बुधबार, वैशाख १२, २०८१

टर्की र ग्रीसमा डढेलो बढेको बढ्यै : डढेलो नियन्त्र गर्न आधा दर्जन देशको सहयोग, स्थिति अत्यन्तै गम्भिर

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २३ गते १२:४५

Photo-AP

ग्रीस र टर्कीमा १० दिनदेखि जंगलमा लागेको डढेलो बढ्दै जाँदा स्थिति गम्भिर बनेको छ । फ्रान्स, स्विडेन, स्विजरल्याण्ड लगायत आधा दर्जन देशले डढेलो नियन्त्रणका लागि सहयोग गरेपनि स्थिति गम्भिर रहेको ग्रीसका प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

फ्रंस २४ न्युजक अनुसार डढेलोले सयौं घर र व्यवसायहरु ध्वस्त पारेको छ । प्रभावित क्षेत्रका सयौं बासिन्दाहरु र पर्यटकहरुलाई हतारहतारमा बाहिर निकाल्न बाध्य बनेका छन् । ग्रीसको राजधानी एथेन्सस्थित उत्तरमा ठूलो प्रकोप आइलागेको छ । एथेन्स शहर पसेको डढेलोबाट धुवाँको बाक्लो कालो न कालो धुम्बाले साँझ शहरलाई घेरेको थियो ।

हिजो अगस्ट ६ शुक्रवारका दिन ग्रीसको धेरै क्षेत्रहरुमा आगो लाग्नेक्रम जारी रह्यो । एक हप्ताको गर्मीको तरंगले यो देशका बिभिन्न भागमा धुनी लगाएजसरि डढेलो फैलिइरहेको छ । उता टर्कीलेपनि ग्रीसलेझैं डढेलोको सामाना गरिरहेको छ । टर्कीमापनि डढेलोले स्थिति गम्भिर बनाइरहेको छ ।

ग्रीसको राजधानी एथेन्सबाट ३० किलोमिटर टाढा रहेको आचर्नेस शहरका मेयर स्पायरोस भ्रेटोसले शुक्रबार साँझ भनेका छन् “हामीलाई सास फेर्न फेरि गाह्रो भैरहेको छ किनकि त्यहाँ आगोको हिंसात्मक हमला पुनः सुरु भएको छ । हामी धेरै चिन्तित छौं” उनले स्काई टिभीलाई भने “आगो अहिले उत्तरपूर्वी क्षेत्रमा फैलिंदै गएको छ ।”

एएफपीका पत्रकारहरुले भने अफिडनेस गाउँ रातभर आगोमा जलेको रिपोर्ट गरेका छन् । त्यहाँ उनीहरुले जलेर उजाड बनेको द्रिष्य, जलेका कारहरु, ध्वस्त बनेका घरहरु, जलेर कालो बनेका रुखहरुको दृश्य देखिएको उल्लेख गरेका छन् ।

एथेन्सको नजिकै किओनेरी भन्ने ठाउँमा घरहरु, व्यापार र कारखानाहरु जलेर ध्वस्त बनेको छ । “आगो नियन्त्रण बाहिर छ । म घर छोड्न चाहन्न । किनकि मेरो सम्पूर्ण जिन्दगी यहिँ छ” वासिलिकी पापापनगियोटिसले एएफपीसित भने ।

ग्रीसको उत्तर र दक्षिणलाई जोडने राजमार्ग नजिकै डढेलोको त्रास फैलिएपछि राजमार्गलाई बिच्छेद गरिएको थियो । नजिकैका करिब २,००० आप्रवासीहरुलाई रिट्सोना नजिकैको शिविरबाट निकालेर अन्यत्र सारिएको थियो । शुक्रबार साँझ एमिग्डालेजा हिरासत केन्द्रलाईपनि खाली गरिएको छ ।

कम्तीमा ४५० ग्रीक अग्नि नियन्त्रकहरु एथेन्स नजिकको आगो नियन्त्रण गर्न खटिएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ । त्यसबाहेक डढेलो नियन्त्रण गर्न हवाई र जमिनबाट अनेकौं प्रयास गरिएको छ । डढेलो नियन्त्रणमा ग्रीस एक्लै सक्षम नदेखिएपछि त्यहाँ फ्रान्सेली, स्वीडिश, रोमानियाई, स्विस, इजरायली र साइप्रस सहयोगीहरु परिचालित छन् । उनीहरुले बिभिन्न सहायतासमेत पठाएका छन् ।

 स्थिति गम्भीर

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले ग्रीसमा तापक्रम अत्यधिक बढेपछिको प्रभावले २७ जुलाईदेखि ग्रीसका दर्जनौं ठाउँमा आगो लागेको र त्यसले “अत्यन्तै नाजुक” बनाएको उल्लेख गरेका छन् ।

ग्रीसको भ्रमणमा सपरिवार रहेका पेरिस निवाशी महेन्द्र अधिकारीले ग्रीसमा तापक्रम ४० डिग्री पुगेको, गर्मीले बाहिर घुम्न मुस्किल पारेको नेपालप्लससितको सम्पर्कमा बताएका छन्।

“हामी अभूतपूर्व परिस्थितिको सामना गरिरहेका छौं । धेरै दिनको तातो हावाले पूरै देशलाई ‘बन्दुकमा हालेर पड्काउने धुलो’ मा परिणत गर्यो” ग्रीसका प्रधानमन्त्रीलेले बिहीबार साँझ एक टेलिभिजन सम्बोधनमा भनेका थिए ।

एएफपीले प्राप्त गरेको एक प्रारम्भिक संयुक्त राष्ट्रको रिपोर्टमा भूमध्य क्षेत्रलाई “जलवायु परिवर्तनको एक तातो स्थान” को रूपमा उल्लेख गरिएको छ । त्यस क्षेत्रमा गर्मीको महत्वपूर्ण तरंगहरु बढिरहेका छन् । सुख्खा भैरहेको छ । बढ्दो तापक्रमले गर्दा डढेलोको संभावना तिब्र छ ।

ग्रीस र टर्कीमा तापक्रम बढेर ४० देखि ५० डिग्री भैरहेको छ । यहि तापक्रमका कारण यि देशले तातो लहरको अनुभव गरिरहेका छन् । ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले हालको स्थितिलाई तिन दशककै सबैभन्दा खराब भनेका छन् ।

टर्कीको एजियन सागरतिर जुलाईको अन्त्यदेखि २०८ ठाउँमा डढेलो लागेको गणना गरिएको छ जसमध्ये १२ ठाउँमा शुक्रवारसम्म जारि थियो । टर्कीका राष्ट्रपतीका अनुसार १९६ लाई नियन्त्रणमा ल्याईएको थियो ।

दक्षिणी टर्कीमा डढेलोका कारण आठ जनाको मृत्यु भएको छ र दर्जनौं अस्पतालमा भर्ना भएका छन् । ग्रीसमा उत्तरी एथेन्सका एक बासिन्दाको ज्यान गएको छ । त्यसैगरि अर्का एक उद्योगपतिको आफ्नै कारखानामा हृदयघातको कारण मृत्यु भएको छ । आफ्नो कारखानाका सबै चिज जलिरहेको देखेपछि उनलाई ह्रिदयघात भएको थियो । डढेलोले १८ जना घाईते छन् । ति मध्ये दुई अग्नीनियन्त्रक गम्भिर अवस्थामा छन् ।

तपाइँको प्रतिक्रिया