बिहीबार, वैशाख १३, २०८१

पश्चिमी नाइजरमा भिषण आक्रमण : एक दर्जन भन्दा बढी मारिए

एएफपी२०७८ साउन २८ गते १७:१५

फाईल फोटो- अफ्रिका न्युज डटकम

अफ्रिकाको नाईजेरमा आज बिहिवार संदिग्ध जिहादीहरुको हमलामा एक दर्जनभन्दा बढी नागरिक मारिएका छन् ।

पश्चिमी नाइजरमै दुई साता अघि भएको एक आक्रमणमा ३३ जनाको मृत्यु भएको दुई साता नबित्दै सोहि क्षेत्रमा १५ जना मारिएका हुन् ।

गृह मन्त्रालयले जारि गरेको विज्ञप्तिका अनुसार केहि अज्ञात हतियारधारीहरुले हमला गरेका हुन् । तिनले माली सीमा नजिकैको बानीबांगौ क्षेत्रमा काम गर्ने मानिसहरुलाई लक्षित गरेका थिए ।

बानीबांगौ भन्ने क्षेत्र नाइजर, बुर्किनाफासो र माली तिन वटा सिमा क्षेत्रको रुपमा परिचित छ । यो क्षेत्र वर्षौंदेखि अल कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएको जिहादी समूहहरुलेहमलाको केन्द्र बनिरहेको छ ।

जुलाईको अन्त्यमा जिहादीहरुलाई दोषी ठहराइएको दुई हमलामा ३३ व्यक्तिको ज्यान गएको थियो । गृह मन्त्रालयलाई यस क्षेत्रमा कडा सुरक्षा उपायहरु अपनाउन र हत्याराहरुलाई न्यायको दायरामा ल्याउन भनिएको छ ।

सरकारी अधिकारीहरूले विगतमा पनि अपराधीलाई कानुनको दायरामा ल्याउने र सुरक्षा कडा पार्ने प्रतिज्ञा गरेका थिए । तर घातक हमलाहरु जारी रहेका छन् । त्यहाँ प्रायः मोटरसाइकलमा बन्दुकधारीहरु आएर अकस्मात हमला गर्ने गरिन्छ । आक्रमण गरिसकेपछि हमलाकारीहरु भागेर माली छिर्ने गरेका छन् ।

बुर्किनाफासो, चाड, माली, मोरिटानी र नाइजर सम्मिलित जि५ साहेल समूह द्वारा बहुराष्ट्रिय सेनाको एक हिस्साको रूपमा तीन सीमाना क्षेत्रमा करिब एक हजार दुई सय चाडियन सैनिकहरु तैनाथ छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक