शुक्रबार, वैशाख १४, २०८१

टोकियोको ओलम्पिक झण्डा पेरिसलाई हस्तान्तरण

नेपालप्लस संवाददाता / पेरिस२०७८ साउन २५ गते २२:०३

फोटो-एनएनएन

सन् २०२० को ओपम्पिक झण्डा पेरिस महानगरपालिका प्रमुख आन हिदाल्गोलाई हस्तान्तरण गरिएको छ । सन् २०२० को ओलम्पिक खेल टोकियोले पुरा गरेपछि आगामी ओलम्पिक सन् २०२४ मा पेरिसमा आयोजित हुनाले ओलम्पिक झण्डा पेरिसलाई हस्तान्तरण गरिएको हो ।

पेरिसको विश्वप्रसिद्द आइफल टावरमा हस्तान्तरण गरिने कार्यक्रममा हजारौं मानिसहरु झण्डा हस्तान्तरण उत्सब मनाउन भेला भएका थिए ।

हिडाल्गोले टोकियोमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखबाट ओलम्पिक झण्डा प्राप्त गरेपछि पाँच ओलम्पिक रिंगहरुले सजाइएको झण्डा फहराएकि थिईन ।

सन् २०२४ मा ओलम्पिक झण्डा पेरिसलाई हस्तान्तरणको स्वागत गर्न टोकियोबाट फर्किएका पदक विजेता सहित हजारौं मानिसहरु आइफल टावरमा भेला भएका थिए।

फ्रान्सको झण्डाका रङ निलो, सेतो र रातो रङका धुवाँ फाल्दै विमानले पेरिसको आकाशमा परिक्रमा गरेका थिए ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माख्रोंले आइफल टावरको माथिल्लो तलाबाट ओलम्पिक झण्डा फ्रान्सले लिएपछि “उच्च, छिटो, बलियो र एक साथ” भन्दै नारा लगाएका थिए । उनले पेरिसमा सन् २०२४ मा ति शब्द ब्यक्त गरिएजसरि ओलम्पिक आयोजना गर्ने बताउन खोजेका हुन् ।

हस्तान्तरणपछि आइफल टावरको फेदमा फ्रान्सेली कलाकार वुडकिडद्वारा सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया