मंगलबार, मंसिर २१, २०७८

एनआरएनए कसको छाता ? कति नेपालीको साझा ?

ददि सापकोटा२०७८ साउन ३२ गते ६:१५

गैर आवाशिय नेपाली संघ (एनआरएनए) लाई ‘हामी सबै नेपालीको छाता’ भन्दै कुर्लिनेहरु छन् । अझ केहिले त ‘एनआरएनए जस्तो सबै नेपालीको साझा’ भन्नपनि भ्याउँछन् । खासमा ‘सबै नेपालीको साझा’ भन्नेहरुलाई बिदेशिएका नेपाली र नेपालका नेपालीको भेउसमेत हुन्न । तैपनि यि दुई नारा कि त एनआरएनए निर्वाचनमा उमेदवार बन्ने बेला उठाउने गरिन्छ वा एनआरएनएलाई बेस्सरि गाली गर्नुपर्दा ।

उमेदवार बन्ने बेला विश्वमा कहिँ कतै नभएको, महान समाजसेवी, अन्तर्राष्ट्रिय स्तरको, एक छत्र प्रभाव र लोकप्रिय संस्थाको कुनै नेत्रित्वमा पुग्न लागेको देखाउनुपर्ने हुन्छ, लाग्छ । त्यस्तो संस्थामा पुग्न खोज्ने एकदमै तगडा, नेत्रित्व क्षमता भएको, महान समाजसेवी, सबैले पत्याएको अब्बल ब्यक्तिका रुपमा आफूलाई उभ्याउन खोजिएर हो । नजानेरै भएपनि त्यहि मानसिकताको रुन्चे बुझाई हो त्यो ।

अहिले एनआरएनएको निर्वाचनमा हानथाप गरिरहेका, मथापच्ची गरिरहेका, तानातानको खेल मच्चाएका, फरक फरक खेमा र समूहमा मुख बाराबार र राजनितिको बहुरंगी लेदोले एक अर्कालाइ हानेर निथ्रुक्कै पारिरहेका यि एनआरएनए नेता एक प्रतिशत नेपालीका नेतापनि होइनन् ।

तर यथार्थताको धरातलमा उभिएर हेर्दा के एनआरएनए विश्वकै नेपालीको छाता संगठन हो त ? एनआरएनएलाई आम नेपालीबिचको तुलोमा उभ्याउँदा विश्वभरिका नेपालीको साझा संस्था भन्ने सिद्द हुन्छ ? विश्वभरका नेपालीको टाउकोमा झरि पर्दा यसले छाता ओढाउन सकेको छ ? बिश्वभरि छरिएका प्रवाशी नेपालीलाई दुख पर्दा यसले सेवा गरेर राहत दिन भ्याएको छ ? ओहो यो संस्था नभै त हामीलाई हुँदै हुन्न भन्दै यसमा हुर्रिएर आउने नेपालीको संख्या धानिसाध्य छैन ? पानीले कुट्दा दगुर्दै आएर छाता ओढाउने र घामले पुन्पुरो सेक्दा दायालुभावले आम नेपालीलाई छाता ओढाउन सक्ने हैशियत, कर्म र सेवा एनआरएनएले गर्न सकेको छ ? प्रवाशिएका ८० लाख नेपालीका बिभिन्न संस्थाहरुलाई आफ्नो छातामुनि ल्याउन एनआरएनएले सकेको छ ? यि काम गर्नसकेको छैन भने कसरि एनआरएनए ‘छाता संगठन’ सबै नेपालीको ‘साझा संगठन’ बन्यो ?

बरु यसको बास्तबिकता भने फरक छ । विश्वभर छरिएका करिब ८० लाख नेपाली मध्ये एनआरएनएले जम्मा साँढे दुई प्रतिशत नेपालीको मात्रै प्रतिनिधित्व गर्छ । यो किटानी एनआरएनएका केन्द्रिय नेताहरुकै हो । र यो भनाईमा तिनको छलछाम छैन । किनकि ८० लाख नेपाली मध्ये जम्मा एक लाखको हाराहारीमा मात्रै नेपाली एनआरएनएको सदस्य छन् । यो वर्ष निकै कष्ट, दौडधुप र मेहनतले एक लाख पुगेका हुन् ।

अहिलेनै एनआरएनए केहि मानव तस्कर, मजदूरमारा, बिचौलिया, एजेन्ट, ठगहरुको लुक्ने चौतारो जस्तो भएको छ । अनेक नाममा बदनाम भएकाहरु हाकाहाकी एनआरएनएको संस्थागत संरचनाको चरबाट लुसुक्क छिर्ने र मूल ढोकाबाट महान अभियानकर्ता, समाजसेवी वा अभियन्ताको पगरी गुथेर, रातो अबिरमा दटपटिँदै बाहिर निस्किने गरिरहेछन् ।

अब यति भन्न हिच्किचाउनु पर्दैन, अहिले एनआरएनएको निर्वाचनमा हानथाप गरिरहेका, मथापच्ची गरिरहेका, तानातानको खेल मच्चाएका, फरक फरक खेमा र समूहमा मुख बाराबार र राजनितिको बहुरंगी लेदोले एक अर्कालाइ हानेर निथ्रुक्कै पारिरहेका यि एनआरएनए नेता एक प्रतिशत नेपालीका नेतापनि होइनन् । किनकि एनआरएनएमा लगभग चार खाले गूट रहेकाले यि नेतापनि ति चार खाले गुटमा बिभाजित नेपालीका नेतामा पर्छन् । साँढे दुई प्रतिशत नेपालीलाई चार भागमा बाँड्ने हो भने अहिलेका नेताको भाग कति प्रतिशत नेपालीको नेता बन्नेमा पर्ला ?

अहिले भैरहेको यो गुटउपगुटको रेखा, तानातानको लहरो, निर्वाचनमा कार्यकर्ताको घाँटीमा बोकेर सात रङ धस्ने र गालामा खादा ओढ्ने नेता एनआरएनएका नेता त हुन्, तर सबै प्रवाशीका नेता होइनन् । लगभग ९७ प्रतिशत आठ प्रतिशत नेपालीले नपत्याएरै यो सिद्द गरिदिएका छन् । वा यसो भनौं, ९७ दशमलव आठ प्रतिशत नेपालीले पत्याएकै छैनन् । पत्याउन लायकनै छैनन् ।

एनआरएनए अहिलेको अवस्था, धार र कर्मले नेपालीको छाता र साझा बन्नेसक्ने अवस्थापनि छैन । सबै गलत र खराब छैनन् । तर जिब्रो नचपाईकन के भन्न गाह्रो मान्नुहुन्न भने एनआरएनए छाता भनेपनि यो आफैं हुरिबतास आएका बेला पर्ल्याकपुर्लुक उल्टिएको छाता जस्तो छ । यसको आफ्नै डण्डी धेरैलाई छाता ओढाउन सक्ने हदसम्म दह्रो छैन । यसको छत पुरै खसेको त छैन । चुहिएको छ र टाल्नुपर्ने छ । एकातिर टाल्न खोज्दा अर्कोतिर दुल्को परिरहेको छ । एकातिर टाल्न खोज्यो अर्कोतिर भ्वाङ पर्छ । आफ्नै दुल्का सिलाउन नसकेको, आफ्नै डण्डी फेर्नुपर्ने अवस्थामा पुगेको, आफ्नै छत टाल्टा टाल्दै पानी चुहिएर आफैं निर्थुक्क भिज्ने छाताले अरुलाई कहाँ ओढाउन सक्छ ? मुख्य डण्डी समात्नेलाईनै ओभानो राख्ननसक्ने छाताले अरुलाई कहाँ ओढाएर ओभानो राख्ने कल्पना गर्न सकिन्छ ?

छाता ओढाउन नसकिएपछि साझा त हुनेनै भएन । त्यो किनपनि सक्दैन भने एनआरएनएको सिंगो सांगठनिक संरचना भित्र मानव तस्करहरुले लुक्ने गुँड बनाएका छन् । यो गुँडमा तस्करहरुले बच्चा कोरलेर चौतर्फि फैलाउलान् भन्ने चिन्ता सर्वत्र छ । सफा मन, स्वच्छ छबी भएकाहरु तिनै तस्करको हावाले गाँजेर ओछ्यान परिएला भन्ने डरले टाढै बस्न रुचाउँछन् । ठग र तस्करहरु चोबलिएको ढलको झिंगा आफ्नो नाकमा आएर बस्ला भन्ने डरले ति दश कोश परै बस्ने गरेका छन् ।

जहाँ जहाँ नेपाली पुगे त्यहाँ स्थानिय संस्थाहरु थिए, एनआरएनए बन्नु अघि । नेपालीले आफ्नै बलबुता, चाख र एकताकालागि बनाएका संस्थाले तिज, तिहार, दशैं मनाउँथे । यतैका नेपालीको चाख र चासो थियो । प्रवाशका नेपालीको रुने थलो, मुस्कुराउने चौतारी थियो । पसिना पुछ्ने रुमाल र जमघट गर्ने खुला आँगन थिए । तर जब एनआरएनए गठन भयो त्यसले यिनका स्थानिय कार्यक्रम छिनेर लियो ।

यो राजनितिक दलहरुका हाटहुटे कार्यकर्ताको नाट्यशाला बन्दै गएको छ जहाँ प्रवाशका नेपाली पात्रमात्रै बन्छन् । नेता र राजनितिक दलका नाटकको त्यहाँ रिहर्शल गरिन्छ । जो अब यो राजनितिक नाटकको पात्र वा दर्शक बन्न सक्दैन ऊ अब बिस्तारै झन झन अँचेटिँदै जान्छ । अहिलेनै एनआरएनए केहि मानव तस्कर, मजदूरमारा, बिचौलिया, एजेन्ट, ठगहरुको लुक्ने चौतारो जस्तो भएको छ । अनेक नाममा बदनाम भएकाहरु हाकाहाकी एनआरएनएको संस्थागत संरचनाको चरबाट लुसुक्क छिर्ने र मूल ढोकाबाट महान अभियानकर्ता, समाजसेवी वा अभियन्ताको पगरी गुथेर, रातो अबिरमा दटपटिँदै बाहिर निस्किने गरिरहेछन् ।

आगामी केन्द्रिय निर्वाचनकालागिपनि त्यस्ता बदनाम मध्ये केहिले आफ्नो उमेदवारी घोषणा गरिसके । उमेदवारीको अन्तिम सूची निस्किने बेलासम्म यस्ता तस्कर, फटाहा, बदनामहरु समाजसेवी, महान ब्यक्तित्व भन्दै अझ धेरै निस्किने छन् । तिनलाई रोक्न सक्ने संयन्त्र एनआरएनएमा प्रभावकारि छैन । कसरि यस्तो संस्था सबैको साझा बन्न सक्छ ?

त्यस्तो त, एनआरएनएको नितिनै नराम्रो भन्न मिल्दैन । तर यसको निति, उद्देश्य, मर्म र भावना अनुरुप काम नभएकोले हो । जुन जुन देशमा एनआरएनए गठन हुँदै गए, बिस्तार हुँदै गयो ति देशमा एनआरएनएले अरुले ओढेको छातासमेत हत्यायो ।

जहाँ जहाँ नेपाली पुगे त्यहाँ स्थानिय संस्थाहरु थिए, एनआरएनए बन्नु अघि । नेपालीले आफ्नै बलबुता, चाख र एकताकालागि बनाएका संस्थाले तिज, तिहार, दशैं मनाउँथे । यतैका नेपालीको चाख र चासो थियो । प्रवाशका नेपालीको रुने थलो, मुस्कुराउने चौतारी थियो । पसिना पुछ्ने रुमाल र जमघट गर्ने खुला आँगन थिए । तर जब एनआरएनए गठन भयो त्यसले यिनका स्थानिय कार्यक्रम छिनेर लियो । दशैंमा नेता आउन थाले । तिहारमा नेताले भाषण ठोक्न थाले । स्थानिय दाजुभाई, दिदी बहिनीहरुले स्थानिय समस्या साझेदारी गर्ने संस्थाका अगाडि करोडकरोडका सपना छरिदिए । अरब अरबका उड्डी हाँके । नेपालको नेतो कोहि विमानस्थ्ल ओर्लिन नपाउँदै फूलका गुच्छा र झोलामा लुकाएको झण्डा बोकेर विमानस्थल धाउन थाले । दशैं आफैंले मनाउन थाले । तिहारको देउसी र भैलो, तिजको नाच र फागुको रमाइलो गर्ने कार्यक्रममासमेत हस्तक्षेप गरिदिए । पार्टीका नेता, र राजनितिक दलको रत्यौली खेल्ने मैदान बन्न थाल्यो ।

एनआरएनए बनिसकेपछि उसले स्थानिय स्तरमा जुन बिक्रितिहरु निम्त्याएको छ तिनलाई निराकरण गरिनुपर्छ । एनआरएनएलाई जसरि पराई ठानिएको छ ति कमजोरीहरु सच्याएर स्थानिय संघसंस्थाको सक्रियता, भावना र स्थानिय अपनत्वलाई आदर गरिनेगरि आफ्ना गतिबिधी गर्नुपर्छ ।

यतिसम्म कि फ्रान्समा त राजनितिक पार्टी त्यसमापनि नेकपा ओली समूहको जनवादि केन्द्रियता, अनुशासनका नाममा एनआरएन हितकै लागि फरक मत राख्नेलाई अनुशासनको कारवाहि गरेर राजनितिक निक्रिष्ठताको नांगो नाँच नाचियो । सामान्य फरक मत राख्नेलाईपनि कारवाहिको डण्डा उचालेर बदनाम, दुखि, निराश पार्ने काम गरियो । हेर्दाहेर्दै स्थानिय नेपालीबिच रडाको मच्चियो । बैमस्यताका काँडा उम्रेका गैंडेझार रोपिए । मनमुटाव र वैमनस्यताको ज्वाला सल्काइयो । यो ज्वाला नेपालीका हरेक देशमा फैलियो । यस्तो संस्था नेपालीको छाता र साझा बन्न सक्छ ?

यति लेख्दै गर्दा ‘के एनआरएनए पुरै खत्तमै हो त ?’ यसरिपनि केहिले सोच्न सक्छन् । अहिलेलाई यत्ति भनौं ‘आम प्रवाशी नेपालीहरुकालागि एउटा शसक्त अन्तर्राष्ट्रिय संस्थाको जरुरत छ ।’ तर यसको सुद्दिकरण, ब्यवस्थापन, सांगठनिक संरचनाको विकास समयानुकुल बनाउनुपर्ने खाँचो छ । आम नेपालीको भावना समेटिने गरि पूनर्संरचित गर्नु जरुरि छ । प्रवाशका नेपालीहरु स्वयंले यस्तो संस्था कसरि बनाउने भनेर बहसको जरुरत छ । साझा, स्वच्छ संस्था निर्माणमा लाग्नुपर्ने खाँचोपनि छ ।

एनआरएनए बनिसकेपछि उसले स्थानिय स्तरमा जुन बिक्रितिहरु निम्त्याएको छ तिनलाई निराकरण गरिनुपर्छ । एनआरएनएलाई जसरि पराई ठानिएको छ ति कमजोरीहरु सच्याएर स्थानिय संघसंस्थाको सक्रियता, भावना र स्थानिय अपनत्वलाई आदर गरिनेगरि आफ्ना गतिबिधी गर्नुपर्छ । आम नेपालीकाबिच स्थानिय संस्थामा प्रतिद्वन्दी होइन कि सहयोगीका रुपमा देखिनुपर्छ । राजनितिनै गरेपनि कम्तिमा नेपालका राजनितिक बिक्रिति र सक्रिय राजनितिले हस्तक्षेपकारि तहको प्रभाव जमाउनुहुँदैन ।

यत्ति गर्न सकियो भने बल्ल एनआरएनए छाता संगठन बन्ने कि नबन्ने ? साझा संस्था बनाउन सकिन्छ कि सकिन्न भन्ने बहस फेरि शुरु गर्न सकिन्छ ।

[email protected]

तपाइँको प्रतिक्रिया

फेसबुक