बिहीबार, वैशाख १३, २०८१

एनआरएनए नाइजेरियाको नवनिर्वाचित कार्यसमितिद्वारा कल्याणकारी कोष स्थापना

नेपालप्लस प्रतिनिधी / लेगोस , नाइजेरिया ।२०७८ साउन २४ गते २२:०४

गैरआवासिय नेपाली संघको आठौं साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिको आज आइतवार सम्पन्न प्रथम बैठकले नेपाल र नाइजेरियामा परिपकारी कार्य गर्न एनआरएनए नाइजेरिया कल्याणकारी कोष स्थापना गरेको छ । आज बसेको प्रथम बैठकबाटै आर्थिक संकलन कार्य थालनी गरेको छ ।

बैठकले यो कार्यकालमा “एक एनसीसी एक परियोजना” अन्तर्गत सातौं नेपाल प्रोजेक्ट सम्पन्न गर्न एक समितीसमेत गठन गरेको छ । यस अघि संघले कैलाली, खोटाङ, मकवानपुर, सुनसरी, रसुवा र चितवनका स्कुलहरुमा यो परियोजना अन्तर्गत स्कुलका छात्राबास, पुस्तकालय, प्रयोगशाला र कक्षा भवनका लागि भवनहरु निर्माण गरिसकेको छ ।

संघले तत्काल मेलम्चीको बाढीबाट पीडितहरुका लागि मानविय राहत सहयोग पठाउने समेत निर्णय गरेको छ । त्यस्तै, लेगोस स्थित असहाय बालबालिका केन्द्रलाई सहयोग गर्ने र कोभिडले स्थगन भएको नियमित रक्तदान कार्यक्रमलाई पुन सुचारु गर्ने निर्णय गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थापक अध्यक्ष एबं एन आर एन ए नाईजेरियाका संरक्षक हिक्मत थापा, सल्लाहकार हिमा खडका, आइसीसी सदस्य बिश्वास पौडेल, उपाध्यक्ष अभिषेक मान सिंह र महासचिव सोमेश अर्यालले आआफ्ना धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया