बुधबार, वैशाख १२, २०८१

फ्रान्समा अनिवार्य स्वास्थ्य पास नियम लागू, उल्लंघनकर्तालाई ६ महिनासम्म जेल

नेपालप्लस संवाददाता / पेरिस२०७८ साउन २५ गते २३:४६

फ्रान्समा आज सोमवारदेखि स्वास्थ्य पास अनिवार्य गरिएको छ । यो नियम उल्लंघन गर्नेलाई १,५०० युरोसम्मको जरिवाना र ६ महिनासम्म जेल सजायँ हुन सक्छ ।

स्वास्थ्य पास यस अघिनै लागू गरिएपनि सोमबारदेखि फ्रान्सको दैनिक जीवनको धेरै ठाउँहरुमा विस्तार गरीएको हो । सोमवारदेखि बार, रेस्टुरेन्ट, सिनेमाघर, अस्पताल वा यातायात र हवाईसेवामापनि लागू गरिएको छ । स्वास्थ्य पास बिरुद्द सडकमा भएको बिरोधलाई बेवास्ता गर्दै सरकारले अनिवार्य लागू गरेको हो ।

स्वास्थ्य पासको विस्तार फ्रान्समा धेरै ठाउँहरुमा लागू गरिएको छ । यद्यपि यो मापदण्ड अदालत, राज्य परिषद र संवैधानिक परिषदलेसमेत पास गरिसकेको छ ।

यो स्वास्थ्य पास लागू भएसँगै कुनै रेस्टुरेन्ट वा कफी सपको बाल्कोनीमा बसेर एक कप चिया वा कफी पिउनपनि पास देखाउनुपर्ने छ ।

“पास र खोपको प्रगतिले हामीलाई थप कर्फ्यू र लकडाउनबाट रोक्छ” आइतबार ल पेरिसियाँ अखवारमा स्वास्थ्य मन्त्री ओलिभिय भेरँले भनेका छन् ।

यस्तो स्वास्थ्य पास अन्य युरोपेली देशलेसमेत लागू गरिसकेका छन् । अब यात कोरोनाको पूर्ण खोप (दुबै डोज) लगाएको हुनुपर्छ । अथवा रोग लागेर निको भैसकेको ११ दिन पुगेपछिको प्रमाणपत्र वा पिसिआर परिक्षण गर्दा नेगेटिभ देखिएको ७२ घण्टाभित्रको प्रमाणपत्र अनिवार्य देखाउनुपर्ने छ ।

हेल्थपास नियम दुरुपयोग गरे भारि जरिवाना

अब सरकारले २० हजार वर्ग मिटर भन्दा धेरै क्षेत्रफल ओगटेका पसलमा पस्दा पास देखाउनुपर्ने बनाउन लागेको छ । तर सामान्य डाक्टरकोमा परिक्षण गर्न जाँदा भने प्रत्येक अलग अलग ब्यक्ति (सामुहिक रुपमा नगएर एक्ला एक्लै गएमा) अनिवार्य गरिएको छैन । तर अस्पतालहरुमा जाँदाभने अनिवार्य स्वास्थ्य पास नियम लागू हुने छ । आपतकालिन अवस्थामा अस्पताल लैजानुपर्दा यो नियम बाध्यकारी हुननहुने स्वास्थ्यमन्त्रीले बताएका छन् ।

स्वास्थ्य पासको नियम लागू नगर्नेमाथि भारी जरिवाना गरिने राज्यसचिव सेड्रिक ओलेले उल्लेख गरेका छन् । कसैको स्वास्थ्य पास दुरुपयोग गरिए तिमाथि अझ कडा कारवाहि गरिने छ ।

आफ्ना कोहि नातेदारको स्वास्थ्य पास प्रयोग गरिएमा पहिलो पटक १३५ युरो र चौथोपटक सम्म फेला परे ७५० युरो जरिवानाको साथै ६ महिना जेल सजायँ हुने छ । तर लगातार १५ दिनभैत्रै दुरुपयोग गरेमा १,५०० युरो जरिवाना गरिने छ ।

ग्रिहमन्त्री जेराल्ड डेर्मानिनले अब भिडभाड लाग्ने र खासगरि पर्यटकिय आकर्षणका स्थलहरुमा ब्यापक मात्रामा प्रहरीहरु परिचालन गरेर स्वास्थ्य पासको आदर गरिएनगरिएको अनुगमन गरिने बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक