शुक्रबार, चैत १६, २०८०

फ्रान्सको सर्वोच्च अदालतद्वारा विवादास्पद चरा शिकार प्रविधिमा प्रतिबन्ध

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २३ गते ११:३७

फ्रान्सको शीर्ष अदालतले शुक्रवार चरा शिकारको लागी परम्परागत प्रविधिहरुलाई प्रतिबन्ध लगाउन आदेश दिएको छ । यस अघि जूनमा ग्लु हन्टिङ (रुखका हाँगामा टाँस्सिने कुरा राखिदिने र चरा बस्दा त्यसमा टाँस्सिएर भाग्न नसक्ने धराप) शिकारमाथि प्रतिबन्ध लगाएको थियो । पर्यावरणीय दबाव समूहहरुद्वारा यस्तो शिकारमाथि प्रतिबन्ध लगाउनुपर्ने माग लामो समयदेखि थियो । उनीहरुले त्यसकालागि दबाब दिइरहेका थिए । तर शिकारीहरुद्वारा भने यो निर्णयको निन्दा गरिएको छ ।

नयाँ फैसलामा प्रतिबन्धित प्रविधिहरु फ्रान्सको दक्षिण पश्चिम र देशको पूर्वको आर्देन्स क्षेत्रमा प्रचलित अभ्यास, जस्तै जाल वा पिंजडा थापेर शिकार गरिने प्रचलन भएकोले त्यसमाथि प्रबन्धको घोषणा गरिएको छ ।

सन् २००९ मा युरोपेली युनियन (ईयु) ले हुट्टीट्याउँ (ल्यापविङ), गोल्डन प्लोभर, भारद्वाज (स्काइलार्क), चाँचर (थ्रश र ब्ल्याकबर्ड ) जस्ता चराहरुको शिकार गर्न छुट दिएको थियो । हालको फैसलापछि त्यस छुटलाई खारेज गर्दै ति चराहरुको शिकार गर्न प्रतिबन्ध लगाएको छ ।

फैसलामा ‘सरकारले त्यस्ता प्रविधिहरु आवश्यक थिए भनेर प्रमाणित गर्न नसकेको र “तथाकथित परम्परागत विधिहरुको संरक्षण गर्ने विचार मात्र अधिकृत गर्ने अधिकार उनीहरुलाई नभएको र त्यस्तो बिचार पर्याप्त नभएको’ उल्लेख छ ।

वातावरणबादीहरुका अनुसार फ्रान्समा प्रत्येक वर्ष एक लाख ५० हजार चरा ग्लु ट्र्यापिङ र जाल जस्ता सिफारिसबिहिन शिकार प्रविधिहरुबाट मार्ने, समात्ने गरिन्छ । जबकि युरोपमा हरेक वर्ष प्राक्रितिक वासस्थानका चराको संख्या घटिरहेको छ ।

युरोपेली युनियनमा उजुरी हाल्ने अर्को गैरसरकारी संस्था (वान भ्वाइस’ ले प्रति वर्ष एक लाख चराहरु यस्ता गैर कानुनी शिकारले मर्ने गरेको उल्लेख गर्दै भनेको छ “गैरकानुनी छुटको परिणामस्वरूप चरा मर्ने गरेका हुन् । ती चराहरु गल्तीले मरेका छैनन् । अदालतको यो आदेश चराहरुको लागि एक ठूलो जीत हो । ”

फ्रान्सका शिकारीहरुको संस्था नेशनल फेडरेशन अफ हन्टर्सले भने यो फैसला “गम्भीर र आधार रहित” भन्दै फैसलाका बिरुद्द सबै कानूनी बाटोहरुको खोजि गर्ने बताएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक