शुक्रबार, वैशाख ७, २०८१

बेलायतले कोरोनाको रातो सूचीबाट भारतलाई हटायो, नेपाल रातो सूचीमै

नेपालप्लस संवाददाता / बेलायत२०७८ साउन २६ गते १८:०३

कोरोना संक्रमणको उच्च विन्दुमा रहेको भएपनि भारतलाई बेलायत सरकारले ‘रेड लिस्ट’ बाट हटाएर अम्बर अर्थात् कम जोखिमपूर्णमा झारेको छ । तर भारतमा भन्दा कोरोनाको कम संक्रमण भएको नेपाललाई भने रेड लिस्टमै राखिरहेको छ । त्यसैले अब भारतबाट बेलायत आउने यात्रुहरुले कोरोनाका केही परिक्षण गरेपछी अनिवार्य होटल क्वारेन्टाईन बस्नुपर्ने छैन ।

विश्वभरी कोरोना संक्रमण फैलिए पछी बेलायतले बिभिन्न देशहरुलाई ‘ट्राफिक लाइट’ सिस्टममा राखेको छ । उच्च संक्रमण दर भएका रेड लिस्ट, अली कम संक्रमण भएका अम्बर र न्युन संक्रमण दर भएका देशहरुलाई ग्रीन लिस्टमा राखेर यस्तो प्रणालिमा वर्गिकरण गरिएको थियो ।

भारतमा संक्रमणको दोस्रो लहर फैलिए सँगै बेलायतले नेपाललाई समेत रेड लिस्टमा राखेको थियो । तर नेपालको रेड लिस्ट सुची भने हटाएको छैन । नेपालको तुलनामा संक्रमण दर भारतमा बढी छ । तरपनि बेलायत सरकारले भारतलाई अम्बरमा झारेको छ । बेलायतमा अन्दाजी डेढ लाख नेपाली बसोवास गर्दछन । रेड लिस्टका कारण बिभिन्न सास्ती खेप्नु परेको नेपालीहरुको गुनासो छ ।

भारतलाई रेड लिस्टबाट हटाउनका लागि बिगत डेढ महिना देखी उसको कुटनितिक नियोगले पहल गरिरहेको थियो । भारतबाट सजिलै यात्रा गर्न नपाउँदा भारत-बेलायतको संयुक्त लगानिका बिभिन्न योजना समेत् प्रभावित भएको बेलायतको समेत् ठम्याइ थियो । तरपनि लण्डन स्थित भारतीय कुटनितिज्ञहरुले डेढ महिनाको निकै सकसपूर्ण छलफल पछी रेड लिस्टबाट झार्न सकिएको बताएका छन् ।

बेलायत स्थित नेपाली दुतावासले के गरिरहेको छ त ? “हामी निरन्तर छलफलमा छौं । र रेड लिस्टबाट हटाउनका लागि प्रयास गरिरहेका छौं” नेपाली दुतावास लण्डनकी प्रवक्ता रोशन खनालले भनिन । उनका अनुसार बेलायत सरकारले संक्रमण दर, भ्याक्सिनका डोजहरु र अन्य डेटाहरु हेरिरहेको जनाएको छ । बेलायत सरकारले हरेक तीन हप्तामा यस्ता देशहरुको बारेमा समिक्षा गर्ने गर्दछ । प्रवक्ता खनालका अनुसार यहाँँको सरकारले गर्ने अर्को समिक्षामा सम्भवत नेपाललाई रेड लिस्टबाट हटाउने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक