शनिबार, असोज २, २०७८

कसैले नांगो पारेको यो शहर, कटुसका रुख रुखमा चढेर गरेको त्यो प्रेम

थानेस्वर सापकोटा२०७८ साउन ३१ गते ४:१६

यो शहरलाई कसले यसरी नाङ्गो पार्यो भनेर मैले धेरै समय सोधखोज गरें । अजङ्गको यो शहर जिङ्ग्रिङ्ग परेर उभिएको छ । बाटाहरु पातला भएका छन् । रुखहरु छैनन् । कस्तो लाग्छ होला माथि टाकुरामा बसेर यो शहरलाई हेर्दा ? दुई सय वर्ष अघि यहाँ शहर थिएन । गाउँको मध्य चोक थियो । गहुँको सातु टपरिमा राखेर मान्छेहरु भेंडाको उन बेच्न बस्थे दिनभरी- यही चौराहमा ।

माथि पाखामा भेंडा चर्छन । गोठालाहरु पोटिला भेंडा छोप्छन र साँझसम्म तिनको उन खौरी सक्छन । राती नांगा भेडाहरुलाई खोरमा थुनेर गाउँलेहरु धुनी बाल्छन र गाइका कलीला बाच्छाहरु भोजन बन्छन । अहिले शहर उन खौरिएका भेंडा जस्तै भएको छ । कपडा नलगाएको जस्तो, ईज्जत नढाकिएको जस्तो । म त्यही त हेरिरहेको छु । यो शहरको गुप्तांग अनौठो पाराले लत्रिएको छ- उत्तेजना विहिन ।

यो शहर लत्रक्क परेको छ काठमाडौं जस्तै । यि दुबै शहरमा कुनै उत्तेजना छैन । दुबै शहरका आफ्ना यौनांग लत्रिएका छन् । तर फरक के छ भने काठमाडौंमा केपी ओली छन् । तिनको प्रेम अहिले पनि उत्तिकै रुचिको छ ।

यो शहर उनको ब्यापार गर्ने इत्रुका ब्यापारिहरुले बनाए । ह्वार ह्वारी बर्षिने हिउँको छानो मुन्तिर गहुँको सातु खाएर उनको दोकान थाप्नु कम्ता सकस थिएन होला । तिनैले हराभरा बनाएका थिए यो शहरलाई । जब महौल हराभरा हुन्छ अनी प्रेम उत्पन्न हुन्छ । लिभरपुल बन्दरगाहमा बिसाएर उन खरिद गर्न आउने सेठहरुले यो शहरलाई प्रेमिल गराए । त्यसपछी ति सेठहरुको प्रेमको परिणाम ब्राड्फोर्ड शहरले धमाधम उन फ्याक्ट्री पायो । अब गहुँको सातु खाएर चौराहमा उन बेच्नु परेन । भर्खरका ठिटीहरु फ्याक्ट्रीका मालिक्नी बने- शहरको रुप फेरियो ।

तीन दिन अघी एउटी बुढी महिला सिटी पार्क माथिको पाखोमा कटुसको पोथरोलाई पानी दिंदै गरेकी भेटिइन् । साँच्चै नै यो शहरले बुटाहरुलाई प्रेम गर्छ । बटुवाहरुलाई प्रेम गर्छ । खै त बुटाहरु, किन हि।ड्दैनन बटुवाहरु अहिले ? यो शहरमा प्रेम छैन अब, मान्छेहरुले बन्दुक राख्न थालेका छन् । उन बेच्नेहरु सुनको खोजिमा छन् । भेंडा छैनन्, लिभरपुलको बन्दरगाहबाट गाउँ पसेका ब्यापारिहरुका चौथो पुस्ता अहिले खण्डहर बनेका उन फ्याक्ट्री रुङ्गेर बसेका छन् । उन फ्याक्ट्री सँगै शहर थोत्रिएको छ, अभावमा कसरी प्रेम हुन्छ ?

अस्तिकी ति बुढीले भनेकी- हाम्रो प्रेम गज्जवको थियो । बलिउडका सिनेमाको जस्तो । कटुसका रुख रुखमा चढेर प्रेम गर्यौं हामीले । यो शहर पृथ्वीमै छ । तर पृथक छ । कहीं नभए जस्तो शहर । म अजीवसँग माथि टाकुरामा बसेर यो कहीं नभएको शहरलाई हेरिरहेको हुन्छु । मान्छेहरुले जस्तै शहरहरुले कसरी उत्तेजना हराउँदछन्- बुढो भयो यो शहर ।

धेरै अघि म काठमाडौं शहरलाई यसरी नै हेर्थें । स्वयम्भू पुग्नु पर्थ्यो काठमाडौं हेर्न । हामी काठमाडौंमै बसेर काठमाडौंलाई नै देखेका थिएनौं । जब काठमाडौंलाई नजिकबाट देख्न सकिंदैन यसलाई हेर्न टाढा पुग्नुपर्छ । हामी रातको समयमा काठमाडौंले सम्भोग गरेको हेर्न चाहन्थ्यौं । तर काठमाडौं यस्तै थियो, यो शहर जस्तै- उत्तेजना विहिन । प्रेम शुन्य भएको थियो । अहिले पनि उस्तै छ । बरु शहरमा केपी ओलीको प्रेमको चर्चा थियो । गृहमन्त्री बनेर उनी भर्खर बाटोमा उत्रिएका थिए ।

धेरै पछी फ्रयांकफोर्ट, कुमार पन्तको होटलमा भेटिए ओली । “एउटा वार्ता गर्नु पर्‍यो” मैले भने । उनले मलाई पिर्लिक्क हेरे । “तपाइसँग केही वार्ता हुँदैन । मैले सुर्ती खाएको भिडियो खिच्ने तपाईं नै होइन” ?

अल्ली अस्ती मैले उनलाई एउटी सानी वालिकालाई कँधेरकुटी हालेर कालिकास्थानमा हिंड्दै गरेको देखेको थिएँ । सिर्लिक्क परेका पूर्व गृहमन्त्री यसरी लखर लखर हिँडेको देख्दा अचम्म पनि लाग्यो । हिजो विहान मात्रै यिनको प्रेम प्रसंगको गफ सुनेर म बाहिरिएको थिएँ । साँ स्वयम्भूबाट हेर्दा काठमाडौं अर्कै देखिए जस्तो लाग्यो । यो निस्प्राण सुतेको शहरलाई केपी ओलीको प्रेमले तरान दिएको छ । त्यस पछी हो ओलीका प्रेम कथा गौंडा गौंडामा सुनिन लागेका । कृष्ण प्रसाद भट्टराईको अली उत्ताउलो प्रेम कथा सुनेका हामीहरुलाई ओलीको प्रेम भने थोरै शौम्य लाग्यो ।

भोलीपल्ट अफिसमा कुरा भो । योगेश उपाध्याय हुनुहुन्थ्यो हाम्रो बोस ! “ओलीसँग कुरा गर्नु पर्‍यो मेरो कार्यक्रमका लागि”- मैले सोधें । “गज्ज्व हुन्छ नि कुरा गर्न सके त । मान्छे अली मुडी छन्, तिम्रो कार्यक्रमका लागि बोल्छन भने त राम्रो हुन्छ” । त्यसपछी मैले केही पटक फोन घुमाएँ । किन नमान्नु, सबैलाई टीभीमा आउने लोभले तानेको थियो । कस्तो जमाना थियो भने नेताहरु पत्रीकामा छापिन्थे । तर टीभीमा चल्मल्मलाउने सौभाग्य भने सत्ता पक्षकाले मात्र पाउँथे । बिपक्षलाई ठाउँँ च्यानल नेपालले दिएको थियो ।

दोस्रो दिन हामी दलबल सहित ओलीका घरमा पुग्यौं । दुइवटा क्यामेरा मेन, मेकअप मेन, क्यामेरा सहयोगीहरु र म । आधा घण्टा लाग्यो सेट मिलाउन र ओलीको मेकअप गर्न । अन्तर्वाताका लागि ठाउँँ छान्यौं- घरको सिटिङ रुम, स्टडी रुम र बाहिरको गार्डेन । मेरो तयारी कस्तो हुन्थ्यो भने सकभर अन्तर्वातालाई धेरै काँटछाँट गर्न नपरोस । तर कती मान्छेहरुका असामान्य चर्तीकला हुन्थे क्यामेरामै । काँटछाँटका लागि घन्टौं लाग्थ्यो ।

त्यो दिन पनि त्यस्तै भयो । शुरुमै केपी ओलीले गोजीबाट वलवान छाप सुर्तीको एउटा पोको झिकेर एक चिम्टी सुर्ती मुखमा हाले । अर्को हामी सिटिङ रुममा थियौं, हजार भोल्टका बत्ती तीन तिरबाट बालिएका थिए । उनकी श्रीमती अली उता भित्तोको आड लागेर हामीले वार्ता गरेको हेरीरहेकी थिइन् । ट्रेंडिंगको प्रेम प्रसंग शुरु भयो । परबाट हेरिरहेकि उनकी बुढीले थोरै मुख बिगारिन् । ओली झोक्किए । क्यामेरा बन्द गर्न भने । मैले मानिन् । तिनकी श्रीमतिले उताबाट आफ्ना श्रीमानलाई टुलु टुलु हेरिरहेकी थिइन् । तनावमै वार्ता सकियो ।

हिंड्ने बेला उनले भने- सुर्ती खाएको र बिचको त्यो प्रसंग काटिदिनु नि” । “तपाइले सुर्ती खाएको पक्कै पनि म राख्ने छैन । अरु क्यै पनि काटिन्न”- मैले जवाफ दिएर हिंडें ।

मलाई उकुसमुकुस भो । कस्तो लाग्यो भने पत्रकारिता गर्नु र खरदारको जागिर खानुमा कुनै भिन्नता भएन । कुनै नेतालाई केही कुरा मन नपरे मिडिया मालिकलाई फोन गरे हुने भो । पत्रकार खरदार त के पियन बराबर भए ।

भोलीपल्ट साँझ जमिम शाहले कमलादी अफिस बोलाए । क्यै त लफडा छ भन्ने भो । गएँ । “ओलीको फन्डा के हो ?” उनले सोधे । म अक्क न वक्क परें- “के फन्डा” ? अन्तर्वार्ता लिन गएको थिएँ, लिएँ आएँ । अरु त केही भएन” ।

“मलाई फोन गरेको थियो । अन्तर्वार्ता नबजाउनु भनेको छ”- उनले भने ।

मलाई उकुसमुकुस भो । कस्तो लाग्यो भने पत्रकारिता गर्नु र खरदारको जागिर खानुमा कुनै भिन्नता भएन । कुनै नेतालाई केही कुरा मन नपरे मिडिया मालिकलाई फोन गरे हुने भो । पत्रकार खरदार त के पियन बराबर भए ।

“तपाइले के भन्नु भो ?” मैले सोधें ।
“बुझ्छु भनेको छु” ।
“अब के गर्ने त”- मैले फेरि सोधें ।
“रोक्देउ, ओली चाहिने मान्छे हो” जमिम दाइले भने ।

मेरो टाउको फन्फनी घुमे जस्तो भो । जताततै कालो देखें भन्छन नी मान्छेहरुले, त्यो क्षण मलाई त्यस्तै भो । मैले जताततै कालो देखें । आँखा पिरा भए । भुँडी ढाडिए जस्तो भो । मेरो रगत अली छिटो उम्लिन्छ । एक्कैछिनमा कन्सिरिका रौं ठाडा हुन्छन् । त्यो दिन पनि त्यस्तै भयो ।

“दाई तपाईं यसको मालिक हो, के गर्ने नगर्ने भन्ने अन्तिम निर्णय तपाईंकै हो । तर के भने नि म तपाईंकहाँ जागिर माग्न आएको होइन । मलाई तपाईंहरुले बोलाउनु भएको हो । र, अहिले ओलीको आन्तर्वार्ता रोकियो भने म तपाईंहरुसँग रहने छैन ।” मैले यती भने पछी जमिम शाह ट्वाँ परे । परे परुन्, म त्यहाँबाट हिंडें ।

अन्तर्वार्ता जस्ताको त्यस्तै बज्यो । यसबारेमा जमिम शाहसँग पछी केही कुरा भएन । तर मलाई नेपाल बसुन्जेल कहिल्यै पनि म पत्रकार हुँँ जस्तो लागेन ।

माथि पाखामा भेंडा चर्छन । गोठालाहरु पोटिला भेंडा छोप्छन र साँझसम्म तिनको उन खौरी सक्छन । राती नांगा भेडाहरुलाई खोरमा थुनेर गाउँलेहरु धुनी बाल्छन र गाइका कलीला बाच्छाहरु भोजन बन्छन । अहिले शहर उन खौरिएका भेंडा जस्तै भएको छ ।

धेरै पछी फ्रयांकफोर्ट, कुमार पन्तको होटलमा भेटिए ओली । “एउटा वार्ता गर्नु पर्‍यो” मैले भने । उनले मलाई पिर्लिक्क हेरे । “तपाइसँग केही वार्ता हुँदैन । मैले सुर्ती खाएको भिडियो खिच्ने तपाईं नै होइन” ? म केही बोलिन । सोचें- यो पन्द्र वर्ष पछी जती नै बल गरेपनि केपी ओलीले जर्मनीमा मेरो जागिर खान सक्दैनन् । तर म सधैं के अचम्ममा छु भने डेढ दशक अघी देखेको कुनै आम मान्छेलाई कसरी सम्झीइरहन सक्छ- कसैले । ओलीमा या त खतरानाक ईगो छ या असामान्य दिमाग ।

म यहिं छु, जहाँ छु- यो शहर लत्रक्क परेको छ काठमाडौं जस्तै । यि दुबै शहरमा कुनै उत्तेजना छैन । दुबै शहरका आफ्ना यौनांग लत्रिएका छन् । तर फरक के छ भने काठमाडौंमा केपी ओली छन् । तिनको प्रेम अहिले पनि उत्तिकै रुचिको छ । अल्ली छचल्किएको छ ओली प्रेम । वार्दलीमा तिनका औंला ठडि।दा यस्तो लाग्यो, काठमाडौंले अब आफ्नो यौनांगलाई बलियो बनाउने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक