शनिबार, वैशाख ८, २०८१

ईबोला भाईरस २५ वर्षपछि आइभोरी कोस्टमा पुन : फेला

नेपालप्लस संवाददाता२०७८ साउन ३१ गते १२:०८

Iage credit-wikipedia

अफ्रिकी राष्ट्र आइभोरी कोस्टले २५ वर्षमा इबोला हेमोरेजिक भाइरस फेला परेको पहिलो घटना पुष्टि गरेको छ । आइभोरीकोस्टका स्वास्थ्य मन्त्री र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शनिबार छुट्टाछुट्टै पुष्टि गरेका हुन् ।

स्वास्थ्य मन्त्री पियरे डिम्बाले आइभोरी कोस्टकै राष्ट्रिय टेलिभिजनमा छिमेकी गिनीबाट आइभोरीकोस्ट प्रवेश गरेकि एक १८ वर्षिय कोशोरीमा देखिएको बताएको वर्ल्ड नेशन न्युजले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठनले एक विज्ञप्ति मार्फत् आइभोरी कोस्टले सन् १९९४ पछि इबोलाको पहिलो केस पुष्टि गरेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक