शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए बेलायतको निर्वाचन उल्ट्याउन कस्ता कस्ता तिकडम ?

नेपालप्लस संवाददाता / बेलायत२०७८ साउन २५ गते ०:४४

एनआरएनए बेलायत राष्ट्रिय परिषदको निर्वाचन परिणामले आइतवार साँझ नयाँँ कार्यसमितिको सपथ ग्रहण पछी मान्यता प्राप्त गरेको छ । आइतवार ६ बजे साँझ सपथग्रहण कार्यक्रम घोषणा गरिएपनि धेरैलाई यो कार्यक्रम हुने नहुनेमा आशंका थियो । किनभने निर्वाचन समितीले केही ब्यक्तिहरुको प्रभावमा परेर अन्तिम परिणाम घोषणा गर्न लगभग ३० घण्टा ढिला गरेको थियो । समितिका संयोजक महेन्द्र कँडेल नियोजित रुपमा एउटा पक्षलाई जिताउन चाहन्थे । तर ठूलो मत अन्तर रहेकोले समितिले जती नै धाँधली गरेपनि अर्को पक्षलाई विजयी घोषणा गर्ने स्थिती थिएन ।

त्यो ३० घण्टासम्म संयोजक महेन्द्र कँडेलले एनआरएनए आइसीसी महासचिव हेमराज शर्मा, आइसीसी सदस्य रामशरण सिम्खडासँग पटक पटक मिटिङ गरेका थिए । अन्तिम परिणाम घोषणा गर्नका लागि तोकिएको समयसम्म उनिहरुले ड्राफ्ट पनि सार्वजनिक गर्न सकेका थिएनन् । शर्मा र सिम्खडाकै सल्लाहमा कँडेललेनै अध्यक्षका अरु दुईजना प्रत्याशीलाई पत्रकार सम्मेलन गर्न सुझाएका थिए । तर फर्जी मत हालिए भन्ने उनिहरुको कुरा विश्वाशिला थिएनन् । किनभने मतदाताका ईमेल आइडीहरु पाँच चरणसम्म प्रमाणिकरणको प्रकृया पार गरेपछी बल्ल भोट् गर्न मिल्ने बनाईएको थियो । हेरौं के के भएको थियो अधिवेशन प्रकृयाको दौरानमा  तिकडम।

झन्डै तीन महिना अघि एनआरएनए युकेले ३१ जुलाई २०२१ मा नयाँ कार्य समिति चयन गर्न चुनावको मिति तोकेको थियो । त्यसका लागि पूर्व अध्यक्ष महेन्द्र कँडेललाई संयोजक तोकिएको थियो । निर्वाचन समितिले २७ जुलाईमा मात्रै ब्रिटिश कम्पनी च्वाइस भोटिंगलाई मतदान गराउन दिने सम्झौता गरेको थियो।

निर्वाचनका लागि सबै तयारी पुरा भैसकेको अवस्थामा ३१ जुलाई बिहान ११ बजे प्रमुख निर्वाचन आयुक्त कँडेल ‘एक छिन काम छ’ भन्दै बाहिर निस्किए । तीन बजे निर्वाचन समितिको कार्यालयमा फर्केर उनले मतदान २ अगष्ट (सोमबार) सम्म सर्ने आफुले निर्णय गरेको समितिका सदस्यहरुलाई जानकारी गराए । उनले त्यो विचमा महासचिव शर्मा र सदस्य सिम्खडा सहित अध्यक्षका अन्य दुई जना प्रत्यासीहरुसँग छलफल गरेका थिए । आफुहरु र उम्मेदवारहरुसँग सरसल्लाह नगरेर आकस्मिक रुपमा चुनाव सार्न ठिक नहुने समितिका सबै सदस्यहरुले आपत्ति जनाएपनि मतदाता शिक्षाका लागि समय नपुगेको भन्दै मतदान पर सारिएको कँडेलको जिकिर थियो । तर २ दिनसम्म समितिले मतदाता शिक्षाका लागि एउटा पनि सार्वजनिक सूचना वा सामग्री प्रकाशित गरेन ।

एनआरएनए युके निर्वाचनको सकभर रिजल्ट नै प्रकाशन नगर्ने, गर्नैपरे २,००० भन्दा बढी खसेको मत रद्द गरेर मात्रै नतिजा घोषणा गर्ने योजना असफल भएपछि शुक्रवार मध्य रातमा मात्रै निर्वाचन समितिले मतदानको नतिजा घोषणा गरेको थियो ।

सोमबार, अगष्ट २ तारिख दिउँसो १२ बजे देखि मंगलबार १२ बजेसम्म अनलाइन माध्यमबाट मतदान सम्पन्न भयो । झन्डै १०० जना मतदाताहरुले आफुहरुले इमेल नपाएको गुनासो गरे । तथापी निर्वाचन समितिले यसबारेमा कुनै जानकारी दिएन । मतदाता शिक्षाका लागि निर्वाचन दुई दिन पर सारिएको भएपनि सुचना प्राप्त नगरेका मतदातालाई समितीले अहिलेसम्म क्षमायाचना गरेको छैन ।

अनलाइन माध्यमबाट भएको चुनावको नतिजा तुरुन्तै आउने विश्वव्यापी चलन छ । तर उनीहरुले परिणामलाई रोकेर राखिरहे ।  निर्वाचन समितिले च्वाइस भोटिंगसँग सम्झौता गर्दा खसेको हरेक मतको छानबिन गर्ने प्याकेजका लागि थप ५,००० पाउण्ड तिरेको खुलासा भयो । त्यसका लागि च्वाइस भोटिंगले अर्को ब्रिटिश कम्पनी केन्टो इलेक्टलाईलाई जिम्मा दिएको र मतदानको अन्तिम नतिजा २ दिन पछि बिहीवार अगष्ट ५ तारिख मात्रै दिनसक्ने जनायो । त्यसपछि शुरु भयो मतदानको नतिजा सार्वजनिक गर्न नदिने खेल ।

बुधवार ब्रिटिश भेंडरले ड्राफ्ट रिजल्ट प्रमुख निर्वाचन आयुक्तलाई पठाउने सहमति भएको थियो । तर कँडेलले त्यसो गर्दा विवाद हुनसक्ने भएकाले आफूले अन्तिम रिजल्ट मात्रै पठाउन भनेको बताए । यद्यपी उनले ड्राफ्ट रिजल्ट पाएका थिए र आफूले जिताउन खोजेका ब्यक्तिहरुले निर्वाचन हारेको जानकारी महासचिव शर्मा र सदस्य सिम्खडालाई दिएका थिए ।

निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार बुधवार निर्वाचन समितिले प्रारम्भिक परिणाम सार्वजनिक गर्नुपर्ने थियो । तर, त्यसअगावै अध्यक्षका दुई प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठले ‘एक हजार फर्जी मत खसेकोको’ भन्दै त्यसलाई बदर गरेर मात्रै मत परिणाम सार्वजनिक गर्नुपर्ने माग राखे । श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत एक हजार फर्जी मत खसेको दाबी गरे भने राईले पत्रकार सम्मेलननै गरी अवैध इमेल प्रयोग गरी एक हजार मत खसाइएको दाबी गरिन् । उनले ती मत रद्द नगरि परिणाम सार्वजनिक गरिए आफू कानुनी प्रकृयामा जाने चेतावनी पनि दिइन् । निर्वाचन समितिले त्यसैलाई आधार बनाएर प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेन ।

समितिले उल्टै उम्मेदवारहरुलाई एउटा पत्रमा हस्ताक्षर गर्न बोलायो । निर्वाचन समितिले उम्मेदवारहरुको हस्ताक्षरका लागि जुन पत्र तयार पार्यो त्यसले अर्को विवाद जन्मायो । बुधवार विवादकैबिच बित्यो । सहमतिका लागि भन्दै कँडेलले बिहीबार तीनै जना उम्मेदवारलाई निर्वाचन समितिको कार्यालयमा बोलाए । मध्यान्ह १२ बजे बैठक बस्ने र पाँच बजे मतपरिणाम घोषणा गर्ने प्रारम्भिक योजना थियो । तर, साँझसम्म उनले औपचारिक बैठक बसालेनन् ।

अनलाइन माध्यमबाट भएको चुनावको नतिजा तुरुन्तै आउने विश्वव्यापी चलन छ । तर उनीहरुले परिणामलाई रोकेर राखिरहे ।  निर्वाचन समितिले च्वाइस भोटिंगसँग सम्झौता गर्दा खसेको हरेक मतको छानबिन गर्ने प्याकेजका लागि थप ५,००० पाउण्ड तिरेको खुलासा भयो ।

निर्धारित समय बिहीवार ५ बजे मतपरिणाम सार्वजनिक हुन सकेन । कँडेलले अर्को समय तोके, राति ११ बजे । तर, त्यतिबेलासम्म आइपुग्दा पहिले एक हजारको संख्यामा रहेको भनिएको फर्जी मतको संख्या २१ सय पुर्याइयो । विवाद साँघुरिनुको सट्टा फैलिँदै गयो । किन भने भेन्डरको प्रारम्भिक ड्राफ्ट महासचिव हेमराज शर्मा, राम शरण सिंखडा र बद्री केसी सम्मलाई पुगिसकेको थियो । उनिहरु सबैले प्रारम्भिक ड्राफ्ट ६ सय भोटलाई तल माथि गर्न सके आफ्नो उम्मेद्वारले जित्ने निष्कर्ष आयो । त्यहि अनुरुप ६ सय फर्जी मतको फन्डा अगाडि ल्याइयो ।

‘पहिले एक हजार भोट रद्द गर्दा मतपरिणाम उल्ट्याउन सकिने अनुमान गरेका रहेछन्’ उपाध्यक्ष पदका उम्मेदवार (हाल बिजयी भैसकेका) नारायण कँडेलले भने ‘त्यति भोटले पनि आफूले चाहेजति उम्मेदवारलाई जिताउन पर्याप्त नभएपछि २१ सय मत खारेज गर्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका हुन् ।’

‘अवैध इमेल’ को जिम्मेवार महासचिव

सन् २०१९–२०२१ कार्यकालका लागि उपाध्यक्ष पदका बिजयी कँडेलका अनुसार भेरिफिकेसनका चारवटा चरण पार गर्दै पन्जीकृत सदस्यहरुको सूची च्वाइस भोटिङलाई पठाइएको हो । अन्तिम समयसम्म पुग्दा ३६२ सदस्यहरुको नामावली हटाइएको थियो ।

आइसीसीले उपलब्ध गराएको एमआइएस सिस्टम अनुसार नै एनआरएनको सदस्यता उपलब्ध गराइएको थियो । त्यसलाई कार्य समितिले प्रमाणीकरण गरी केन्द्रमा पठायो । केन्द्रले प्रमाणीकरण गरेको नामावली निर्वाचन समितिमा पठाइयो भने निर्वाचन समितिले फेरि छानबिन गरी भेण्डरलाई हस्तान्तरण गरेको हो । भेण्डरले पनि पुन: परीक्षण गरिसकेपछि मात्रै अनलाइन मतदाताको रुपमा निश्चित गरेको हो ।

अध्यक्षका दुई प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठले ‘एक हजार फर्जी मत खसेकोको’ भन्दै त्यसलाई बदर गरेर मात्रै मत परिणाम सार्वजनिक गर्नुपर्ने माग राखे । श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत एक हजार फर्जी मत खसेको दाबी गरे भने राईले पत्रकार सम्मेलननै गरी अवैध इमेल प्रयोग गरी एक हजार मत खसाइएको दाबी गरिन् ।

एनसीसी यूकेले आइसीसीलाई बुझाएपछि ती नामावलीमा एनसीसीको पनि पहुँच नरहेको र आइसीसीको मात्रै पहुँचमा पुगेको कँडेलले स्पष्ट पारे । “आइसीसीका तर्फबाट बेलायतमै बस्ने महासचिव हेमराज शर्माको मात्रै एकल पहुँचमा सबै नामावली पुगेको हो” उनले भने ।

“आइसीसीमा पुगेको नामावलीमा एनसीसीका कुनै पनि पदाधिकारीले फेरबदल गर्न सक्दैन” कँडेलले अझ स्पष्ठ पार्दै भने “त्यसपछि फर्जी सदस्यको नामावली र इमेल राखिएको छ भने त्यसको जिम्मेवारी आइसीसी महासचिवले लिनुपर्छ र जवाफ दिनुपर्छ ।”

हस्ताक्षर हतकण्डा

निर्वाचन समितिले बिहीवार अध्यक्षका तीनै जना प्रत्याशीहरु मध्ये दुई जनाले हस्ताक्षर गरिसकेका थिए । अध्यक्षका अर्का एक प्रत्याशी प्रेम गाहा मगरले हस्ताक्षर नगर्दा मतपरिणाम घोषणा गर्न नसकिएको दाबी गरे ।

तर, बिहीवार दिनभर निर्वाचन समितिको कार्यालयमा रहेका अध्यक्षका उम्मेदवार गाहा मगरले पनि भेण्डरले पठाएको पत्रमा हस्ताक्षर गरिसकेको बताए । भेण्डरले पठाएको पत्रका अलावा निर्वाचन समितिले अलग्गै तयार पारेको पत्रमा भने गाहा मगरले हस्ताक्षर गरेनन् ।

भेण्डरले तयार पारेको मतपरिणाम निर्वाचन समितिले रोकेको निष्कर्ष निकाल्दै अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगर र उनी समर्थित अन्य पदका उम्मेदवारहरुले शुक्रबार साँझसम्म पनि भेण्डरले उपलब्ध गराएको मतपरिणाम जस्ताको तस्तै सार्वजनिक नगरिए कानुनी बाटो अपनाउने तयारी थाले ।

“आइसीसीमा पुगेको नामावलीमा एनसीसीका कुनै पनि पदाधिकारीले फेरबदल गर्न सक्दैन” कँडेलले अझ स्पष्ठ पार्दै भने “त्यसपछि फर्जी सदस्यको नामावली र इमेल राखिएको छ भने त्यसको जिम्मेवारी आइसीसी महासचिवले लिनुपर्छ र जवाफ दिनुपर्छ ।”

बेलायतमा प्रचलित कानुन ‘राइट टु नो (Right to Know)’ अर्थात ‘सूचनाको अधिकार’ प्रयोग गर्दै परिणाम माग्ने उनीहरुले तयारी गरे । बेलायती अदालत वा सार्वजनिक सूचना सम्बन्धि निकायमा निवेदन दिएमा एनआरएनए र च्वाइस भोटिङले मतदान सकिएलगत्तै तयार भएको परिणाम जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने हुन्छ ।

बिहीवार बिहान पत्रकार सम्मेलन गर्दै गैर आवासीय नेपाली संघका एक अभियन्ता तथा प्रेम गाहा मगर जिताऔं अभियानका प्रमुख संयोजक शेरबहादुर सुनारले निर्वाचन समितिले तोकेको विधि र प्रक्रिया अनुसार अनलाइन मतदान गरेका आम मतदाताले परिणाम थाहा पाउनुपर्ने भन्दै गैरआवासीय नेपाली संघका आम सदस्यहरुलाई अपमान नगर्न आग्रह गरे ।

“निर्वाचन समितिको क्रियाकलाप शंकास्पद छ, समयमा वास्तविक मतपरिणाम सार्वजनिक नगरेर मतदाताको अपमान गर्ने काम भएको छ” उनले भने “यसले बेलायतमा रहेको नेपाली समाजलाई थप बिखण्डनमा पुर्याउन सक्छ ।”

पत्रकार सम्मेलनमा उपाध्यक्ष पदका उम्मेदवारहरु मोहन कार्की, गोविन्द खरेल, सुनिलबाबु खड्का लगायत अन्य पदका उम्मेदवारहरुले पनि भेण्डरले उपलब्ध गराउने मतपरिणाम आफूहरुलाई स्वीकार्य हुने बताएका थिए ।

सकभर रिजल्ट नै प्रकाशन नगर्ने, गर्ने परे २,००० भन्दा बढी खसेको मत रद्द गरेर मात्रै नतिजा घोषणा गर्ने योजना असफल भए पछि शुक्रबार मध्य रातमा मात्रै निर्वाचन समितिले रिजल्ट घोषणा गरेको थियो । निर्वाचन समितिका संयोजक कँडेलले नेपालका राजनीतिक दल लगायत संसार भरिबाट आफूलाई दबाब आएको बताए । उनले फेसबुक र मिडियाबाट आफ्नो आलोचना नगर्न चेतावनी पनि दिएका थिए ।

तपाइँको प्रतिक्रिया