शनिबार, वैशाख १५, २०८१

रसियाकालागि जासुस गरेको आरोपमा जर्मनीमा बेलायती कूटनितिज्ञ पक्राउ

नेपालप्लस संवाददाता / बेलायत२०७८ साउन २७ गते १८:५०

बर्लिन स्थित बेलायती दुतावास । फोटो- विकिपेडिया डट ओआरजी

जर्मन प्रहरीले बर्लिनस्थित बेलायती दूतावासमा काम गर्ने एक बेलायती नागरिकलाई आफ्नो देशबिरुद्द जासुसी गरेको आरोपमा पक्राउ गरेको छ । ति बेलायती कूटनितिज्ञलाई रुसी गुप्तचरको लागी आफ्ना देशबिरुद्द जासुसी गरेको आरोपमा पक्राउ गरिएको हो ।

जर्मन सर्बोच्च सरकारी अधिकारीद्वारा उनमाथि रुसीहरुसित घुस लिएर जासुसी गरेको आरोप लगाइएको छ ।

सरकारी उच्च अधिकारीका अनुसार उनको नाम डेभिड् एस मात्रै उल्लेख गरिएको छ । उनलाई पोस्टड्याम स्थितउनैको निवाशबाट मंगलवार दिउँसो दुई बजेर २० मिनेट जाँदा पक्राउ गरिएको हो । उनलाई पक्राउ गरिनुअघि बर्लिनस्थित बेलायती दुतावासस्थित उनको कार्यकक्षमा खोजतलास गरिएको थियो ।

५७ वर्षिय ति नागरिक कूटनितिज्ञ नभई बर्लिन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेकाले एक निजि ठेगदारको रुपमा बुझिने र उनलाई कूटनितिज्ञको दर्जा नहुने बेलायती दुतावासको भनाई रहेको भन्दै जर्मन पत्रपत्रिकामा उल्लेख छ ।

तर जर्मन अधिकारीहरुले भने उनले बेलायती कामदारकै हैशियतमा बेलायती दुतावासमार्फतनै जर्मनी संवन्धि कागजपत्र हस्तान्तरण गरेका थिए । उनमाथि रुसी गुप्तचरलाई जानकारी दिन नगद घुस लिएको आरोप छ ।

बेलायती नागरिक डेभिड एसले कम्तिमा नोभेम्बर सन् २०२० देखिनै रसियाली जासुसी संस्थाकोलागि काम गर्दै आएको आशंका गरिएको छ ।

उनी एक बेलायती नागरिक थिए । ब्रिटिश र जर्मन अन्वेषकहरुद्वारा उनी निगरानीमा थिए । उनी सैनिक गुप्तचरीको एकाई ५ (एम आइ ५) मा संलग्न भएको विश्वास गरिएको छ । तर अधिकारीहरुले उनले कहिले शुरू गरे भन्ने बताउन अनिच्क्षा देखाएका छन् ।

जर्मन अधिकारीहरुको भनाई छ “डेभिड एसलाइ संदिग्ध मान्नुको कारण उनले खुफिया नेत्रित्वको सन्चालन गरेका थिए ।”

जर्मन न्युज म्यागाजिन फोकसमा उच्च सरकारी वकिलको निकट स्रोतलाई उल्लेख गर्दै आज बुधवार उल्लेख भए अनुसार उनले जर्मनी बिरुद्दका सूचना नगद लिएर दिएका थिए । तर कति रकम लिएका हुन् भन्ने चाहिँ पत्रिकामा खुलाइएको छैन । पत्रिकाका अनुसार उनले दिएका जानकारि आतंकवाद बिरोधी मुद्दाहरुसित संवन्धित थियो ।

जर्मनीका सरकारी वकिलले भने गिरफ्तारी जर्मन र बेलायती अधिकारीहरुको संयुक्त अनुसन्धानको परिणाम भएको बताएका छन् । महानगरीय प्रहरीले भनेको छ “डेभिड एसको अनुसन्धानमा स्कटल्याण्ड यार्डको आतंकवाद विरोधी अधिकारीहरुसित संलग्न रहेको छ ।”

जर्मन महानगरीय प्रहरीले भनेको छ “बर्लिन क्षेत्रमा ती व्यक्तिलाई ‘खुफिया एजेन्ट गतिविधि’ (जर्मन कानून अन्तर्गत) संलग्न रहेको अपराधको शंकामा गिरफ्तार गरिएको थियो ।”

अनुसन्धानको प्रधानता (जिम्मेवारी) जर्मन अधिकारीहरुसँग रहने छ । काउन्टर टेरोरिज्म कमाण्डका अधिकारीहरु जर्मन समकक्षहरुसँग सम्पर्कमा रहेको र अनुसन्धान जारि रहेको जर्मन प्रहरीले उल्लेख गरेको छ ।

मेटको आतंकवाद विरोधी कमाण्ड आधिकारिक गोप्य ऐनको कथित उल्ल्घंन गर्नेमाथि अनुसन्धान गर्न जिम्मेवार मानिन्छ ।

बेलायती गृह कार्यालयका एक प्रवक्ताले द गार्डियन अखवारसित भनेका छन् “एक बेलायती व्यक्तिलाई सरकारको काम गर्न करार गरिएको थियो । उनलाई जर्मन अधिकारीहरुद्वारा हिजो गिरफ्तार गरियो । हामीले थप टिप्पणी गर्न उपयुक्त हुनेछैन किनकि यस विषयमा प्रहरी अनुसन्धान जारी छ ।”

तपाइँको प्रतिक्रिया