मंगलबार, वैशाख ११, २०८१

फ्रान्समा कोरोना खोप केन्द्रहरु तोडफोडको तारोमा, सुरक्षा कडा पार्न गृहमन्त्रीलाई आग्रह

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २८ गते १४:४०

credit-yahoonews.uk

धेरै देशमा खोप नपाएर नागरिकहरु चिन्तित भैरहेका बेला फ्रान्समा भने सरकारले निशुल्क लगाइदिने खोप केन्द्रहरु धमाधम तोडफोड भैरहेका छन् । गत महिनासम्मा करिब दुई दर्जन खोप केन्द्रहरु आन्दोलनकारीको तोडफोडका केन्द्र बनेपछि तिनको सुरक्षाकालागि गृहमन्त्रीसमक्ष आग्रह गरिएको छ ।

फ्रान्सेली सरकारले बुधवार मात्र खोप केन्द्रहरुलाई राम्रो सुरक्षा दिन गृह मन्त्रालयलाई आग्रह गरेको छ । गत एकाध महिनामै कोविड १९ सँग सम्बन्धित सुविधा र खोप केन्द्रहरु करिब दुई दर्जनजति तोडफोड गरिएको छ ।

खोप केन्द्रहरु जोगाउनुपर्ने सुझाव हालैका हप्ताहरुमा कोरोना स्वास्थ्य पास बिरुद्द भएका प्रदर्शनीको उच्च तनाव पछि आएको हो । राष्ट्रपति एमानुएल माख्रोको स्वास्थ्य पास नीतिको बिरूद्ध जुलुस गर्न हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । माख्रोंको उद्देश्य खोपलाई प्रोत्साहित गर्नु हो जसको बिरुद्द फ्रान्समा प्रदर्शन भैरहेको छ ।

गृह मन्त्री जेराल्ड डार्मानिनले राष्ट्रपती माख्रोंको अनुरोधमा वरिष्ठ स्थानीय अधिकारीहरुलाई एउटा पत्र पठाएका थिए जसमा उनले फ्रान्सेली प्रहरीलाई देशभरका खोप केन्द्रहरुको राम्रोसँग सुरक्षा सुनिश्चित गर्न परिचालन गर्न आग्रह गरेका छन् ।

गृह मन्त्रालयका अनुसार परिक्षण र खोप केन्द्रहरुका साथै फार्मेसीहरुबिरुद्ध जुलाई १२ पछि २२ ठाउँमा तोडफोड गरेको रेकर्ड गरिएको छ । लगभग ६० वटा धम्कीहरु पनि रेकर्ड गरिएको छ ।

फ्रान्सको दक्षिणपूर्वी क्षेत्र लेन्स इन भेर्कोर्समा जुलाईको मध्यमा कोरोना खोप केन्द्रलाई तोडफोड गरिएको थियो । त्यहाँ तोडफोडपछि सानो चिर्कतोमा लेखेर छोडेका थिए “खोप अभियान नयाँ नरसंहार हो ।”

गत हप्ता तुलुज शहरको खोप केन्द्रमा केहि मानिसहरु प्रवेश गरेका थिए । त्यहाँपनि ए उटाकागजको तुक्रामा “एक दिन यो सबैलाई उडाइने छ” लेखेको फेला परेको थियो ।

यस्ता खोप केन्द्र तोडफोडको क्रम देखिएपछि स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्यमन्त्री ओलिभिय भेरँले एक पत्र लेखेका थिए । पत्रमा लेखिएको थियो “म कुनै हिंसा, कुनै धम्की, तपाइँको शारीरिक स्वतन्त्रता वा व्यावसायिक उपकरणमा कुनै आक्रमण स्विकार गर्दिन ।”

पछिल्लो चार सप्ताहन्तमा कोरोना स्वास्थ्य पास बिरुद्दका प्रदर्शनीहरु भएका छन् । तिनले स्वाथ्य पास योजना आधारभूत स्वतन्त्रता विरोधी र षडयन्त्रको सिद्धान्त बिरोधी भन्दै अतिक्रमण गरिरहेका छन् । त्यस्ता ब्यक्तिहरुको विश्वासमा पर्नेहरुपनि आन्दोलनमा सरिक भएका छन् ।

सरकारले कफी, बार, रेस्टुरेन्ट, सार्वजनिक यातायात, भेला, सांस्क्रितिक कार्यक्रममा सरिक हुन स्वास्थ्य पास अनिवार्य गरेको छ । यो नियम ल्याएसँगै कोरोना बिरुद्दको खोप लगाउनेको संख्या बढ्ने र भाइर नियन्त्रणमा ठूलो सघाउ पुग्ने बिश्वाश सरकारको छ ।

तपाइँको प्रतिक्रिया