बिहीबार, चैत १५, २०८०

माकुराको विषबाट मुटु र मस्तिष्कको उपचार

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २८ गते २२:१६

फोटो- फ्रेजर आइल्याण्ड, युनेस्को, अस्ट्रेलिया

विश्वकै सबैभन्दा घातक ठानिएको माकुराको विषबाट मुटु र मस्तिष्कको उपचार हुनसक्ने देखिएको छ । बैज्ञानिकहरुका अनुसार संसारको सबैभन्दा घातक माकुरो फ्रेजर टापूमा पाइने फनेल वेब स्पाइडरको विषमा पाईएको एक अणुबाट विकसित एक औषधि हृदयघातको कारण हुने क्षति रोक्न महत्वपूर्ण हुने देखिएको हो । उक्त विषबाट अंग प्रत्यारोपणको लागि प्रयोग गरिने दाता मुटुको आयु समेत बढाउन सक्ने बैज्ञानिकहरुको दाबी छ ।

यो खोज क्विन्सल्याण्ड विश्वविद्यालयका डाक्टर नाथन पालपान्ट, प्राध्यापक ग्लेन किंग र भिक्टर चाङ कार्डियक रिसर्च इन्स्टिच्युटका प्रोफेसर पीटर म्याकडोनाल्डको नेतृत्वको टोलीले गरेको हो।

क्विन्स्ल्याण्ड विश्वबिध्यालयक्को इन्स्टिच्युस्ट्स फर मोलिक्युलर बियोसाईन्स (आइ एम बि) डा पल्पन्तका अनुसार हृदयघात पछि मुटुले जुन म्रित्युको खबर दिन्छ त्यसलाई रोक्नकोलागि माकुराको विष प्रयोग गर्न सकिने देखिएको हो ।

“हृदयघात पछि मुटुमा रगतको प्रवाह कम हुन्छ । त्यसको परिणामस्वरूप मुटुको मांसपेशीहरुमा अक्सिजनको कमी हुन्छ” डा पल्पन्त भन्छन्” “अक्सिजनको कमीको कारण कोषको वातावरण अम्लीय बन्छ, जसले मुटुको कोशिकाहरुलाई मर्नको लागी एक सन्देश पठाउन जोड्ने काम गर्छ ।”

दशकौंं देखि अनुसन्धान भैरहेपनि यसलाई कसैले औषधिको रुपमा विकास गर्नसकेको थिएन जुन विषले मुटुको कोशिकाहरुमा मृत्युको संकेतलाई रोक्छ । मुटु रोग संसारमा मृत्युको एक प्रमुख कारण बनिरहेको छ ।

डा पलपन्तले एचआइ १ ए नामाकरण गरिएको औषधि बनाउन संभावित एक प्रोटिनको तत्वको परीक्षण गरिरहेका थिए । हृदयघातको सामना गर्नको लागि मानव मुटुको कोशिकाहरुलाई बढाएर, सक्रिय पारेर प्रयोग गरेर हेरे । उक्त औषधिले उनीहरुको अस्तित्वमा सुधार ल्यायो ।

“माकुराको विषले एच आइ १ ए प्रोटीन मुटुमा अम्ल (एसिड) लाई अनुगमन र नियन्त्रण गर्ने सेन्सि आयन मार्गहरुलाई अवरुद्ध गर्दछ । त्यसैले मृत्युको सन्देशपनि अवरुद्ध हुन्छ । कोशिकाको मृत्यु कम हुन्छ र हामी मुटुको कोशिकाको अस्तित्वमा सुधार देख्छौं” डा पल्पन्तको भनाई छ ।

हाल ह्रिदयघात हमलाको कारण रोक्न वा भैसकेपछि कुनै प्रभावकारि औषधी छैन ।

भिक्टर चाङ कार्डियक रिसर्च इन्स्टिच्युटका प्राध्यापक म्याकडोनाल्डले यो अविश्वसनीय नतिजा बनाउन दशकौंको समय लागेको बताएका छन् ।

“यसले हरेक वर्ष ह्रिदय रोग हुने संसारभरिका हजारौं मानिसहरुलाई हृदयघात रोक्न मद्दत त गर्छ नै, दाताहरुको मुटुको संख्या र गुणस्तर पनि बढाउन सक्छ । यसले प्रत्यारोपण गर्न सूचीमा पर्खिरहेकाहरुलाई आशा दिनेछ” प्राध्यापक म्याकडोनाल्डले आफ्नो अध्ययनको रिपोर्टमा भनेका छन् ।

“सामान्यतया यदि दाताको मुटुले धड्कन पुन: प्राप्ति गर्नुभन्दा पहिले ३० मिनेट भन्दा बढि धड्कन बन्द गरेको छ भने मुटुलाई उपयोग गर्न सकिन्न । तर १० मिनेट भने थप्न वा बढाउन सकिन्छ । यसले कसैको मुटु लिएको र कसैको मुटु झिकिएकोमा फरक पार्न सक्छ । जो मानिस शाब्दिक रुपले मृत्युको ढोकामा पुगेको छ उसको जीवन परिवर्तन हुनसक्छ” उनी ब्याख्या गर्छन् ।

यो खोज प्रोफेसर किंगको पहिलेको खोजमा आधारित छ जसले फ्रेजर आइल्याण्ड फनेल-वेब स्पाइडरको विषमा एक सानो प्रोटीनको पहिचान गरेको थियो । त्यसमा भएको धड्कनलाई पूनर्प्राप्ती गरेर स्पष्ट रूपमा सुधार गर्न सकिन्छ भन्ने देखाइएको थियो ।

प्रोफेसर किंगले भने “हामीले यो सानो प्रोटीन एच आइ १ ए पत्ता लगायौं । यदि मस्तिष्क घात भएको आठ घण्टाभित्रै दिने हो भने यसले मस्तिष्कको क्षतिलाई आश्चर्यजनक ढंगले कम गर्दछ ।”

उनको भनाईमा यो हृदयको कोशिकाहरुमा एच आइ १ ए परीक्षण गर्नको लागी अर्थपूर्ण देखियो । किनकि मस्तिष्क जस्तै मुटुपनि रक्तप्रवाह र अक्सिजनको कमी हुने शरीरमा सबैभन्दा संवेदनशील अंगहरु मध्ये एक हो ।

“हृदयघातको शिकार हुनेहरुलाई भविष्यको लागी हाम्रो दृष्टि यो हो कि एच आइ १ ए लाई एम्बुलेंसआ राखेर विरामीको उपचार गर्दा तत्कालकालागि प्रभावकारि हुन सक्छ । त्यसले हृदय रोगको स्वास्थ्य परिणामहरुलाई परिवर्तन गर्न सक्छ” उनको भनाई छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक