शुक्रबार, वैशाख ७, २०८१

कोरोनाका कारण बेलायतको स्वास्थ्य सेवा फेरि गम्भिर अवस्थामा, ‘ब्ल्याक अलर्ट’ जारी

नेपालप्लस संवाददाता / बेलायत२०७८ साउन २८ गते ०:१५

फोटो- टाईम्स अफ माल्टा डट कम

बेलायतमा कोरोना संक्रमित बिरामीहरुको एक्कासि चाप बढ्न गएपछि स्वास्थ्य सेवा संकटपूर्ण अवस्थामा पुग्न लागेको भन्दै ‘ब्ल्याक अलर्ट’ जारि गरिएको छ ।

पछिल्लो २४ घण्टामा बेलायतमा कोरोना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या एक सय चार पुगेको छ । २९ हजार ६ सय १२ जना कोरोना संक्रमित बिरामीहरु पुष्टि भएका छन् ।

१० अगस्टमा जारी सरकारी तथ्यांक अनुसार एक सय ४६ जना कोभिड-१९ का विरामीहरुको मृत्‍यु भएको थियो भने २३ हजार ६ सय १२ जना नयाँँ विरामी थपिएका थिए ।

१० अगस्टमा रेकर्ड गरिएको यो मृत्‍यु गत १२ मार्च पछीको सबैभन्दा धेरै हो । १२ मार्चमा १ सय ७५ जना कोरोना संक्रमितहरुको मृत्‍यु रेकर्ड गरिएको थियो । पछिल्ला दिनहरुमा दैनिक संक्रमितहरुको संख्या २० हजारबाट उकालो लागिरहेको छ ।

बेलायतका मुख्य अस्पातलहरुले विरामीहरुको चाप बढीरहेका कारण बेड र जनशक्तीको अभाव भएको बताउँदै ‘ब्ल्याक अलर्ट’ जारी गरेका छन् । हिजो विहानै बेलायतको साउथयोर्कसायरस्थित बान्स्ले अस्पतालमा बिरामीको ओ इरो लागेपछि यो अस्पतालले ब्ल्याक अलर्ट जारि गरेको थियो ।

यो अवस्था बेलायतका धेरै अस्पतालमा स्रिजना भएको तर वास्तबिकता बाहिर आइनसकेको वा कतिपयले सार्वजनिक गर्न नचाहेको बेलायती मेडियाहरुको भनाई छ ।

के हो ब्ल्याक अलर्ट ?

ब्ल्याक अलर्ट भनेको शल्यक्रियाकालागि पर्ने सबैभन्दा उपल्लो तहको दबाब (ओपि ई एल) हो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एन एच एस) मा तनाब (स्ट्रेस), माग (डिमाण्ड) र दबाब (प्रेसर) को स्तर मापदण्ड गर्ने, जाँच्ने एक पद्दती हो, ओपि ई एल ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवालेनै ‘गम्भिर घटना’ का रुपमा यहाँको राष्ट्रिय स्वास्थ्य सेवालाई ‘ब्ल्याक अलर्ट’ मा वर्गिकरण गरेको छ । यसको अर्थ बेलायतको समग्र स्वास्थ्य सेवानै गम्भिर दबाबमा छ भन्ने हो ।

यसको मतलव एनएचएस बिरामीहरुलाई ब्यापक हेरचाह गर्न असमर्थ रहेको र बिरामीहरु जोखिममा रहेको बुझाउँछ ।

शल्यक्रिया धमाधम रद्द

अस्पतालमा कोरोनाका बिरामीको भिड बढ्न थालेपछि गैर कोभिड विरामीहरुका लागि तोकिएका महत्वपूर्ण शल्यक्रियाहरु रद्द गरिएका छन् । अस्पतालका प्रमुखहरुले भनेका छन- अस्पतालहरुका लागि अहिलेसम्मकै सबैभन्दा ब्यस्त र कठिन समय हो यो ।

यही समय गैर कोभिड विरामिहरुको चाप झन बढेको छ । विगत डेढ वर्षदेखी आफ्नो पालो कुरेर बसेका गैर कोभिडका बिरामीको चाप बढीरहेको यही समयमा कोरोना संक्रमण झन आकाशिएको छ । अस्पतालहरुले गहन कक्षमा राख्नु पर्ने विरामिहरुलाई ठाउँ अभावका कारण दुर्घटना तथा आकाशमिक कक्षमा सारेको जनाएका छन् ।

स्वास्थ्य सचिव साजिद जावेदले बेलायती स्वास्थ्य सेवाका लागि अरु लगानी गर्नुपर्ने रहेको जनाएका छन् ।

यसैबिच अक्स्फोर्ड खोप समुहका प्रमुख प्रोफेसर एन्ड्र्यू पोलार्डले भनेका छन्- “अहिलेको डेल्टा भेरीयन्टका कारण सबै समुहसँग पुग्न सम्भव छैन । खोप लागाइसकेकाहरुलाई पनि डेल्टा भेरियन्टको संक्रमण हुन सक्दछ भने खोप नलगाएका मानिसहरु यो संक्रमणको उच्च जोखिममा छन् ।”

उनले थपे “डेल्टा भेरीयन्टको प्रसारण रोक्नसक्ने हामीसँग कुनैपनि प्रविधी छैन । बेलायत सरकारले डेल्टा भेरीयन्टको मुख्य उत्पत्तीथलो भारतलाई गत सोमवारदेखी रेड जोनको सुचीबाट हटाएर आम्बर (कम जोखिमपूर्ण) मा झारेको थियो । त्यसले भारतबाट बेलायत आउने यात्राुहरुलाई केही सजिलो भएको छ । तर बेलायती स्वास्थ्यबिज्ञहरुले सरकारले आत्तिएर गलत निर्णय छिटो गरेको जनाएका छन । उनिहरुले डेल्टा भेरीयन्टको रोकथाम पद्दति विस्तार नहुन्जेल हतारमा यो निर्णय लिनु गलत भएको उल्लेख गरेका छन् ।

बुधवार घोषणा गरिए अनुसार बेलायतमा करिब नब्बे प्रतिशत बयस्कहरुले कोभिड-१९ को खोप लगाइसकेका छन् । यि मध्ये ७५ प्रतिशतले यसका दुबै डोज पुरा गरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक