मंगलबार, वैशाख ११, २०८१

कुखुराकै जाति हो त डाईनोसार ?

नेपालप्लस संवाददाता २०७८ साउन २८ गते ६:३६

“टाईरान्नओसौरुस रेक्स भनिने डाईनोसारको जाति साँच्चै एक खालको ठूलो कुखुरा थियो ।”

“कुखुराहरु टाईरान्नओसौरुस रेक्सको सबैभन्दा नजिकका नाता हुन् ।”

“कुखुराहरु सिधै टाईरान्नओसौरुस रेक्सबाट झरेका हुन् ।”

“कुखुरा डायनोसार हुन् ।”

हामीले यस्ता प्रसंग सुन्दै र पढ्दै आएपनि खासै विश्वाशयोग्य नलागेको हुनसक्छ । किनभने त्यत्रो विशाल जनावर भनेर फोटोमा देख्दै आएको डाईनोसार फुच्चे कुखुराको निकट हुनसक्छ भनेर पत्यारै लाग्दैन ।

उसो भए सत्यता के थियो त ? टाईनानोसारुस रेक्स साँच्चै एक ठूलो कुखुरा थियो । सबैभन्दा विश्वाशयोग तरिकाले तुलना गर्दा के देखिन्छ भने टी रेक्स हतियारयुक्त थियो भने कुखुराका पखेंटा थिए । टी रेक्सको मुख ह्वाँ परेको (खुलेको) र त्यसमा दाँत भरिएको थियो । कुखुराको ठोंड हुन्छ । त्यसैले टी रेक्स निश्चित रूपमा कुखुरा थिएन ।

“कुखुरा टाईनारोसारुस रेक्सको निकटतम जीवित जिव हो ।” यो एक गलत ब्याख्या त हैन तर धेरै भ्रामक भने पक्कै छ । तर चिम्पान्जी र मानव डिएनएमा ९६ प्रतिशत समानता छ । त्यसैले तिनको बिचमा निकटको संवन्ध छ । त्यस आधारमा मानिसहरु चिम्पान्जीका निकट नातेदार हुन् भन्न सकिन्छ ।

पन्छी र टीरेक्स समान आनुवंशिक मात्रा साझेदारी गर्छन् । कहिँ ९६ प्रतिशतसम्म । त्यसैले चरा र टिरेक्स संवन्धित छन् भन्न सकिन्छ ।

यो पनि सत्य हो कि चराहरु टी रेक्सको निकटतम जीवित नाता हुन् भलै उनीहरु बिच निकट सम्बन्ध छैन । भनिन्छ, कुखुरा (चराहरु को एक उप समूह) र टी रेक्स नजिकबाट सम्बन्धित छन् । के कुखुरा अन्य चरा भन्दा टि रेक्सको नजिकमा छन् ? त्यो सम्भवत : छैन !

यो विषयमा मतभेदहरु छन् । ति दुबैका लक्षणहरु हेर्दा भिन्नता देखिन्छ । मान्नुस् टी रेक्स एउटा स्नीकर भनिने चकलेट हो । तर त्यो गुलियो हुने अर्को मिठ्ठाई (क्यान्डी) भने होइन । मिठाईपनि खाने कुरानै हो । गुलियोनै हुन्छ । यि दुईमा संवन्ध त छ । तर भिन्नता ठूलो छ । हो त्यस्तै हो, चरा र टिरेक डाईनोसारबिच एक सम्बन्ध छ । तर टी रेक्स चरा होइन र निश्चित रूप त्यो कुखुरा पनि होइन ।

कुखुरा सीधै टी रेक्सबाट आएका हुन् ? होइन । वैज्ञानिक वर्गीकरण अनुसार टी रेक्स र अन्य सबै टाईनानोसारुस, कुखुरा र अन्य सबै चराहरु सबैको सब अर्डर थ्रोपोडा हो । थ्रोपोडा जनावरहरुको एक ठूलो र विविध समूह हो । तिनको हड्डी खाली वा धोद्रो हुन्छ । अघिल्लो भागमा तिन औंला हुन्छन् ।

थ्रोपोडाको एक उपसमूह कोलेड कोयलुरोसोरिय हो । यो सबै चरा र सबै टाईरान्नओसौरुस भन्ने सानो समूहको रूपमा राम्रोसँग सम्बन्धित छ । कोएलुरोसौरिआमा सामान्यतया पंख हुन्छन् । हो टाईरान्नओसौरुसको पखेंटा थियो ।

पँखेटा पहिले नै दुई प्रजातिहरुमा पाईएको छ । वैज्ञानिकहरु के कुरामा शंका गर्छन् भने तिनको जिवनको कुनै एक कालखण्ड वा केहि निस्चित समयकालागि सबै टाईरान्नओसौरुसको शरीरमा कहिं न कहिं पखेंटा, भुत्ला थिए ।

कोएलुरोसौरिआ भित्र उपसमूहहरुको संख्या हुन्छ । त्यसमध्ये एक टायरान्नोसोरोइडेआ हो । टी रेक्स र उनका भाई भतिजाहरु एक हुन्, समान हुन् । अर्को मनिराप्टोरिफोर्मिज जसमा कुखुरा र अन्य सबै चराहरु पर्छन् । यी दुई समूहहरु एक लामो, धेरै समय पहिलेदेखि अलग र विभाजित थिए, जुरासिककाल देखिनै । मानौं कि चरा र टाईरान्नओसौरुस एउटै पारिवारिक पुनर्मिलन (साझेदार) मा पर्छन् । तर ठ्याक्कै समान नभएर टेबलको एक कुनामा डायनोसार र अर्को कुनामा चरा बसेजस्तो । त्यसैले टी रेक्स, छुट्टिन्छ, अलगमा पर्छ । त्यो कुखुराको हजुरबुवा थिएन । त्यो एक छोटो पुच्छर भएको नातेदार जस्तो मात्रै थियो ।

“कुखुरा डायनासोर हुन् ।” धेरै विकासवादी जीवविज्ञ र पालेओन्टोलोजिस्ट (जमिनमा रहेका प्राचिन जिवहरुको अनुसन्धानकर्ता) हरु लामो समय पहिले देखि चराहरु डायनासोरबाट सीधै उत्रिएका हुन् भन्ने निष्कर्षमा पुगेका थिए । कुखुरा पक्कैपनि चरा हुन् । अहिले वैज्ञानिकहरुद्वारा चराहरु डायनासोरबाट आएका होइनन् बरु डाईनोसार हुन् भन्नेमा स्विकार गरिएको छ ।

लगभग ६ करोड ६० लाख वर्ष पहिले पृथ्वीमा एक खालको ठूलो विनाश भएको थियो जसले सारा संसारलाई प्रभावित पारेको थियो । वैज्ञानिकहरुका अनुसार त्यो बिनाशको कारण एक विशाल क्षुद्रग्रह वा धूमकेतु थियो । शायद दस माइल चौडा त्यसले मेक्सिकोको खाडी भड्काएर फैलिएको थियो । समयको त्यहि एक धेरै छोटो अवधिमा क्रेटासियस-पालेओजेन विलुप्त भएको बैज्ञानिकहरुले उल्लेख गरेका छन् । त्यो बेला पृथ्वीमा जीवित प्रजातिहरुको तीन चौथाई भन्दा धेरै नष्ट भयो । धेरै कीरा, स्तनपायी, माछा, बिरुवा, र छेपारो अचानक बिलुप्त भए ।

दक्षिणी महाद्वीपहरुमा बस्ने सानो थेरापोडको एक सानो समूह बाहेक टिरेक्स र अन्य डाईनोसारका प्रजाति लोप भए । त्यो बेला चराहरु सहित सबै ठूला जनावरहरु गायब भए । पछि, केहि बाँकी रहेका चरा र अन्य जनावर जो विश्व भरमा फैलिए तिनै प्रजातिहरु हाल विकसित भए । एशियामा विकसित भएको चरा रेड जंगल फल (वन कुखुरो, लुइँचे) थियो जुन हालको घरपालुवा कुखुराको घरेलु संस्करण हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक