शनिबार, वैशाख ८, २०८१

कोभिड पत्ता लगाउन स्मार्ट मास्क !

नेपालप्लस संवाददाता२०७८ साउन ३१ गते १८:१२

बैज्ञानिकहरुले यस्तो स्मार्ट मास्कको विकास गरेका छन् जसले सार्स कोभिड लागेको छ कि छैन पत्ता लगाउन सक्छ । मास्कमा बुनिएको बायोसेन्सरले कोभिडबाट संक्रमित भए नभएको पत्ता लगाउन सक्ने विशेषज्ञहरुको भनाई छ ।

हार्वर्ड युनिभर्सिटी र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको बायोलोजिकली इन्स्पायर्ड इन्जीनियरिङका लागि वाइस् इन्स्टिच्युटका शोधकर्ताहरुले कपडाहरुमा सिंथेटिक जीवविज्ञान प्रतिक्रियाहरु टाँसिदिने एउटा तरीका भेट्टाएका छन् जसले संक्रामक रोगजनक (प्याथोजेन्स) हरु जस्तै सार्स कोभिड-२ लाई पत्ता लगाउन सक्छ ।

टोलीले यी बायोसेन्सरहरुलाई मानिसको अनुहारमा लगाएको मास्कमा एकीकृत गरिदिएको छ जसले कुनै व्यक्तिको सासमा सार्स कोभिड-२ को उपस्थिति पत्ता लगाउन सक्छ ।

यसमा एउटा बटन राखिएको छ । हो त्यहि बटनले सेन्सर वा त्यहाँ राखिएका झिल्लीजस्ता वस्तुलाई धक्का दिएपछि त्यो संयन्त्र सक्रिय हुन्छ । यो मानव प्रयोगशाला परीक्षणहरुमा भर पर्छ । यदि ति प्रयोगशाला सटिक, प्रभावकारि छन् भने यो संयन्त्रले ९० मिनेट भित्र परिणाम दिन्छ । यो खोज नेचर बायोटेक्नोलोजी पत्रीकामा रिपोर्ट गरिएको छ ।

बायोसेन्सरहरुलाई बिगतमापनि रोगका बिभिन्न अनुसन्धान र निदानका प्रक्रियामा प्रयोग गरिएको थियो ।

हाल बनाईएको स्मार्ट मास्क ज्यादा तातो भएको ठाउँमा काम गर्न नसक्ने बताएका छन् । तर यसलाई बिस्तारै पूनर्संयोजन र विकास गर्न सकिने भनाई तिनको छ ।

यस्तो स्मार्ट मास्क एक देखि दुई अमेरिकी डलरमै बनाउन सकिने शोधकर्ताहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक