मंगलबार, वैशाख ११, २०८१

अन्तरिक्षयानलाई समुद्रमुनी चिहानघर

नेपालप्लस संवाददाता२०७८ साउन ३१ गते १३:२८

Image credit-wikimedia.org

अन्तरिक्षका रकेट वा अन्तरिक्षयान कहाँ मर्छन् ? केहि अन्तरिक्षमै लाशमा बदलिन्छन् । कोहि आगोको रुपमा तल झर्छन् । तर केहि अन्तरिक्ष यान पृथ्वीमा फर्कनको लागी पानी छेउ, सागर नजिकको चिहानघर नजिक फर्किन्छन् आफ्नो ठाउँ लिन । ति अन्तरिक्ष यान चिहानघरमा फर्किन्छन् ।

दक्षिण प्रशान्त महासागरको बिचमा नजिकको मानव बस्तीबाट नजिकै बस्ती भएको टापुबाट २,७०० किलोमिटरको दूरीमा अन्तरिक्ष यानको चिहानघर छ । यस्तो चिहान घर सकेसम्म मानव वस्तिबाट नजिक तर एकान्तिक ठाउँमा खोजिन्छ ।

यस क्षेत्रलाई कहिलेकाहीँ प्वाइन्ट नेमो पनि भनिन्छ । विश्वका अन्तरिक्ष एजेन्सीहरुको लागि यो दक्षिण प्रशान्त महासागर निर्जन क्षेत्रको रूपमा परिचित छ । यहाँ अन्तरिक्षयानले आफ्नो जिवनको अन्त गर्न एक आदर्शपूर्ण चिहानघर मानिन्छ ।
एक सय भन्दा बढी रूसी, जापानी र अमेरिकी यानहरु समुद्रको तल्लो भागमा सयौं किलोमिटरमा छरिएका छन् । यसमा मीर स्पेस स्टेशनको अवशेषहरु समेत छन् । र यहाँ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको अन्त्य हुने सम्भावना छ । यसलाई सन् २०२४ बाट हटाउन सकिने संभावना छ ।

यस हप्ता, फ्लिन्डर्स युनिभर्सिटीका एक एसोसिएट प्रोफेसर एलिस गोरम्यानले अमेरिकी पोडकास्ट एटलस ओब्स्कुरालाई अन्तरिक्ष यान आफ्नो जीवनको अन्त्यमा पुग्दा के हुन्छ भन्ने बताए ।

संसारको शीर्ष अन्तरिक्ष पुरातत्वविदहरु मध्ये एकको रूपमा गोरम्यान चिनिन्छिन् । उनलाई उपग्रहमा हुने रद्दीको विशेषज्ञ (डा स्पेस जंक) को रूपमापनि चिनिन्छ । अन्तरिक्ष यानको जिवनको अन्त्यमा के हुन्छ, कस्ता खतरा हुन्छन् भन्ने विशेषताका बारेमा उनलाई ज्ञान छ ।

केहि उपग्रहहरु मात्र “लाश” मा परिणत हुन्छन् जब उनीहरुको काम सम्पन्न हुन्छ । उनी बताउँछिन् “जब ति नियन्त्रण बाहिर जान्छन् । चारैतिर घुम्न थाल्छन् र जब तिनले अन्य विमान, उपग्रहलाई नष्ट गर्ने सम्भावना देखिन्छ तब तिनलाई चिहानघरतिर लगिन्छ ।”

“एकपटक उनीहरुको इलेक्ट्रोनिक मस्तिष्कको म्याद सकिएपछि उनीहरुलाई नियन्त्रण गर्न सकिंदैन र ति दुष्ट हुन सक्छन्” उनी भन्छिन् ।

काम गर्न उपग्रहहरुको इलेक्ट्रोनिक मस्तिष्क हुन्छ । तिनको उमेर पुगेपछि उनीहरुलाई नियन्त्रण गर्न सकिदैन।

साना उपग्रह वा म्याद नाघेका रकेटको टुक्राहरु सबै आफैं नष्ट हुन सक्छन् । वा पृथ्वीमा रहेका आफ्नो नियन्त्रकहरुको केहि सहयोगले तिनलाई नष्ट पारिन्छ । वायुमण्डलमा पुन: प्रवेश गर्दैगर्दा नियन्त्रकको सहायताले जलाइन्छन् ।

केहिलाई पृथ्वीबाट टाढा जान निर्देशित गरिन्छ । केहिलाई ग्रहको सतहबाट ३६ हजार किमी माथिको सतहमा पुर्‍याइन्छ । र तिनलाई त्यहिँ नष्ट गरिन्छ ।

गोरमनका अनुसार एक अन्तरिक्ष यान आफ्नो जीवनको अन्त्यमा पुग्नेबारे बैज्ञानिक सम्मेलनपनि भएको छ । त्यसलाई माथि धकेल्नकालागि त्यसमा पर्याप्त ईन्धन छोडिन्छ । त्यसैले यो अन्तरिक्षयान काम गर्ने अन्य उपग्रहहरुको बाटोबाट बाहिर पुग्छ । त्यसलाई बैज्ञानिकहरु चिहानघरको कक्ष (ग्रेभयार्ड अर्बिट) भन्छन् ।

“ति पृथ्वी मुनि मरेका हुँदैनन् । उनीहरुलाई गाडिएकोपनि हुन्न । तैपनि ति भूत हुन् । त्यस्ता भूतहरु जो एक ठाउँ बस्दैनन् । वास्तवमा उनीहरु यस्ता भूत हुन् कि जसले यो कक्ष (अर्बिट) लाई सताइरहेका छन्” गोरम्यान भन्छिन् ।

केहि उपग्रहको अन्तिम विश्राम बिन्दु पृथ्वीमा फिर्ता आएपछि हुन्छ । ति नओर्लिउन्जेल बाँच्नकालागि वा जिवितै ओर्लिनकालागि हाम्रो वायुमण्डलको माध्यमबाट जमिनमा फिर्ता हुन्छन् । समुद्रको एक विशाल क्षेत्रको दिशा तिर निर्देशित हुन्छन् । किनभने समुद्रको विशाल पानीमा ति जहाँ झरेपनि कतै मानविय क्षती हुन्न । समुद्रीको सतहसँगको प्रभाव पछि उनीहरु यति गहिरोसित डुब्छन् कि कुनैपनि प्रकाश उनीहरुसम्म पुग्न सक्दैन ।

तिनीहरूका पाईलोट त हुन्छन् । तर टाढा हुन्छन् । तिनले चिहानमा जान तल ओर्लिएका वायुयानहरुलाई राम्रोसित नियन्त्रण गरिदिनुपर्छ । तिनीहरूलाई अन्तरिक्ष चिहानसम्म पुग्ने सबै बाटो मार्गदर्शन गर्नुपर्छ । त्यहाँ उनीहरुको बारेमा चिन्ताहरु हुन्छन् । तिनीहरुको ईन्धनले महासागरलाई प्रदूषित गर्छ । यो यस्तो एक मुद्दा हो जसलाई के गर्ने भनेर हाल वैज्ञानिकहरु काम गरिरहेका छन् ।

यसै बीच गोरम्यान र उनका सहकर्मीहरुले उपग्रह तल के हुन्छन् म्यापिङको काम गरीरहेछन् । तल के छ भनेर अन्वेषण गर्न । तर उनीहरु अन्तरिक्ष यानको लागि वास्तवमा त्यो अन्त हैन भन्नेमा छन् । जहाजको भग्नावशेष जस्तै जिन्दगीसँग जोडिएको कोरल र माछाको जिवन समाप्त हुनसक्छ भन्नेमा छन् । त्यसैले उनीहरुले अन्तरिक्ष यानको त्यस स्थललाई एक वासस्थानमा रूपान्तरित गर्न खोजिरहेका छन् ।

तपाइँको प्रतिक्रिया