शनिबार, वैशाख १५, २०८१

हैटीमा शक्तिशाली भूकम्प – कम्तिमा २२७ को मृत्यु, सयौं घाईते र बेपत्ता

नेपालप्लस संवाददाता२०७८ साउन ३० गते २३:१८

भूकम्पबाट सकुशल उद्दार गरिएका एक वालक । फोटो- पो चेन्डर शो / हैटी टाईम्स डटकम मार्फत्

हैटीमा आज गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २२७ जनाको मृत्यु, सयौं बेपत्ता र सयौं घाइते छन् ।

दक्षिणी विभाग (डिपार्टमेन्ट) का नागरिक सुरक्षा प्रमुख सिल्वेरा गुइलाउमलाई उल्लेख गर्दै हैटी टाईम्सले जनाए अनुसार हैटीको दक्षिणी विभाग (डिपार्टएन्ट) मा १,५०० भन्दा बढि बासिन्दा घाइते भएका छन् । त्यस विभागमा घाईतेहरुको चापले गर्दा अस्पतालहरुको क्षमता भन्दा माथी पुगिसकेको छ ।

हैटीको अखबार हैटी टाईम्सका अनुसार हैटीमा सात दशमलव दुई मेग्निच्युटको भूकम्प जाँदा छिमेकी देशमापनि अनुभव गरिएको थियो ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु देशको दक्षिणमा रहेको सेन्ट लुइस दु सुदबाट करिब १२ किमी उत्तरपूर्व रहेको थियो ।

अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्रले उच्च संख्यामा हताहती भएको हुनसक्ने र यसको क्षती सम्भवत ब्यापक भएको बताएको छ ।

भूकम्प लगत्तै सुनामी आउनसक्ने आशंकाले सुनामीको चेतावनी जारी गरिएको थियो । तर भूकम्प गएको केहिबेरपछि त्यसलाई हटाइयो ।

स्थानिय बासिन्दाहरुले भत्किएका भवनहरुको भग्नावशेषहरु सामाजिक सन्जालमा साझेदारी गरेका छन् । सयौंलाई उद्दर गरिएका तस्विरहरु राखिएका छन् । सामाजिक सन्जालमा राखिएका तस्विरमा सहयोगको याचना गरिएका द्रिष्यहरुसमेत छन् ।

हैटीको राजधानी पोर्ट-ओ-प्रिन्सका मानिसहरु भूकम्पको महसुस गरेलगत्तै धेरैजसो भागदौड गर्दै सडकमा निस्किएका थिए ।

तपाइँको प्रतिक्रिया