बिहीबार, चैत १५, २०८०

स्विजरल्याण्डमा एकै हप्तामा कोरोना संक्रमण ८० प्रतिशतले बृद्दी

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ साउन २७ गते १५:५६

स्विजरल्याण्डमा कोरोना संक्रमण र अस्पताल भर्ना हुनेहरुको संख्या एक हप्तामा ८० प्रतिशतले बढेको छ । हिजो मंगलवार एकै दिन कोरोना संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्या दुई हजार पुगेपछि स्विस अधिकारीहरु चिन्तित बनेका छन् ।

स्विस संघिय स्वास्थ्य बिभागका अनुसार मंगलवार कोरोना भाईरस संक्रमित हुने नयाँ विरामीको संख्या १,९१० जना पुगेको थियो । अघिल्लो मंगलवारको तुलनामा कोरोना संक्रमितको संख्या हिजो मंगलवार ८० प्रतिशतले बढेको हो ।

मंगलवार एकै दिन कोरोना संक्रमित २८७ जना अस्पताल भर्ना भएका थिए । योपनि गत मंगलवारको तुलनामा ४६ प्रतिशतले बढेको हो ।

तर स्वास्थ्य विभागका अनुसार सघन उपचार कक्षका ओछ्यान मध्ये जम्मा आठ प्रतिशत मात्रै ओगटिएका छन् । गत २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको थियो ।

स्विजरल्याण्डमा हालसम्म ४९ थोप्लो तिन प्रतिशत नागरिकले कोरोना भाईरसबिरुद्दको दुबै डोज (पूर्ण मात्रा) लगाएका छन् ।

स्वास्थ्य अधिकारीहरुले हालको कोरोना भाईरस बृद्दीमा डेल्टा भेरियन्ट (कोरोनाको उत्परिवर्तित रुप) अत्यधिक रहेको बताएका छन् । मंगलवारको तथ्यांक अनुसार कोरोना भाईरस संक्रमणमा हाल ९७ थोप्लो पाँच प्रतिशत डेल्टा भेरियन्टको प्रभाव छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक