझा गौरवगाथालाई प्रकाशमा ल्याउने कार्य गर्दैछु । महात्मा गान्धी हाम्रो भूभागका साझा गौरव हुनुभएकैले गान्धी शीर्षक अंग्रेजी पुस्तकको नेपाली अनुवादमा तीन वर्ष व्यतीत गरेँ । महात्माको अवसानपछि विह्वल हुँदै महाकविले पनि बापू एन्ड अदर सनेट्सको रचना गर्नुभएको थियो । गान्धीले गाएको पूर्वीय जगतको अमर गीत एवम् अहिंसा र सत्यपथका अनेक मार्गको कर्मवादी समर्पणलाई अझै प्रकाश पार्ने उद्देश्यले ग्रेट माइन्डस् अन इन्डियाको अनुवादमा अरू तीन वर्ष समर्पण गरेँ । शिलाङका विद्वान् भाइ सलील ज्ञवालीले वर्षाैंवर्ष लगाएर सङ्कलन एवम् प्रकाशन गरेको ग्रेट माइन्डस् अन इन्डियालाई हाम्रो सभ्यता शीर्षकमा अनुवाद गरेँ । भाइले प्रकाशन प्रवन्ध गर्नुभयो । यसले नेपाल–भारतका नेपाली जातिलाई धेरै उज्यालो प्रदान गरिरहेको छ र महाकविको दर्शनलाई साकार गराउँदै लानेछ ।
यसरी हेर्दा महाकविको योगदान अतुलनीय छ । दुई देशका गौरवगाथा गाउँदै यो साझा भूमिको महान् अतीतलाई चिनाउने व्यक्तिमा महाकवि एक अनन्य नेपाली कालीदास हुन् तर वर्तमान भारतसमक्ष महाकविको परिचय प्रस्तुत गर्न सकिएन । त्यसले गर्दा हाम्रो उच्च परिचय पनि छेलिएको छ ।

महाकविको प्रथम जन्म शतवार्षिकी भर्खर सम्पन्न भयो परन्तु यो अमर पक्ष अझै पनि अप्रकाशित छ । तपाईंहामी नब्यूँझेसम्म अनि ब्यूँझेर पनि नउठेसम्म यो पक्ष अँध्यारैमा रहनेछ । त्यसकारण अब उठौँ, जागौँ र हाम्रा साझा गौरवको सन्देश यहाँ पनि सुनाऔँ, उहाँलाई पनि चिनाऔँ । हामीले यसमा सङ्कोच मान्नुपर्ने काम छैन । उनी राष्ट्रवादी होइन मानवतावादी र विश्ववादी थिए । उनमा आर्यावर्त प्रेमको दीयो सल्केको थियो । नेपाली जातिमा नै यस भूमिको अतीत गाथालाई अझै उज्यालो पार्ने काममा कत्रा व्यक्तित्वको जन्म भएको रहेछ भन्ने कुरा प्रकाशमा ल्याउन सके हाम्रो साझा गौरवभाव कति महिमापूर्ण बन्थ्यो होला —हाम्राबीच यस्तै वार्ता भएका थिए ।

महाकविबारे लेख्ने अथवा उनलाई बाह्य विश्वमा पुर्‍याउने रुसी–अंग्रेजी लेखक निकै छन् । तर यसबारे हाम्रा विद्वान् मित्रहरूलाई त्यति थाहा छैन । महाकविको विराट् चेतनाले यस महादेशलाई नै उज्यालो पार्न सक्छ ।

मैले अझ थपेको थिएँ— ‘महाकविबारे नेपाली वा गोर्खाली जातिले मात्र चिन्ता गरेर पुग्दैन । हामीले मात्र उहाँको गौरवगाथा गाएर पुग्दैन । अन्य भाषाभाषी छिमेकी स्रष्टा–विद्वानलाई पनि हामीले नै अवगत गराउनु पर्दछ । विश्वकवि रवीन्द्रको स्मृतिमा उहाँको महत्व विस्तारमा हामीले भूगोल वा इतिहास नहेरी स्वतस्फूर्त गाना गाएका छौँ भने त्यसैगरी महाकविको महत्ता बोध गराउन सके भारतीय स्रष्टा कविमित्र, द्रष्टा र संस्कृतिकर्मीलाई कत्रो आनन्द लाग्थ्यो होला किनकि महाकविको मानवतावादको परिसीमाले सबैलाई समेट्न सक्छ ।’

यस्तो कुरा गरेको थिएँ मैले । दाजु नवसापकोटा यसलाई गम्भीरतापूर्वक मनन गर्न थाल्नुभएको थियो । पछि म काठमाडौँमा फर्केर आएपछि पनि सम्पर्कमा बसिरह्यौँ र २०७३ सालको देवकोटा जयन्ती यहाँ (गुवाहाटी) को देवकोटा नगरमै मनाउने सम्भावनाको प्रस्तावसँग उहाँ उठ्नुभयो । हामीले त्यसका सम्भावना खोज्यौँ । मैले उतादेखि बापू एन्ड अदर सनेट्स्का प्रति पठाइदिएँ र यता आसामका विविधभाषी विद्वद्वर्गसित सम्पर्क गरी उहाँले यो कार्य सम्पन्न गर्ने निर्णय पठाउनुभयो ।

यो साझा जिम्मेवारी थियो र उहाँले यसको गहनताको बोझ उठाउने प्रतिज्ञा गरिसक्नु भएको थियो । यसको प्रधान लक्ष्य ता यता भारतका अनेक साहित्यसमक्ष महाकवि चिनाउनु थियो । अझ एउटा साझा भाषामा बोलेर यो लक्ष्य पूरा गर्नु थियो । त्यसैले हामीले निर्णय गर्‍यौँ— नेपाली वा असमेली वा हिन्दी जस्ता स्थानीय भाषाभन्दा माथि वा पर पुगेर अंग्रेजी माध्यमको प्रयोग गरौँ र हाम्रो महाकवि विषयक सेमिनारमा अंग्रेजी भाषामै कार्यपत्र लेखौँ/लेखाऔँ, बोलौँ /बोलाऔ । यसमा नेपाली जाति मात्र होइन अन्यभाषी विद्वान्लाई पनि अनुरोध गर्दा महाकविबारेको गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्ने र टिप्पणी गर्ने कार्ययोजना बनाऔँ । के त्यसो गर्न सकिएला ?

‘हामी कोसिस गर्नेछौँ’— नव दाइले उत्तर दिनुभएको थियो । यसका सम्पूर्ण सम्भावनाको अनुगमन गर्दै गत भदौमा उहाँले खबर पठाउनुभयो— ‘सोही अनुसार गर्ने भयौँ, साथीभाइको अनुमोदन छ । तर देवकोटा जयन्तीकै अवसरमा सम्भव छैन, तयारीका लागि अलिक पछि सारौँ ।’
‘कहिले होला ?’
‘फेब्रुअरीतिर ।’

तर यता जनवरीको शुरुमा अर्का महान् नेपालीको शतवार्षिकी पनि मनाउने चर्चा भएको थियो । महाकविले सिर्जनाजगत् उघारी भारतवर्षको सांस्कृतिक–चेतनालाई व्यापक गराउन जसरी साहित्यको मार्ग लिनुभएको थियो तिनै दिनमा अझ यसभन्दा अघिदेखि अर्का महान नेपाली सपूतले भारतकै लागि आफ्नो जीवनको उर्वर काल उत्सर्ग गर्नुभएको थियो । आफ्नो जीवनको झन्डै आधी भाग भारतकै स्वतन्त्रताका संग्राममा व्यतीत गर्ने, भारतले चालेका स्वतन्त्रता सङ्ग्राममा आफूलाई उत्सर्ग गर्ने र जेलनेल यातना भोग्ने वी।पी। कोइरालाको योगदान सानो छैन ।

भारतका नेपाली जातिलाई धेरै उज्यालो प्रदान गरिरहेको छ र महाकविको दर्शनलाई साकार गराउँदै लानेछ । यसरी हेर्दा महाकविको योगदान अतुलनीय छ । दुई देशका गौरवगाथा गाउँदै यो साझा भूमिको महान् अतीतलाई चिनाउने व्यक्तिमा महाकवि एक अनन्य नेपाली कालीदास हुन् तर वर्तमान भारतसमक्ष महाकविको परिचय प्रस्तुत गर्न सकिएन । त्यसले गर्दा हाम्रो उच्च परिचय पनि छेलिएको छ ।

यता जनवरी लागेपछि उनै वी.पी.को जन्म शताब्दी मनाउन नेपालबाट कलकत्ता जाने निर्णय भएको थियो । त्यसको नेतृत्वमा म अघि लागेकै थिएँ । म वी.पी. कोइराला जन्म शताब्दीको संयोजक भएका नाताले अझ नेपाली लेखक संघको विदेश विभाग संयोजक पनि भएका नाताले यस्ता कार्यमा अग्रसरता देखाउनु अत्यावश्यक थियो । त्यसैले एक पन्थ दो काज हुने गरी जनवरी ३–४ कलकत्तामा वी.पी. कोइराला शतक सम्पन्न गरी ९–१० आसाममा पुगी महाकवि देवकोटा विमर्श आयोजना गर्ने कुरा निर्णय भयो ।

तर गर्दै लाँदा चिताएझैँ कलकत्तामा त्यो कर्म हुन सकेन— वी.पी. केएफले सहायता गरेन, कन्सुलेट अफिसले आस मात्र देखायो । त्यसो भए पनि गुवाहाटीको निश्चितताले हामीलाई आकर्षित गरिरहेको थियो । हामी नवदाइसित नित्य संवादमा थियौँ र बेला भएपछि अर्थात् जनवरी महीनाको दोस्रो साता विद्यार्थी भाइ बलराम र मैले काठमाडौँबाट साइत गर्‍यौँ ।

काठमाडौँबाट यात्रा आरम्भ गरेको चौथो दिनमा गुवाहाटी पुग्न सक्यौँ । यत्रो धेरै समय लाग्ने त होइन तथापि वायुमार्ग हुस्सु र कुहिरोले बाधित भएकैले उता काठमाडौँबाट उड्न सकेनौँ । यता सिलिगुडीको बागडोगरा पुग्दा पनि बाधा यथावत् थियो ।

अघि शिलाङमा भएको सन् २००४ को भाषाविषयक अन्तर्राष्ट्रिय सम्मेलनका समयमा पनि तुवाँलोले कति जहाजलाई बाधा गरेको थियो । कलकत्ताबाटै दक्षिणी विद्वानहरू फर्केका थिए । यो महीना यस्तै हुँदोरहेछ । त्यसैले म डराएँ— कार्यपत्र–धारकहरू हामी दुवै यता मार्गमै रोकियौँ भने कत्रो अनर्थ होला ! यस्तो चिन्ताले गर्दा अबाधित रेलमार्ग नै श्रेयस्कर लाग्यो र हामी दमकबाट एनजेपी पुग्यौँ । अनि उहाँहरूद्वारा यथासमयमा प्रेषित राजधानी एक्सप्रेस नामक रेलको टिकटका साथमा रेल्वे स्टेशनमा प्रतीक्षा गर्न लाग्यौँ ।

क्रमश : बाँकि अर्को शनीवार

तपाइँको प्रतिक्रिया

फेसबुक