शनिबार, वैशाख १५, २०८१

कोरोना स्वास्थ्य पास बिरुद्द फ्रान्सभर प्रदर्शनी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २४ गते १२:०६

Photo Credit-connexionfrance.com

सरकारले हालै जारि गरेको कोरोना भाईरस पास र स्वास्थ्यकर्मीहरुलाई अनिवार्य खोप लगाउनुपर्ने नियम बिरुद्द शनिवार फ्रान्सभरि प्रदर्शनी भएको छ ।

गृह मन्त्रालयका अनुसार स्वास्थ्य पासबिरुद्द भएको प्रदर्शनीमा करिब दुई लाख ३७ हजार मानिस सहभागि थिए । स्वास्थ्य पास बिरुद्द हालसम्म भएका प्रदर्शनीमध्ये यो सबैभन्दा ठूलो भएको सुरक्षा अधिकारीहरुको भनाई छ ।

फ्रंस २४ न्युजका अनुसार शनिवार फ्रान्सको तुलों देखि लिल शहरसम्म फ्रान्सेली प्रदर्शनकारीको ठूलो भिड थियो । सरकारले देशभर स्वास्थ्य पास विस्तार नियम लागू गरेपछि त्यसलाई फ्रान्सको संवैधानिक परिषदद्वारा मान्यता दिईएको थियो । प्रदर्शनकारीहरुले यो मान्यता लगत्तै देशभर त्यसका बिरुद्द प्रदर्शनी गरेका हुन् ।

देशभर भएको प्रदर्शनी मध्ये राजधानी पेरिसमा करिब १७ हजार प्रदर्शनकारीहरुले मार्चपास गरेका थिए । गृह मन्त्रालयका अनुसार स्वास्थ्य पास जारि गरेपछि यस अघिपनि बिरोध प्रदर्शन भएको थियो । तर शनिवारको प्रदर्शन हालसम्मकै ठूलो हो ।

गत हप्ताको तुलनामा प्रदर्शनकारीको भिड दक्षिणपूर्वमा बलियो थियो । प्रहरीका अनुसार त्यहाँ कम्तीमा ४७ हजारले सहभागिता जनाएका थिए । प्रहरीको प्रारम्भिक आँकडा अनुसार तुलों शहरमा १९ हजार, निस शहरमा १० हजार, मोंपलियमा आठ हजार, र मार्सेई शहरमा कम्तिमा ६ हजार प्रदर्शनकारीहरु थिए ।

फ्रंस ब्लु आजुर मेडियाका अनुसार गत शनिवार निस शहरमा भएको स्वास्थ्य पास बिरुद्दको प्रदर्शनीमा ६ हजार पाँच सय भेला भएका थिए ।

राष्ट्रपती एमानुयल माख्रोंले ‘खोप अनिवार्य लगाउनुस्’ अभियान घोषणा गरेलगत्तै गत चार हप्तादेखि त्यसका बिरुद्द फ्रान्समा प्रदर्शनी भैरहेका छन् ।

सरकारले कोरोना भाईरसबिरुद्दको खोप लगाउन र स्वास्थ्यकर्मीलाई अनिवार्य गरेपनि हालसम्म फ्रान्समा चार करोड ४० लाखले पहिलो खोप मात्रै लगाउन पाएका छन् ।

यो बिरोध प्रदर्शनीमा स्वास्थ्यकर्मीहरुसमेत सामेल छन् । सरकारले स्वास्थ्यकर्मीहरुलाई अनिवार्य खोप लगाउनुपर्ने नियम ल्याएपछि स्वास्थ्यकर्मीहरुसमेत त्यसबिरुद्द उत्रिएका हुन् ।

नयाँ स्वास्थ्य मापदण्ड अनुसार सार्वजनिक स्थानहरुमा जाँदा स्वास्थ्य पास साथैमा हुनुपर्ने, बृद्दाश्रममा काम गर्नेको स्थलसम्म स्वास्थ्य पास विस्तार गर्ने, स्वास्थ्य अधिकारीहरुले अनिवार्य खोप लगाएको हुनुपर्ने कानून शुक्रवार आधिकारिक रुपमा प्रकाशित भएको थियो । आजै सोमबार देखि कम्तिमा एक मात्रा खोप लगाएको प्रमाणपत्र हुनुपर्ने वा कोरोना भाईरस परिक्षणको नकारात्मक रिपोर्ट हुनुपर्ने वा कोरोना लागेर निको भैसकेको प्रमाण देखाउनुपर्ने नियम ल्याइएको छ । ति तिन मध्ये कुनै एक प्रमाणपत्र क्याफे र रेस्टुरेन्ट, थिएटर वा व्यापार मेलाहरुमा जान, रेल र विमान चढ्न वा लामो यात्रामा जान अनिवार्य गरिएको छ ।

यस प्रावधान बिरुद्द प्रदर्शनीमा भाग लिएकाहरुले ‘हामी सरकारले जे भन्छ त्यहि मान्ने पाल्तु जनावर बन्न सक्दैनौं’ भन्दै बिरोध गरेका छन् । तर प्रदर्शनीमा भाग लिएकाहरु मध्ये धेरैले कम्तिमा एक मात्रा खोप लगाएको रिपोर्ट फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

प्रदर्शनकारीहरुले स्वास्थ्य पासका नाममा नागरिकको अधिकार खोसेको र समाजलाई स्वेच्क्षाचारीढंगले आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।

“माख्रों तपाइँको पास चाहँदैनौं”

प्रदर्शनीमा भाग लिनेहरुले ‘माख्रों तिम्रो पास हामी चाहँदैनौं’, ‘माख्रों चुप लाग’, ‘हामीलाई अब पुग्यो, अति भो’ जस्ता राष्ट्रपतीलाई कटु आलोचना गरिएका नाराहरु लगाएका थिए । पेरिसमा भएको जुलुसलाई सशस्त्र प्रहरीले सुरक्षा र निगरानी गरेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक